रसुवा-लाङटाङ राष्ट्रिय निकुञ्जभित्र होटल र लज टेन्डर प्रक्रियाबाट चलाइने भएको छ। निकुञ्जले आफ्नो जग्गामा सञ्चालित होटललाई टेन्डर प्रक्रियाबाट अगाडि बढाउने निर्णय गरेको छ।यसअघि निकुञ्जले करार गरेर स्थानीयलाई होटल चलाउन दिएको थियो। निकुञ्जको नयाँ नियमावली र कार्यविधिअनुसार टेन्डर प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए।
यसअघि निकुञ्ज क्षेत्रमा बसोबास गर्ने स्थानीयले मात्र होटल सञ्चालन गर्न पाउने नियम रहेकोमा अब देशभरका जो कसैले टेन्डर प्रक्रियाबाट साढे तीन वर्ष होटल र लज चलाउन सक्छन्।
निकुञ्जले कार्यालयले बिहीबार निकुञ्ज क्षेत्रभित्रका सबै होटलधनीलाई होटल, लज तथा चिया पसल कार्याविधि २०७० लागू भएको जानकारी गरायो।
होटललाई व्यवस्थित र नयाँ कार्यावधिअनुसार चलाउन टेन्डर प्रक्रियामा जानुपर्ने निकुञ्जले जनाएका छ। निकुञ्जले क, ख, ग र घ श्रेणीमा होटल र लज वर्गीकरण गरेर नयाँ कार्याविधि तथा नियमावली बनाएको छ। निकुञ्ज क्षेत्रको लाङटाङ, गोसाइकुण्ड र ठाडपाटीमा गरी ५५ वटा होटल र लज सञ्चालन छन्।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको सरकारी जग्गामा सञ्चालन गरिने होटल, लज र चिया पसललाई थप व्यवस्थित, गुणस्तरीय र संरक्षणमुखी बनाई पर्या–पर्यटन विकासको माध्यमबाट निकुञ्ज क्षेत्रको जैविक विविधता, भू–परिधि एवं सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउन कार्यविधि जारी गरिएको संरक्षण अधिकृत ढकालले बताए।
वन तथा भू–संरक्षण मन्त्रालयलको निर्देशनमा कार्यविधि तयार गरिएको थियो। अब सरकारी जग्गामा होटल चलाएका स्थानीयले पनि टेन्डर प्रक्रिया सहभागी भएर मात्र चलाउन पाउँछन्। हाल सञ्चालित होटल र लजको म्याद सकिएकोले छिट्टै टेन्डर प्रक्रिया अघि बढाइने निकुञ्जले जनायो।
निकुञ्जले चार हजार मिटरभन्दा कम उचाइमा मात्र होटल, लज खोल्न दिने नियम बनाएको छ। पानीको स्रोत अथवा मुहानबाट कम्तीमा सय मिटर टाढा होटल सञ्चालन गर्नुपर्ने छ। रामसार क्षेत्रमा सूचीकृत गोसाइकुण्डको ५ सय मिटर वरपर होटल सञ्चालन अनुमति नदिने उसले जनाएको छ। निकुञ्ज कार्यालयसँग अनुमति नलिई होटल लजको क्षमता बढाए सञ्चालन भएको मितिदेखि बढेको क्षमता अनुसार राजस्व तथा त्यसको शतप्रतिशत जरिवाना असुल्ने छ।
अब होटल, लज सञ्चालन गर्न इच्छुकले व्यवसाय सञ्चालन गर्न चाहेको स्थान खुलाएर निकुञ्जमा निवेदन दिनुपर्ने हुन्छ।
कार्याविधि तथा नियमावलीअनुसार क वर्गका होटलमा १२ कोठा, २४ बेड, ३ वटा गाइड तथा सहयोगी कोठा, शौचालय र स्नानकक्ष हुनुपर्ने छ। त्यस्तै ख वर्गकोमा ८ कोठा, १६ जनासम्म अट्ने बेड, गाइड र सहयोगीका लागि दुई कोठा र दुई शौचालय र २ स्नान कक्ष हुनु पर्नेछ। ग वर्गको होटल तथा लजमा ४ वटा कोठा, ८ बेड संख्या र गाइड कोठा, स्नान कक्ष र शौचालय १–१ वटा हुनुपर्ने छ। घ वर्गको लागि यो व्यवस्था लागू नहुने निकुञ्जले जनाएको छ।
निकुञ्जले होटल तथा लजबाट कार्बन उत्सर्जन घटाउन वैकल्पिक उर्जा प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको छ। यसअघि निकुञ्ज क्षेत्रका होटलहरुले भान्छामा दाउरा प्रयोग गर्थे। पर्यटन प्रवर्द्धनका नाममा दाउरा बालेर रातभर जाग्राम बस्न नपाइने र दाउराको विकल्पमा ग्यास, बायो ब्रिकेट, सौर्य शक्तिबाट चल्ने कुकर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती सहयोग आयोजनाका प्रबन्धक गौतम पौड्यालले बताए।
निकुञ्जले होटल तथा लजले तिर्नुपर्ने राजस्वसमेत बढाएको छ। अब क वर्गको होटलले १ लाख २० हजार, ख वर्गले ९० हजार, ग वर्गले ६० हजार र घ वर्गले वार्षिक २० हजार रुपैयाँ राजस्व तिर्नुपर्ने छ। यो राजस्व साबिकको तुलनामा दोब्बर हो।