काठमाडौं-सोलु करिडोर १३२ केभी प्रसारण लाइन ठेक्का अनियमितता भएको भन्दै छानबिन गरेको संसदको सार्वजनिक लेखा समितिले काम रोक्ने निर्णय यथावत राखेको छ । थप अध्ययन र छलफलपछि मात्र अन्तिम निर्णय गर्न सकिने भन्दै यसअघि दिएको काम रोक्ने निर्णय बुधबार पनि फुकुवा नगरेको हो ।भारतीय सहुलियत ऋण (२९ करोड अमेरिकी डलर) मा बन्ने करिडोरको ठेक्का दिँदा अनियमितता ठहर गर्दै विगतदेखि पटक–पटक छलफल हुँदै आए पनि विवाद टुंगो लगाएर निर्माणमा सहजीकरण गर्न समिति अक्षम भएको समितिका सदस्यले नै टिप्पणी गरेका छन् । ठेक्का पाउने र नपाउने ठेकेदारका पक्षमा बहस गरेर सांसदले नै ठेकेदारका एजेन्डा उठाएको एक सदस्यले गुनासो गरे ।
नेपाल विद्युत प्राधिकरणले चैत २३ मा भारतीय मोहन इनर्जी कर्पोरेसनसँग ठेक्का सम्झौता गरेको थियो । योभन्दा कम रकम प्रस्तावकर्ता ज्यागुअर ओभरसिज लिमिटेडलाई नदिएकाले अनियमिततामा ऊर्जा मन्त्रालय र प्राधिकरण अधिकारी संलग्न रहेको समितिको ठहर छ । समितिको बुधबारको बैठकले मन्त्रालयसँग थप कागजात मगाएर छलफल गर्ने निर्णय गरेको छ ।
अधिकांश सदस्यले काम अघि बढाउन निर्देशन दिएर छानबिन गर्नुपर्ने धारणा राखे पनि समितिका सभापति जनार्दन शर्माले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग आवश्यक परामर्श लिएरमात्र अन्तिम निर्णय हुने बताए । 'अनुगमन कार्यालयसँग राय माग्ने र मन्त्रालयबाट थप जानकारी आएपछि मात्र काम अघि बढाउन अनुमति दिन सकिन्छ,' उनले भने । जलविद्युत आयोजना, प्रसारण लाइन तथा अन्य विषयमा आर्थिक अनियमितता ठहर गर्दै छलफल सुरु गरे पनि लामो समयसम्म निर्णय नगरेर निर्माण प्रभावित पार्दै आएको छ । सोलु करिडोर पनि त्यसको उदाहरण हो ।
जलविद्युत तथा पूर्वाधार आयोजनामा ठेक्का पाउने ठेकेदारविरुद्ध नपाउनेले उजुरी दिने, विवाद सिर्जना गर्ने र आयोजना प्रभावित पारेर तुहाउनेसम्मका खेल हुने गरेका छन् । संसदीय समितिमा बेनामी उजुरी दिएर आयोजनाको काम रोक्न वा बन्द गराउने एजेन्टबाट मन्त्री तथा सांसदसमेत प्रभावित हुँदै आएका छन् । प्रभावित भएकै कारण उक्त प्रसारण लाइनबारे निर्णय हुन नसकेको एक सांसदले नै बताए ।
सम्झौता भएर काम सुरु हुने अवस्थामा रहेको प्रसारण लाइन रोकिँदा सोलु करिडोरमा निर्माण भइरहेका आयोजनाको करिब दुई सय १५ मेगावाट बिजुली खेर जाने अवस्था देखिएको छ । समयमा लाइन नबने प्राधिकरणले निजी क्षेत्रलाई वर्षको एक अर्ब ३८ करोड रुपैयाँ जरिवाना तिर्नुपर्छ । ८२ मेगावाटको तल्लो सोलुको विद्युत खरिद सम्झौता (पिपिए)अमेरिकी डलरमा गरिएको छ । प्राधिकरणले यसका लागि झन् बढी हर्जना तिर्नुपर्छ ।
सांसद मिनेन्द्र रिजाल, अमृतलाल राजवंशी, एकेन्द्र चौधरीलगायत सांसदले मोहन इनिर्जीलाई ठेक्का दिने निर्णय गलत भएकाले कम दर प्रस्तावकर्तालाई दिनुपर्ने तर्क राखेका छन् । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत घुमाउरो पारामा ठेक्कामा अनियमितता भएको स्वीकार गरेकाले यसमा थप छानबिन हुनुपर्ने रिजालको तर्क छ ।
