काठमाडौं- सरकारले तोकिएको समयअघि काम सके ठेकेदारले 'बोनस' पाउने प्रावधान राखे पनि मेलम्ची खानेपानी आयोजनाको निर्माण अझै डेढ वर्ष धकेलिने निश्चित भएको छ। काममा ठेकेदारको लापरबाही, विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीको असरले निर्माण पूरा हुनुपर्ने अन्तिम मितिबाट थप डेढ वर्ष धकेलिने भएको हो। संशोधित तालिकाअनुसार ठेकेदारले २०७३ भदौभित्र सम्पूर्ण काम सक्नुपर्छ। काममा तीव्रता नदिने हो भने अबको दुई वर्षमा पनि काम पूरा नहुने आयोजनाका एक अधिकारीले बताए।ठेकेदारले अहिलेकै गतिमा काम गरे अबको डेढ वर्षभित्र काठमाडौंमा पानी झार्न सकिने 'मेलम्ची खानेपानी विकास समिति'का कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए। 'एक वर्षमा सुरुङ निर्माणको सबै काम सकिन्छ,' उनले बुधबार नागरिकसँग भने, 'बाँकी ६ महिनामा सुरुङ सफा गर्ने, गेट बनाउने लगायत काम सकिन्छ।'
सरकारले यसअघि २०७३ बैशाख १ गते काठमाडौंमा मेलम्चीको पानी झर्ने घोषणा गरेको थियो। एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष वेनकाइ झाङले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मेलम्ची आयोजना २०७४ जेठसम्म सकिने बताएका थिए।
सुरुङ निर्माण क्रममा अम्बाथानदेखि तल र सिन्धुदेखि माथिल्लो क्षेत्रमा बाँकी रहेको काम पनि एक साथ अघि बढाउनुपर्ने उनले बताए। 'ठेकेदारले यसरी काम गरेन भने सकिँदैन, कामको गति बढे पनि उसको काम गराइको व्यवस्थापन मिलेको छैन,' उनले भने। डेढ वर्षभित्र सुरुङको काम सकिए सुन्दरीजलबाट काठमाडौंमा पानी वितरण गर्न समस्या नहुने उनले दाबी गरे।
सम्झौताअनुसार काम नगरेपछि चिनियाँ सिआरसिसी–सिएमआइई चाइना जेभीसँग ठेक्का तोडेर सरकारले प्रतिस्पर्धाबाट इटालियन ठेकेदार नियुक्त गरेको थियो। इटालियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनाले पनि काम अहिले कामलाई तीव्रता दिएको छैन।
'ठेकेदारले थप समय र लागत मागेपछि मात्र डेढ वर्ष समयका लागि कति लागत बढ्ने भन्ने निर्क्योल हुन्छ,' भट्टराईले भने, 'अहिलेसम्म उसले थप समयको लागि औपचारिक आग्रह गरेको छैन। नाकाबन्दी र भूकम्पका कारण तोकिएको समयमा काम नसकिने कारण खुलाएर थप समय माग्न सुझाव दिइएको छ।'
आयोजनाको भैपरी आउने र नछुट्याएको रकम शीर्षकमा ठेक्काको १० प्रतिशत रकम राखेको हुन्छ। लागत थपिने भए त्यही शीर्षकबाट खर्च गर्ने समितिको तयारी छ। उक्त शीर्षकको रकमले नपुगेमात्र बाहिरबाट लगानी व्यवस्था गर्नुपर्ने भट्टराईको भनाइ छ। तर, ठेकेदारले अहिलेसम्म करिब एक अर्ब ७५ करोड रुपैयाँ र डेढ वर्ष थप समय दाबी गरेको छ।
ठेकेदारको दाबी विषयमा परामर्शदाता (स्पेनको इप्टिसा कम्पनी) ले समितिलाई कुनै सिफारिस गरेको छैन। तर, रकम र थप समय दाबी सम्बोधन गर्न नसके अनेक समस्या देखाएर काम रोक्न सक्ने अवस्था देखिएको परामर्शदाता कम्पनीका एक अधिकारीले बताए। 'अबको डेढ वर्षमा काम सक्न सरकारले ठेकेदारलाई दबाब दिएरै काम गराउनुपर्छ,' ती अधिकारीले भने।
सुरुङको हरेक दुई सय ५० मिटरमा खुला अस्थायी ठाउँ (निच) बनाउने क्रममा पनि ठेकेदारले आपत्ति जनाएको छ। ठेक्का सम्झौता हुँदा यस्तो काम ठेकेदारले नै गर्नुपर्ने उल्लेख छ। परामर्शदाताका अनुसार यस्तो संरचना स्थायी नै बनाउनुपर्ने हुँदा डिजाइन समितिले उपलब्ध गराउनुपर्ने ठेकेदारको माग छ।
तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम नौ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको छ। यसको ठिक उल्टो ठेकेदारले बढी समय लगाए यही आधारमा क्षतिपूर्ति तिराउने प्रावधान छ। रकम अभावले काम गर्न नसकेको गुनासो गरे पनि अग्रिम भुक्तानी दिँदा गर्नुपर्ने कामको तालिका माग्दा ठेकेदारले दिएको छैन।
प्रतिदिन ३६ मिटरका दरले सुरुङ खन्ने गरी ठेकेदारले सम्झौता गरेको थियो। भूकम्पअघि र पछि उसको काम गराइ दैनिक दैनिक १० मिटरभन्दा बढी थिएन। तर, मार्चबाट भने कामको गति बढेको छ। समितिका अनुसार गत शुक्रबारसम्म करिब आठ सय २७ मिटर खनिएको छ। यही आधारमा मार्चमा मात्र नौ सय ५० मिटर मिटर सुरुङ खन्नेछ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको साढे १७ करोड लिटर पानी काठमाडौं सुन्दरीजलसम्म ल्याउन करिब २८ मिटर सुरुङ खन्नुपर्छ। हालसम्म करिब साढे १३ किलोमिटर खनिएको छ। ६ किलोमिटर यसअघि चिनियाँ ठेकेदारले खनेको थियो।
इटालियन ठेकेदारसँग २०७० असार ३१ मा सम्झौता भएको थियो। सात अर्ब २३ करोड रुपैयाँको ठेक्कामा तीन वर्ष पाँच महिनामा सम्पूर्ण काम सक्नुपर्ने गरी सम्झौता भएको थियो। तर, भूकम्प र भारत गरेको नाकाबन्दीका कारण पनि लागत करिब दुई अर्बसम्म थपिने देखिएको छ।
एडिबीले आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराएकाले छिटो काम सक्न दबाब दिँदै आएको छ। विगतमा विभिन्न राजनीतिक पार्टीको स्वार्थ, मेलम्चीमा जाने उच्च अधिकारी, त्यहीका कर्मचारी र ठेकेदारका कारण आयोजनामा ढिलाइ र अनियमितता हुँदै आएको थियो। तर अहिले इटालियन ठेकेदारकै कारण काम अघि बढ्न सकेको छैन।
आयोजनाको दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट १७–१७ करोड लिटरका दरले थप पानी काठमाडौंमा ल्याउने योजना छ। मेलम्चीबाट ल्याइने १७ करोड लिटर पानी सन् २०१५ सम्मको मागलाई मात्र पूरा गर्ने योजना थियो। पानीको माग बढ्दै गएकाले ती दुई खोलाको पानी पनि काठमाडौं ल्याउन पूर्वनिर्धारित योजनामा संशोधन गरिएको हो।