पिउन अयोग्य पानी बेच्दै ट्यांकर
२९ वैशाख २०७३
•
१२ मिनेट पाठ
पिउन अयोग्य पानी बेच्दै ट्यांकर
काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु पिउने पानी भन्दै वर्षौंदेखि बेचिरहेका छन् । अनुगमन नहुँदा दिनहुँ लाखौं उपभोक्ताले त्यही पानी पिइरहेका छन्।उपत्यकामा रहेका विभिन्न स्रोतमध्ये स्वयम्भू क्षेत्रको शोभा भगवती, चोभार क्षेत्रको चक्रतीर्थ, चावहिलको ज्वाला खानेपानीलगायत स्रोतमा अधिक मात्रामा एमोनिया भेटिएको खानेपानी ट्यांकर व्यवसायी संघले केही महिना अघि गरेको अध्ययनले देखाएको हो ।
अध्ययनमा सम्बद्ध व्यवसायीकै काम जनस्वास्थ्यविपरीत पाइएपछि प्रतिवेदन सार्वजनिक नगरिएको स्रोतको दाबी छ । अध्ययनमा संलग्न एक व्यवसायीका अनुसार उपत्यकामा भएका ६५ वटा स्रोतको अध्ययन गरिएकामा केहीमा एमोनिया र आइरन बढी मात्रामा भेटिएको छ ।

खानेपानी गुणस्तर मापदण्डअनुसार प्रतिलिटर बढीमा १.५ मिलिग्राम एमोनिया हुनुपर्नेमा उपत्यकामा खानेपानी भनेर वितरण गरिएका ट्यांकरका पानीमा २० मिलिग्राम प्रतिलिटरसम्म एमोनिया रहेको अध्ययनले औंल्याएको थियो । स्वयम्भू क्षेत्रमा रहेको 'शोभा भगवती' नामको पानीको स्रोतमा १८ देखि २० मिलिग्राम प्रतिलिटर एमोनिया भेटिएको छ । त्यस्तै, चोभारस्थित चक्रतीर्थ र चावहिलको ज्वाला खानेपानी स्रोतमा त्यत्तिकै मात्रामा एमोनिया भेटिएको छ ।

चोभारस्थित चक्रतीर्थ स्रोतनजिकै 'यो पानी शुद्धीकरणपछि मात्र पिउनुहोला' भनेर बोर्डसमेत राखिएको छ त्यही कम्पनीको ट्यांकरले पिउने पानी भनेर खुलेआम वितरण गरिरहेको छ । चक्रतीर्थका अध्यक्ष सुवर्ड महर्जनले आवश्यकभन्दा धेरै मात्रामा एमोनिया रहेको स्वीकार गरे । 'यहाँको पानीमा धेरै मात्रामा एमोनिया छ,' महर्जनले भने, 'त्यसैले पिउन हुँदैन भनेका छौं ।'

विश्व स्वास्थ्य संगठन र नेपालको मापदण्डभन्दा धेरै मात्रामा एमोनिया भेटिएको अध्ययन निचोड छ । पानीमा विभिन्न खालका तŒव हुने भएकाले डब्लुएचओ र नेपाल खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार शरीरलाई हानि गर्ने २७ वटा तŒव मापदण्डभन्दा बढी हुनु हँुदैन । खानेपानी भनेर वितरण गरिएको पानीमा उक्त तŒव बढी मात्रामा भेटिए कारबाही हुन्छ ।

पानी गुणस्तर विशेषज्ञ भोलानाथ पौडेलका अनुसार खानेपानीमा १.५ मिलिग्राम प्रतिलिटर एमोनिया हुनुपर्छ । काठमाडौंमा भने पानीको सतहअनुसार १ सय ७० मिलिग्राम प्रतिलिटरसम्म भेटिएको छ । 'पानीमा एमोनिया सकेसम्म नभएकै राम्रो हो,' पौडेलले भने, 'भए पनि १.५ मिलिग्राम प्रतिलिटरभन्दा धेरै हुनु हुँदैन ।'

