काठमाठौं- ऊर्जा मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय नहुँदा दुई वर्षभित्र लोडसेडिङ पूरै हटाउने सरकारको महत्वाकांक्षी योजना कार्यान्वयनमा जटिलता देखिएको छ। घोषणाको दुई महिना नाघिसक्दा कार्यान्वयन प्रक्रिया मन्त्रालय तहमै अड्किइरहेको छ।सरकारले आगामी दुई वर्षभित्र देशलाई लोडसेडिङ मुक्त गरी अर्को वर्ष विद्युत् निर्यात गर्ने योजनासहित फागुन ६ गते ९९ बुँदे 'राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक–२०७२' घोषणा गरेको थियो।
संकट निवारणमा झन्डै ७० प्रतिशत काम गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरण नै सहमत नभएपछि कार्यान्वयनमा अन्योल बढेको निजी क्षेत्रको टिप्पणी छ। जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्नेमा उल्टै काम रोक्ने खालको कार्ययोजना ल्याइएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) उपाध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। 'विषय सबै समेटिएको छ तर कार्यान्वयनमा बाधा हालेजस्तो देखियो,' उनले भने, 'दुई महिनाको प्रगति मूल्यांकन हेरे प्रस्ट हुन्छ।'
मन्त्रालयले भने हरेक क्षेत्रका समस्या केलाएर कार्यान्वयनमा जोड दिइएको दाबी गरेको छ। यसबीच मन्त्रालयले कार्ययोजना कार्यान्वयन गर्न करिब एक दर्जन कार्यदल पनि गठन गरेको छ। सचिव, सहसचिव, विद्युत् विकास विभागका उप–महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले काम सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले बताए।
'मौसमी विद्युत महसुल, खरिद दर र प्रसारण शुल्क निर्धारण गर्न सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा कार्यदल बनेको छ,' उनले नागरिकसँग भने, 'विद्युत् ऐन र विद्युत् नियमन आयोग ऐनको मस्यौदा संशोधनको काम कानुन महाशाखाबाट हुँदै छ, कार्यान्वयनमा बेवास्ता गरिएको होइन।' प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई पनि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको उनले प्रस्ट्याए।
मन्त्रालयले योजना कार्यान्वयन तीव्र पारिएको दाबी गरे पनि केही उच्च कर्मचारी भने अहिलेकै कार्यशैलीले सरकारको लक्ष्य पूरा नहुने टिप्पणी गर्छन्। मन्त्रालयका प्रवक्ता तथा नीति महाशाखा प्रमुख सञ्जय शर्मा 'कर्मकाण्डी' कार्यशैलीलाई लक्ष्यप्राप्तिको बाधक औंल्याउँछन्। 'कर्मकाण्डी चलन परिमार्जन गरिएन भने हामी कहीँ पुग्दैनौं,' उनले भने, 'अनुगमन गर्ने निकाय र व्यक्तिको क्षमता विकास गर्न जरुरी छ।' राष्ट्रिय योजना आयोगबाट आयोजना निर्माण तथा अन्य कामको अनुगमन हुँदै आएकोमा अब यो प्रक्रिया परिवर्तन गर्नुपर्ने शर्माको धारणा छ। 'विद्युत् नियमन आयोग ऐनमै अनुगमनको प्रावधान राख्नुपर्छ,' उनले भने, 'सरकारले नै परामर्श सेवा लिन वा दिन कम्पनी खोल्नुपर्छ, मन्त्रालयले त्यसको प्रक्रिया सुरु गरेको छ।'
संकट निवारणको तेस्रो बुँदामा घोषणालगत्तै जलविद्युत् आयोजनामा अन्तरनिकाय समन्वयको व्यवस्था मिलाउने र २५औं बुँदामा एक महिनाभित्र विदेशी लगानी आकर्षित गर्न विद्युत् ऊर्जा खरिदबापत भुक्तानी प्रत्याभूति गर्ने उल्लेख छ। तर, यसमा अहिलेसम्म कुनै काम भएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्षभित्र विद्युत् संकट अन्त्य गरी तेस्रो वर्षदेखि निर्यात गर्ने अभिव्यक्ति दिइरहेकै छन्। उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत वैशाखदेखि नै लोडसेडिङ आधारभूत रूपमा अन्त्य हुने र २०७४ भित्र संकट पूरै हट्ने दाबी गर्दै आएका छन्। उत्पादित बिजुली स्वेदशमै खपत गर्ने योजना बनाउन छोडेर केही निर्यात गर्ने सरकारको सपना यो अवस्थामा पूरा नहुने यस क्षेत्रका जानकार बताउँछन्।
चिनी उद्योगको बगासबाट सहउत्पादनका रूपमा उपलब्ध हुने विद्युत खरिद गर्न सम्बन्धित कम्पनी वा उद्योगसँग संकट घोषणाको दुई महिनाभित्र प्राधिकरणले करार सम्झौता गर्ने उल्लेख छ। मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिए पनि अहिलेसम्म कुनै काम भएको छैन। कार्ययोजनामा मन्त्रालय र प्राधिकरणको धारणा बाझिएका कारण पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको छैन।
निजी क्षेत्रले उत्पादन गर्ने बिजुली प्राधिकरणले १० वर्षसम्म 'लिऊ या तिर' (टेक अर पे) का आधारमा किन्नुपर्ने प्रावधान बनाइएको छ। तर, प्राधिकरण यसमा सहमत छैन। आगामी २/३ वर्षपछि बर्खाको बिजुली खेर जाने भन्दै उसले 'लिऊ र तिर' (टेक एन्ड पे) मा विद्युत खरिद सम्झौता (पिपिए) गर्दै आएको छ।
बर्खामा खेर जाने बिजुली किन्दा प्राधिकरणलाई हुने घाटा रकम सरकारले शोधभर्ना दिने ग्यारेन्टी भए मात्र 'टेक एन्ड पे' मा पिपिए गर्न सकिने प्राधिकरणको धारणा छ। संकट निवारण कार्ययोजनामा शोधभर्नाको प्रावधान राखिए पनि त्यो आर्थिक नीति वा बजेटमै समेट्नुपर्ने प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले बताए।
'लिऊ या तिर' प्रावधानमा बिजुली किन्दा यसको सम्बन्ध मागसँग जोडिनुपर्छ, प्राधिकरणले जोखिम लिएर पिपिए गर्न सक्दैन,' उनले भने, 'आयोगको अगुवाइमा लगानी बोर्डले बिजुली माग निर्धारणको काम गरिरहेको छ, आगामी वर्षमा माग कसरी बढ्छ त्यही अनुसार पिपिए गर्नुपर्छ।'
कार्ययोजना कार्यान्वयन गर्न केही बुँदाका लागि आर्थिक नीति नै आवश्यक नपर्ने इपानका अधिकारी बताउँछन्। सरकारले १० वर्षका लागि 'डिस्प्याचेबल पिपिए' (हिउँदको बिजुली मात्र किन्ने प्रावधान) हटाउने घोषणा गरे पनि प्राधिकरणले कार्यान्वयन गर्न मानेको छैन। यस्तै, नदीप्रवाही आयोजनाबाट करिब ३ हजार मेगावाट मात्र बिजुली उत्पादनको योजना छ। निजी क्षेत्रले यसलाई जलविद्युत् विकासको बाधक ठानेको छ। यो अवस्थामा जलविद्युत् आयोजनाको निर्माण रोक्न संकट निवारणजस्तो कानुन ल्याइएको उनीहरूको आरोप छ।