सोलुखुम्बु– वैशाख १२ गतेको महाभूकम्पसँगै गएको हिमपहिरोको कारण सबै आरोहीले सगरमाथा आधारशिविर छाडेका छन्। यो सिजनमा आरोहणका लागि ४२ दलले अनुमति लिए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहणदल आरोहण रद्द र कोहीले स्थगित गरि आज आधार शिविर छाडेका हुन्।अहिले आधारशिविरमा भारतीय सेनाको आरोहण दल मात्र रहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ। हालः आधारशिविरमा रहेको भारतीय सेनाको समूहले हिमपहिरोपछि प्रदुषित बनेको आधारशिविरको सरसफाई गरिरहेको पत्रकार आङफुला शेर्पाले जानकारी दिए। 'अरु सबै फर्किसके अब बाँकी रहेको भारतीय सेनाको दलले त्यहाँको फोहोर मैलाको सरसफाई र व्यवस्थापन गरिरहेको छ,' उनले भने।
हिमपहिरोपछि क्याम्प १ देखि क्याम्प २ सम्मका सबै भर्याङ भत्किएका छन् भने बाटो विग्रिएको छ। बाटो बिग्रिएका कारण २ वटै क्याम्पमा अलपत्र परेका आरोहीलाई हेलिकोप्टरमार्फत् उद्धारगरि आधार शिविर झारिएको थियो। त्यस क्षेत्रको क्याम्प २ सम्मको बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदुषण नियन्त्रण समितिले बाटो बनाउने प्रयास गरे पनि सोभन्दा माथिको बाटो निर्माणको लागि एक्सपिडिसन टोलीले बाटो निर्माण गर्नुपर्ने प्रावधकान भएकाले उनीहरु कोही पनि सम्पर्कमा नआएकाले बाटो निर्माण अलपत्र परेको हो। बाटो र भर्याङ बनाउन एसपीसीसी तयार रहेपनि एक्सपिडिसन टिम सम्पर्कमा नरहेकाले बाटो निर्माणमा समस्या भएको एसपीसीसीका महासचिब लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिए। 'आरोही नै नभएपछि बाटो बनाउनुको पनि अर्थ रहेन, हाम्रा आइसफल डाक्टरहरु त तयारी अवस्थामा छन्,' महासचिव शेर्पाले भने, 'एक्सपिडिसन टिम नै सम्पर्कमा छैनन्।' आधार शिविरमा रहेको एउटा आरोहणदल पनि फर्केपछि यो सिजनको आरोहण पनि अनिश्चित नै बनेको छ।
यो सिजनमा पनि आरोहण पनि रद्द भए नेपालको पर्वतीय पर्यटन नै जोखिममा पर्ने पर्यटन ब्यवसायीहरुले बताउँदै आएका छन्। भुकम्पपछि आएको हिमपहिरोमा परी १४ नेपाली र ४ विदेशीसहित १८ जनाको ज्यान गएको थियो भने दर्जनौ घाइते भएका थिए। प्राकृतिक विपदसँगै सगरमाथा आरोहण असुरसिक्षत बनेकोमा आरोहीहरुले चिन्ता ब्यक्त गरेका छन्।