पोखरा-नेपाल घुमेर फर्केका पर्यटकलाई एकपटक फेरि आउन यहाँका पर्यटन व्यवसायीले आग्रह गरेका छन्। भूकम्पले पर्यटन क्षेत्र सुनसान बनेपछि उनीहरुले यस्तो आग्रह गरेका हुन्।
‘जो नेपाल घुमिसक्नुभएको छ, फेरि एकपटक आउनुहोस्,' पोखराका अधिकांश पर्यटन व्यवसायीले सामाजिक सञ्जालबाट यस्तै सन्देश पठाएका छन्।
कतिपयले चिनेजानेका पर्यटक र ट्राभल एजेन्सीलाई पहिले नै घुमिसकेका पर्यटक पठाउन आग्रह गर्दै इमेल पठाएका छन्।
‘नेपाल घुमिसकेका पर्यटकले यहाँको सौन्दर्य देखेका छन्,' ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्माले भने, ‘तिनै पर्यटकलाई फेरि आउन आग्रह गर्दै इमेल लेखेको छु।' व्यवसायीका अनुसार पोखरा घुमेर फर्केकामध्ये ४० प्रतिशत दोहोर्याइएर आएको तथ्यांक छ।
दोहोर्यादउने पर्यटकलाई फेरि एकपटक आइदिन भनेको पोखरा पर्यटन पुनरुत्थान समिति (पिटिआरसी)का सञ्चार संयोजक टीकाराम सापकोटाले बताए। ‘उनीहरुमार्फत अरुलाई पनि बोलाउन सकिन्छ,' उनले भने। सापकोटका अनुसार विदेशबासी नेपालीलाई पनि पर्यटक पठाउन अनुरोध गरिएको छ। नेपाललाई माया गर्ने पर्यटकलाई अहिलेको संकटमा कम्तीमा एकपटक आइदिन आग्रह गरेको सापकोटाले बताए।
पोखरा र असपास क्षेत्र सुरक्षित भए पनि पाहुना छैनन्। व्यवसायीका अनुसार एकजना विदेशी नेपाल आउँदा ९ जनाले काम पाउँछन्। अहिले थोरै पर्यटक आए पनि महŒवपूर्ण हुने व्यवसायी बताउँछन्।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली आगामी सिजनमा पर्यटकलाई नेपाल बोलाउने गरी कार्यक्रम तय गर्न थालेको बताउँछन्। ‘पर्यटकलाई नेपाल घुम्न आइदिनुस् भनेर अनुरोध गरेका छौं,' उनले भने, ‘पोखरा र सिंगो अन्नपूर्ण क्षेत्रमा अहिलेसम्म असर नपरेकोले निर्धक्क घुम्न आउन अनुरोध गरेका छौं।'
पोखराका होटलमा पाहुना छैनन्। आएकाहरु फर्किसकेका छन् भने आउने तयारीमा रहेकाले यात्रा रद्द गरेका छन्। पोखरा, सौराहा, लुम्बिनी, बर्दिया जस्ता सुरक्षित पर्यटकीय क्षेत्र घुम्नेगरी पर्यटक पठाउन विदेशस्थित टुर अपरेटरलाई आग्रह गरेको पिटिआरसी संयोजक गणेशबहादुर भट्टराईले बताए।
सकारात्मक सन्देश पाए आगामी सिजन (सेप्टेम्बर–नोभेम्बर) मा पर्यटक आउने, नत्र नआउने भन्दै व्यवसायी चिन्तित छन्। अचेल पोखराका होटलको अकुपेन्सी दर बढीमा ५ प्रतिशत छ।