काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा सात रुपियाँ र डिजल र मट्टितेलमा साढे पाँच रुपियाँ घटाएको हो। यसअघि पेट्रोलको मूल्य १ सय २३ र डिजलको ९७:५० रुपियाँ थियो। आयल निगमको निर्णयसँगै उपभोक्ताले प्रतिलिटर १ सय १६ रुपियाँमा पेट्रोल र ९२ रुपियाँमा डिजल र मट्टितेल पाउनेछन्।त्यस्तै हवाइ इन्धनमा १० रुपियाँ घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले नागरिकन्युजलाई बताए। यसअघि हवाइ इन्धनको मूल्य १ सय ४३ रुपियाँ थियो। अब यसको मूल्य १ सय ३३ रुपियाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीलगायतलाई भेटेर मूल्य घटाउन दबाब दिँदै आएको थियो।
अन्तर्राष्ट्रिय मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीलगायतलाई भेटेर मूल्य घटाउन दबाब दिँदै आएको थियो।