ठेक्का मोहन इनर्जीले वा ज्यागुअरले ठेक्का पाउनेभन्दा अहिले प्रसारण लाइन नबन्ने वातावरण बन्दै गएको प्राधिकरणको भनाइ छ । दुवै कम्पनीका नेपाली एजेन्ट मोटो कमिसन पाउने दाउमा ठेक्का हात पार्न राजनीतिक दलदेखि संसदीय समितिसम्म धाइरहेका छन् । निर्णय चित्त नबुझे ठेक्का रकमको पाँच प्रतिशत धरौटी राखेर खरिद अनुगमन कार्यालयमा उजुरी दिन सकिने प्रावधान छ । तर, कालोसूचीमा पर्ने र विवादित भइने डरले विपक्षी ठेकेदारले कार्यालयमा नगई संसदीय समितिमा बेनामी उजुरी दिने गरेका छन् । सोलु करिडोरमा पनि यही प्रवृत्ति दोहोरिएको छ ।
ज्यागुअर कम्पनीका कुनै एजेन्टले वास्तविकता खुलाएर समितिमा उजुरी दिएका छैनन् । संसदीय मर्यादा ख्याल गरेर बेनामी उजुरीबारे समितिमा छलफल गर्न नहुने अधिकांश सांसदको धारणा छ । डडेल्धुरा स्थायी ठेगाना उल्लेख गरेर दिपक बोहोराको नाममा परेको उजुरी नक्कली रहेको पनि सांसदहरूले ठहर गरेका छन् ।
उजुरीकर्ता बोहोराले हालको ठेगाना कीर्तिपुर नगरपालिका उल्लेख गरेको छ । तर, मतदाता नामावली हेर्दा यस्तो नाम भएको व्यक्ति आफ्नो क्षेत्रमा नरहेको कीर्तिपुर नगरपालिका १० का सांसद राजेन्द्र केसीले बताए । 'समितिलाई गुमराहमा राखेर उजुरी दिइएको हामीले बुझ्न जरुरी छ,' उनले भने, 'यस्ता उजुरी छलफलमा प्रवेश गराउने वा नगराउने भन्ने छुट्टै नीति बन्नुपर्छ ।'
उजुरीकर्ता व्यक्ति पत्ता लगाएर बैठकमा बोलाएर छलफल गर्नुपर्ने पनि अधिकांश सांसदको धारणा थियो । समितिको मर्यादा कायम राख्न पनि उचित नीति बनाएर उजुरीका विषयमा छलफल गर्नुपर्ने सांसद ममता गिरीले बताइन् । यसो हुँदा नक्कली र बेनामी उजुरीकर्ता स्वतः निरुत्साहित हुने सांसदहरूको तर्क छ ।
ठेक्का प्रक्रियामा अनियमितता गरेको व्यक्ति उम्कन नहुने तर काम रोक्न नहुने सांसद बालकृष्ण खाँडले बताए । एउटै विषयमा लामो बहस तथा छलफल गर्नुभन्दा खरिन अनुगमन कार्यालयसँग उचित सुझाव मागेर निर्णय लिनुपर्ने अर्का सांसद रामहरि खतिवडाको भनाइ छ । काम रोक्ने निर्देशन दिएर गलत निर्णय गरेको भन्दै अधिकांश सांसदले सभापति शर्माको आलोचनासमेत गरेका थिए ।
प्राविधिक मूल्यांकनमा आठ कम्पनी सहभागी भए पनि ज्यागुअर सुरुमै अयोग्य घोषित भएपछि प्राधिकरणले सात कम्पनीको मात्र प्रस्ताव मूल्यांकन गरेको थियो । सात कम्पनीले बैंक ग्यारेन्टी अमेरिकी डलरमा राखेको तर ज्यागुअरले भारतीय मुद्रामा राखेका कारण पनि उसको प्रस्ताव मूल्यांकनमा नपरेको प्राधिकरण कार्यकारी निर्देशक मुकेशराज काफ्लेको भनाइ छ ।
सम्झौता भइसकेको ठेक्का रद्द गराएर हात पार्ने दाउमा ज्यागुअरका नेपाली एजेन्ट लागेको मोहन इनर्जीका एजेन्टको दाबी छ । दुई ठेकेदारको विवाद र स्वार्थमा जोडिएर समितिको संसदीय मर्यादामा प्रश्न उठेको सांसद विकास लम्सालले बताए । 'समिति विकास विरोधी भन्ने आलोचना भइरहेको छ, यसैले काम सुरु गर्न निर्देशन दिएर छानबिन गर्नु वृद्धिमानी हुन्छ,' उनले भने ।