उपत्यकामा ट्यांकरबाट वितरण गरिने सबै स्रोतका पानी पिउन योग्न नरहेको अर्का विशेषज्ञ विनोदशंखर पालिखे बताउँछन् । 'ट्यांकरबाट वितरण भइरहेको पानी पिउनयोग्य छैन,' पालिखेले भने, 'तर ठाउँअनुसार फरकफरक हुने र ट्रिटमेन्ट गरेर पिउन सकिन्छ ।' चोभार स्रोतबाट पानी वितरण गरिरहेका ट्यांकर व्यवसायी अनिश श्रेष्ठले पनि उक्त पानी पिउन नभएको बताए । 'विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्डभन्दा यहाँको पानीमा एमोनिया र आइरन धेरै छ,' श्रेष्ठले भने । उनले उपभोक्तालाई उक्त पानी पिउन नभएर अन्य प्रयोजनका लागि भनेर बताउँदै आएको दाबी गरे । ट्यांकरमा पनि खानेपानी नलेखिएको दाबी उनले गरे पनि मंगलबार दिउँसो उक्त स्रोतमा पुग्दा 'खानेपानी' भनेर लेखिएका ट्यांकर पानी भर्ने लाइनमा भेटिए ।

स्थानीयले ट्यांकर खानेपानी भनेरै भरिरहेको देखेको बताए । 'कसैले यो पानी पिउनका लागि होइन भनेर भन्छजस्तो लाग्दैन,' नजिकैका एक स्थानीयले भने, 'यहाँबाट पानी बोकेर कहाँ पुग्छन् सबै ठाउँ भन्दै हिँड्छन्जस्तो लाग्दैन ।' त्यस्तै, स्वयम्भू क्षेत्रमा रहेको शोभा भगवती नामको स्रोतबाट पनि नियमित रुपमा २० मिलिग्राम प्रतिलिटर एमोनिया भएको पानी वितरण व्यवसायीले नै गरेको एक अध्ययनमा देखिएको छ । उक्त क्षेत्रबाट सबै ट्यांकरले खानेपानी भनेर वितरण गरिरहेको व्यवसायीले बताए । चावहिल क्षेत्रमा रहेको स्रोतमा पनि एमोनिया धेरै मात्रामा भेटिएको छ ।

चक्रतीर्थ समूहका महर्जनले पनि उपत्यकाका कुनै पनि स्रोतको पानी पिउनयोग्य नभएको दाबी गरे । 'उपत्यकाको कुनै पनि ट्यांकरले प्रयोग गर्ने स्रोतको पानी सिधै खानयोग्य छैन,' नागरिकसँग महर्जनले भने, 'यो, त्यो भन्ने होइन कुनै पनि स्रोतबाट स्वस्थ पानी वितरण भएको छैन ।' आफूहरूले स्रोतमा खान नहुने भनेर बोर्ड राखेको, बिलमा पनि प्रशोधनपछि मात्र पिउनुहोला भनेर लेखिएको तर अन्यले उल्लेख नगरेको उनको दाबी छ ।

महर्जनका अनुसार चोभार क्षेत्रमा धाराको खानेपानी सुविधा नभएकाले आफैं बोरिङ गरेरसमेत पानी पिउने गरेका छन् । जापानबाट आएको टोलीले उक्त क्षेत्रको अध्ययन गर्दा पिउनयोग्य नभएको बताएको उनले जनाए । '१४ नम्बर वडामा खानेपानीको सुविधा छैन,' महर्जनले भने, 'स्थानीय यहीँको बोरिङ प्रयोग गरिरहेका छन् ।' पानीबारे उपभोक्ता नै सजग हुनुपर्ने व्यवसायी बताउँछन् । ट्यांकरले खानेपानी भनेर बेचे पनि उपभोक्ताले खानयोग्य छ÷छैन भनेर सजग हुनुपर्ने उनको भनाइ छ ।

