पोखरा-पर्यटकीय क्षेत्र लेकसाइड, बेलुकी ढिला सुत्ने र बिहान ढिलै उठ्ने गर्थ्यो। पर्यटकको चहलपहलसँगै करिब चार किलोमिटर लामो लेकसाइड क्षेत्र मध्यरातसम्म जागा रहन्थ्यो। विभिन्न रेस्टुरेन्ट,डान्स, डिस्कोथेक सहित होटलबाट निस्केका सांगितिक आवाजले लेकसाइड गुञ्जायमान बन्थ्यो। पर्यटकहरु राती अबेरसम्म घुमिरहेका देखिन्थे।पोखराको अन्य भाग साँझ ढल्कन नपाउँदै सुस्ताउँदै गर्दा लेकसाइड बल्ल जाग्न थाल्थ्यो।भूकम्पपछि लेकसाइडकोजीवनशैली फेरिएको छ। पहिलेको जस्तो चमक अहिले लेकसाइडमा देख्न पाइन्न। विदेशी पर्यटक देख्न मुस्किल हुन्छ। राती अबेरसम्म पर्यटक हिडिरहने लेकसाइड अहिले साँझ ढल्कनासाथ सुनसान देखिन्छ। पर्यटकलाई लक्षित गर्दै खुलेका पसलमा साँझ ८ बज्न नपाउँदै ताला लाग्न थालेको छ। पाहुनाका लागि खुलेका रेस्टुरेन्ट पनि सुनसान देखिन्छन्।
बेलुकी ८ देखि ११ बजेको समयमा निकै भिडभाड हुने लेकसाइड अहिले साँझ ढल्केसँगै सुनसान देखिन्छ। कतिपय क्षेत्रमा बिजुली बत्ती निभाएर सोलारबत्तीको उज्यालो मात्र रहन्छ। भूकम्प पछि लेकसाइडका रेस्टुरेन्ट, डान्स र डिस्कोथेक सहित ठुला होटलबाट निस्कने सांगितिक धुन सुनिन छाडेको छ। ‘यतिबेला लेकसाइडको रात्रीकालिन जीवन फेरिएको छ। पहिलेजस्तो चहलपहल छैन' रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपी भट्टराइ भन्छन्, ‘पर्यटकीय सहर साँझ पर्नासाथ निदाएजस्तो देखिन्छ।'
उनका अनुसार भूकम्पले गर्दा लेकसाइडको रात्रीकालिन रौनक हराएको छ। बाटोमा हिड्ने बटुवासमेत देख्न मुस्किल हुन्छ।बिदाको दिन र शुक्रबार केहि बढी चहलपहल देखिएपनि अरु दिन सुनसान हुने उनले बताए। ‘लेकसाइड ढिला सुत्ने र बिहान ढिलै उठ्ने पर्यटकीय सहर हो। राती अबेरसम्म पाहुनालाइ सेवा दिएका रेस्टुरेन्ट बिहान अबेर मात्र खुल्थे' उनले भने, ‘तर अहिले त्यसो हुन छाडेको छ। पर्यटक नभएपछि बिहान झनै ढिलागरेर रेस्टुरेन्ट खुल्छन्। ब्रेकफास्ट खान आउने पाहुना नभएपछि बिहान छिटो खोल्नु पनि जरुरी रहेन।'
पोखरा आएका धेरै युवापुस्ताका पर्यटकको भिड लाग्ने बिजिबी रेस्टुरेन्ट एन्ड बारका सञ्चालक ज्याक तामाङ बेलुकी ९ बजेपछि लेकसाइडसुनसान हुन थालेको बताउँछन्। ‘बेलुकी ९ बजेसम्म करिब ९० प्रतिशत पसल बन्द भईसक्छन्।केहि मनोरञ्जनात्मक कार्यक्रम पस्कने बार बाहेक अरु सुनसान देखिन थालेको छ' उनले भने। बिजिबीरेस्टुरेन्टभित्र हुने सबै सांगीतीक कार्यक्रम यथावत राखेको उनले बताए। टे्रकिङ, गार्मेन्ट सप सहित ट्राभल एजेन्सी, ह्यान्डिक्राफ्टस, कश्मिरी चलाएका र किराना पसल समेत आजकल सबेरै बन्द हुन थालेको उनले बताए।
सबैजसो पसल बन्द भएर सुनसान हुने लेकसाइडमा चहलपहल दिलाउन आफुहरुले पाहुनाविहीन अवस्थामा पनि मध्यरातसम्म सेवा दिइरहेको उनले बताए। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा रेस्टुरेन्ट व्यवसायी सूर्यबहादुर भुजेल पनि यतिबेला लेकसाइडको रात्रीकालिन रौनकता हराएको बताउँछन्।
‘लेकसाइडको रात्रीकालिन व्यवसाय विदेशी पर्यटकको भरमा चलेको थियो। सिजनका बेला रात्रीकालिन लेकसाइडमा रमाउनेमा ९० प्रतिशत पाहुना विदेशी र १० प्रतिशत स्वदेशी हुन्थे। विदेशीले मनोरञ्जन चाहँदा लेकसाइड अबेरसम्म चहलपहल हुन्थ्यो' उनले भने, ‘तर, अहिले विदेशी नभएपछि सिमित स्वदेशीको भरमा चलाउन खोज्दा अबेरसम्म चहलपहल छैन।' लेकसाइड घुम्न आएका स्थानीय पोखरेली पनि चहलपहल नपाएपछि छिटै घर फर्किन थालेका छन्।'
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली लेकसाइडको रात्रीजीवनमा पहिलेजस्तो चमक नरहेको बताउँछन्। ‘भूकम्पले सबै गतिविधिलाई ओझेलमा पारेको लेकसाइड त्यसबाट जोगिन सकेन' उनले भने, ‘ढिलासम्म चहलपहल हुने क्षेत्र सुनसान बनेको छ।' रात्रीकालिन व्यवसाय गरेका व्यवसायी छिटै व्यवसाय बन्द गरेर घरमा फर्किन थालेको उनलेब ताए।। लेकसाइडको रात्रीकालिन जिवन उकास्नका लागि पाहुना आगमन बढाउन जरुरी रहेको उनले बताए। त्यसका लागि व्यवसायीले पहल थालिरहेको उनले जानकारी दिए।