काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना (नौ सय मेगावाट) का लागि वित्तीय स्रोत जुटाउने समय एक वर्ष थप गरिदिन जिएमआर इनर्जी कम्पनीले सरकारसँग माग गरेको छ। भूकम्प र नाकाबन्दीले तोकिएको समयमा वित्तीय स्रोत जुटाउन सक्ने अवस्था नदेखिएको भन्दै आयोजना निर्माण जिम्मा पाएको भारतीय कम्पनीले थप समय मागेको हो।कम्पनीले अबको करिब पाँच महिनाभित्र (असोज ३ गते) स्रोत व्यवस्था गरिसक्नुपर्छ।
कम्पनीसँग २०७१ असोज ३ मा सम्पन्न आयोजना विकास सम्झौता (पिडिए) को सर्तअनुसार उक्त मितिबाट दुई वर्षभित्र स्रोत जुटाउन नसके उसले आयोजना छाड्नुपर्छ। पछिल्ला ८–९ महिना नेपालको अवस्था प्रतिकूल रहेको र सोहीअनुसार काम गर्न नसकेका कारण पिडिएमा उल्लिखित समयमा लगानी जुटाउन नसकिने कम्पनीको तर्क छ।
लगानीका लागि विदेशी बैंक वित्तीय संस्थासँग छलफल भइरहेकाले कम्तीमा एक वर्ष समय थपिदिन आग्रह गर्दै जिएमआरले गत साता लगानी बोर्डमा पत्र पठाएको उच्च स्रोतले नागरिकलाई बतायो।
'भूकम्प र नाकाबन्दीले तोकिएको काम गर्न नसकेको कम्पनीले पत्रमा खुलाएको छ,' स्रोतले भन्यो, 'प्रसारण लाइनको क्षमता बढाउनेबारे सरकारले कुनै प्रतिक्रिया नदिएकाले पनि थप समय लाग्नेछ।'
नेपालका आवासीय निर्देशकसमेत रहेका जिएमआर इनर्जीका सहउपाध्यक्ष हर्विन्दर मनोचासँग यसबारे बु‰दा वित्तीय स्रोत जुटाउने समय थपिदिन पत्र पठाएको बारे स्पष्ट जानकारी दिएनन्। 'विदेशी वित्तीय संस्थाले लगानीका लागि प्रस्ताव गरेका छन्, यसबारे हामी निरन्तर छलफलमा छौं। केही समय लाग्न सक्छ,' उनले नयाँदिल्लीबाट बुधबार फोनमा नागरिकसँग भने, 'छिट्टै आयोजनाका लागि आवश्यक लगानी जुट्नेमा हामी विश्वस्त छौं।'
'कम्पनीले अहिले आयोजनास्थलमा निर्माणका कुनै काम गरेको छैन। भूकम्प र नाकाबन्दीले पनि यसमा असर गरेको छैन। तर असर गरेको भन्दै लगानी जुटाउन थप समय माग्नु आयोजना नबनाउने खेल हो,' स्रोतले भन्यो, 'सरकारले थप समय दिन हुन्न, तोकिएको समयमै वित्तीय व्यवस्था गर्न दबाब दिएर आयोजना बनाउन बाध्य पार्नुपर्छ।'
स्रोतका अनुसार वैशाख १५ गते बसेको सञ्चालक समिति बैठकमा जिएमआरको पत्रका विषयमा छलफल भएन। अर्को बैठकमा यसबारे छलफल गरेर टुंगो लगाउने बताइएको छ। केही अधिकारीको असहमति रहे पनि बोर्ड जिएमआरका लागि समय थपिदिन तयार छ।
कमजोर वित्तीय अवस्थाका कारण आयोजनामा जिएमआरले न्यूनतम सेयर लिएर बस्ने वा स्वामित्व अन्य विदेशी कम्पनीलाई सुम्पेर जोखिमबाट पन्छिने मौका हेरेको छ। तर, कम्पनी जिम्मेवारीबाट पन्छिन नमिल्ने लगानी बोर्डका अधिकारीको तर्क छ। 'पिडिएमै उसले आयोजना छाड्न नपाउने स्पष्ट व्यवस्था छ,' बोर्डका एक अधिकारीले भने, 'आयोजना बनाउँदैन वा भाग्छ भन्ने हल्ला गलत हो।'
ऋण जुटाउन जिएमआरले गत चैत २३ र २४ मा विदेशी वित्तीय संस्था तथा दातालाई बोलाएर काठमाडौंमा छलफल गरेको थियो। उक्त छलफलपछि सात विदेशी र एउटा नेपाली वित्तीय संस्थाले करिब एक खर्ब १२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने मौखिक बचन दिएका थिए। तर, ती निकायले ऋण दिन्छन् वा दिँदैनन्, यकिन छैन।