कतिपय ट्यांकर व्यवसायीले शुद्धीकरण गरेर पानी वितरण गरिरहेको बताए पनि स्रोतबाट ट्यांकरमा सिधै भरेर उपभोक्तासमक्ष पुर्याइरहेका छन् । काठमाडौं मनमैजु क्षेत्रमा रहेका स्रोतबाट सिधै ट्यांकरमा पानी भरेर वितरण गरिने स्थानीय बताउँछन् । मंगलबार उक्त क्षेत्र पुग्दा दुर्गन्धित खोलाको नजिकै रहेका स्रोतबाट ट्यांकरमा पानी भरिरहेका देखिन्थे । न त शुद्धीकरणका लागि कुनै प्रविधि जडान गरिएका थिए न सुरक्षित रुपमा भर्ने काम भइरहेको थियो ।

उपत्यकामा हाल ६५ वटा स्रोत (उद्योग) बाट ट्यांकरहरूले पानी वितरण गरिरहेका छन् । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालका अनुसार हाल ६ सय १० वटा खानेपानी ट्यांकरले पानी वितरण गरिरहेका छन् । दाहाल अध्यक्ष रहेको संघ बाहेक हरि कँडेल अध्यक्ष भएको उपत्यका खानेपानी ट्यांकर तथा बोरिङ व्यवसायी संघ पनि सक्रिय छ ।

सबै ट्यांकरले खानेपानी, निर्माण प्रयोजन र अन्य घरायसी प्रयोजनका लागि एउटै ट्यांकरमा पानी बोक्ने गरिरहेका छन् । सरकारले कुनै पनि वर्गीकरण नगरेकाले बाटो निर्माणका लागि पानी बोकिरहेको ट्यांकरले अर्को दिन खानेपानी बोकेर कुदिरहेको व्यवसायीको भनाइ छ । खानेपानी ट्यांकरले उपभोक्ताको स्वास्थ्य विपरीत पानी वितरण गरिरहेको भए पनि सरकारले भने अहिलेसम्म अनुगमन गर्न सकेको छैन ।

के हो एमोनिया ?

पानी गुणस्तर विशेषज्ञ भोलानाथ पौडलेका अनुसार एमोनिया पानीमा हुने एकप्रकारको तत्व हो जुन अधिक मात्रामा भए स्वास्थ्यमा हानि गर्छ । एमोनियाले तत्कालै असर नदेखाए पनि निरन्तर पिउँदा १०÷१५ वर्षपछि शरीरमा विभिन्न रोग देखाउन थाल्छ ।
एमोनिया भएको पानी पिउँदा रगतमा अक्सिजन डिफिसेन्सी गराउँदा रगतमा निलोपन ल्याउने, बालबालिका, गर्भवती महिला, शल्यक्रिया गरेका रोगीलाई यसले छिटो असर गर्ने पौडेलले बताए ।

पानी विशेषज्ञ पालिखेका अनुसार उपत्यकामा भएका कुनै पनि ट्रिटमेन्ट प्रविधिबाट एमोनिया हटाउन सकिँदैन । त्यस्तो प्रविधि धेरै महँगो पर्ने भए पनि प्रशोधन गरेर मात्र पिउनुपर्ने उनले बताए । काठमाडौंका स्यालो ट्युबवेलबाट निकालिएको लगभग सबै पानी पिउनयोग्य नभएको र डिप ट्युबवेलबाट आएको पानी भने केही प्रयोग गर्ने खालको रहेको विज्ञको भनाइ छ । 'ट्रिटमेन्ट नगरिएको पानी ज्यादै खतरनाक छ,' पालिखेले भने, 'घरमा पनि राम्रोसँग शुद्धीकरण गरेर मात्र पिउनुपर्छ ।'
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१० घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस