नेपाल उद्योग वाणिज्य महासंघले बैंकको व्याजदर एकल विन्दुमा झार्न आग्रह गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना सहितका उच्च अधिकारीहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको हो।
अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर एकल विन्दुमा राख्न सरकार एवं केन्द्रीय बैंकले आवश्यक सबै उपकरण प्रयोग गर्नुपर्ने महासंघको तर्क छ।
महासंघले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, एवं मूल्य स्थिरताका लागि पहल गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ, अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व चालु पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रीय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ।‘
भेटका क्रममा कार्यवाहक गभर्नर ढुंगानाले महासंघका सुझाव अध्ययन गरी समाधानका उपाय खोजिने बताइन्। लामो समयदेखि धेरै वस्तुको आयात प्रत्यक्ष एवं परोक्ष रूपमा रोकिएकोले राजस्व असुली करिब २० प्रतिशतले घटेकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ।
महासंघले बढ्दोे ब्याजदर निजी क्षेत्रको अहिले सबैभन्दा चासो र चिन्ताको विषय भएको जनाएको छ। व्याज बढाउँदा पनि निक्षेपको रकम नबढेको सन्दर्भमा ब्याजदर स्थायित्वका लागि सरकार एवं केन्द्रीय बैंकद्वारा विशेष नीतिगत व्यवस्था गर्नु आवश्यक देखिएको महासंघको भनाइ छ।
बैंक वित्तीय संस्थाको आधार दर वृद्धि हुने क्रमसँगै प्रिमियम समेत अस्वाभाविक रूपमा बृद्धि भइ ब्याजदर अकासिएर उद्यम व्यवसायको लागत निक्कै बढेको छ।
अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परेको अहिलेको बेलामा चालु पुँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाले निजी क्षेत्र निरूत्साहित भएको मात्र नभइ व्यवसाय ठप्प प्राय हुँदा राजस्वमा समेत असर पर्ने जनाएको छ। ऋणको साँवाब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैंकबाट पहल गर्न माग गरेको छ।
वैदेशिक रोजगारबाट फर्किएपछि पाउने गरिएको हालको सहुलियतपूर्ण कर्जा सुविधालाई वैदेशिक रोजगारमा रहेकै बखत उक्त व्यक्तिको आश्रित परिवारको कुनै एकजना सदस्यलाई प्रदान गर्न सकिने व्यवस्था गर्न समेत ध्यानाकर्षण गराएको छ।
महासंघले बैंक वित्तीय संस्थाले लिने अतिरिक्त फि, सेवा शुल्क दोब्बरसम्म बढेको व्यवसायीहरूको गुनासो आइरहेको सन्दर्भमा अस्वभाविक तवरले शुल्क लिन नपाइने व्यवस्था गर्न पनि भनेको छ।