वैशाखमा भूकम्पलगत्तै र नाकाबन्दीपछि लगानी जुटाउने समय थपिदिन जिएमआरले निरन्तर पत्र पठाउँदै आएको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए। 'आयोजना क्षेत्रमा आवास तथा नदीमा पुल बनाउने काम सुरु भएको छ, यी काम गर्न निर्माण सामग्री ल्याउन नपाएको गुनासो छ,' उनले नागरिकसँग भने, 'समय थपिदिन पत्राचार गरे पनि हामीले यसबारे केही सोचेका छैनौं।' समय पछि पनि थप्न सकिने हुँदा अहिले लगानी सुनिश्चितताका काम गर्न निर्देशन दिइएको उनले बताए।
माथिल्लो कर्णाली हाइड्रोपावर कम्पनीमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को १० प्रतिशत सेयर छ। जिएमआरको आग्रहमा उसैले आवश्यक ऋण जुटाइदिने जिम्मा दिएको छ। ऋण दिने घोषणापछि यस्तो सूचना एक सय २० दिन विश्व बैंकको वेबसाइटमा राखेरमात्र थप काम अघि बढाउने कानुनी प्रक्रिया भएकाले पनि स्रोत जुट्न समय लागेको बोर्ड अधिकारी बताउँछन्।
विदेशी वित्तीय संस्थासँग काठमाडौंमा भएको छलफलपछि आइएफसी, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी), एसियाली विकास बैंक (एडिबी), कमनवेल्थ डेभेलपमेन्ट कोअपरेसन (सिडिसी), युरोपियन डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन (इडिएफआई), फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओपेक) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ऋण दिने मौखिक वचन दिएका थिए।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नेपाली वित्तीय संस्थाले समेत ऋण लगानी गर्ने भएका छन्। बोर्डका अनुसार विदेशी दाता तथा वित्तीय संस्थाले ८६ करोड (करिब ९१ अर्ब १६ करोड रुपैयाँ) अमेरिकी डलर र स्वदेशी संस्थाले २० करोड डलर (करिब २१ अर्ब २० करोड रुपैयाँ) ऋण दिन सहमत छन्।
आयोजनाका लागि अनुमानित करिब एक खर्ब ४० अर्ब रुपैयाँ (प्रसारण लाइनसहित) लगानीमध्ये ७० प्रतिशत ९८ अर्ब रुपैयाँ ऋण र बाँकी स्वपुँजी हुनेछ। स्वदेशी र विदेशी वित्तीय संस्थाले ऋण रकम दिन तयार भएपछि निर्माणमा समस्या नहुने पन्तले बताउँदै आएका छन्।
आयोजनाबाट नेपालले एक सय आठ मेगावाट बिजुली र २७ प्रतिशत निःशुल्क सेयर पाउँछ। अहिले जिएमआरसँग ६३ प्रतिशतमात्र स्वामित्व छ। बढी स्वामित्व अन्य निकायलाई बेचेर आफूले कम राख्ने जिएमआरको योजना छ। यसो हुँदा आयोजनामा उत्पन्न हुने जोखिम पनि कम हुनेछ।
जिएमआरले ऊर्जा, विमानस्थल, सडक पूर्वाधार, सहरी विकासलगायत क्षेत्रमा लगानी गर्दै आएको छ। पछिल्लो समय उसको विमानस्थलबाहेक सबै व्यवसाय धराशयी हुँदै गएका छन्। आफैंले ऋण लगानी गर्न नसकेपछि नै उसले विदेशी वित्तीय संस्थालाई अनुरोध गरेको हो। स्वदेशी र विदेशी संस्थाबाट झन्डै सवा खर्ब रुपैयाँ ऋण दिने वचन पूरा हुनेमा जिएमआर नै विश्वस्त देखिँदैन।
आयोजना निर्माण प्रक्रिया सुरु गर्न पहिलोपटक सन् २००८ मा जिएमआर र सरकारबीच समझदारी भएको थियो। पिडिए भएको पनि डेढ वर्ष नाघिसकेको छ। सम्झौता भएको ६ महिनाभित्र तल्लो तटका सिँचाइ, वातावरणीय र जैविक क्षेत्रमा पर्ने असर अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने पिडिएमा छ। यसको पनि स्पष्ट परिणाम आएको छैन।
पिडिएको सात वर्षभित्र आयोजना पूरा गर्नुपर्ने सम्झौता छ। सम्झौताअनुसार आयोजनाबाट जिएमआरले निःशुल्क १२ प्रतिशत (एक सय आठ मेगावाट) बिजुली र २७ प्रतिशत सेयर दिनुपर्नेछ। जिएमआरले आयोजना बनाउँदा तल्लो तटमा निर्माण भइरहेका रानीजमरा कुलरिया, राजापुर र सूर्यपटुवा सिँचाइ आयोजनामा असर पर्न नहुने पिडिएमा उल्लेख छ। १८ देखि २१ घन्टासम्म थुनेर तीन घन्टा निरन्तर पानी छाड्दा यसले तल्लो तटमा असर गर्ने विभागका अधिकारी बताउँछन्।