काठमाडौं-हुलाकी सडक बनाइदिने आश देखाएर एक वर्षअघि पन्छिएको भारतले अहिले कबोल गरेको अनुदान रकमसमेत दिन आनाकानी गरेको छ। डेढ दशकसम्म झुलाएर नेपालतिर पन्छाएको काम नै रोक्ने मनसाय राखी रकम दिन आनाकानी गरेको हो । निर्माण गरिदिने सम्झौता हुँदा आठ अर्ब रुपैयाँ (भारु ५ अर्ब) लागत अनुमान गरिएको लागत अहिले बढेर करिब १३ अर्ब रुपैयाँ पुगेको छ।
निर्माणबाट गत वर्ष चैतमै भारतले हात झिकेपछि सरकारले नयाँ ठेक्का प्रक्रिया सुरु गरेको थियो । तर, ठेक्का सम्झौता हुनै लाग्दा सडक बन्न नदिने गरी नयाँ सर्त तेस्र्याएर रकम नदिने व्यवहार देखाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले नागरिकलाई बताए ।
उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले समेत भारतबाट अनुदान रकम नआउँदा नयाँ ठेक्कामा जान समस्या भएको बताए । 'भारतीय ठेकेदारसँग ठेक्का तोडिएको एक वर्ष भइसक्यो तर नयाँ प्रक्रियामा जान सकिएको छैन,' उनले भने, 'भारतले रकम नदिँदासम्म सरकारकै स्रोतबाट भए पनि काम गर्नुको विकल्प छैन ।'
भारतले हात झिकेपछि सडक विभागले पहिलो चरणमा सक्ने लक्ष्य राखिएका १९ मध्ये १२ सडकको ठेक्का प्रक्रिया सुरु गरेको थियो । तर, नयाँ सर्तअनुसार काम गर्नुपर्ने हुँदा सबै ती ठेक्का बदर गरेर नयाँ प्रक्रियामा जानुपर्ने भौतिक सचिव अर्जुनकुमार कार्कीले बताए । फागुन ७ गते भएको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा यस्तो सर्तसहितको समझदारी भएको थियो ।
अनुदान प्राप्त भएपछि शोधभर्ना लिने गरी १२ सडकको ठेक्का गर्न अर्थ मन्त्रालयले गत असार १ मा दुई अर्ब ६ करोड रुपैयाँ निकासासमेत दिएको थियो । भारतले अहिले अनेक सर्त तेस्र्याएर भएको काम पनि रद्द गर्न बाध्य बनाएको हुलाकी सडक आयोजनाका अधिकारी बताउँछन् ।
सडक निर्माण गर्न ९० प्रतिशत जग्गा पहिल्यै अधिग्रहण गर्नुपर्ने, परामर्शदाता भारतकै हुनुपर्ने, ठेकेदार छान्नुअघि सहमति लिनुपर्ने लगायत सर्त छन् । 'कामको सबै जिम्मा नेपाललाई नै दिएर यस्तो सर्त राख्नु रकम नदिने संकेत हो,' मन्त्रालयका एक अधिकारीले भने, 'सरकारले अब भारतको अनुदानको भर पर्नु हुँदैन ।'
'कम मूल्यमा ठेक्का प्रस्ताव गरेका ठेकेदार काम छोडेर भागेपछि भारतले अनुदानको रकम दिन्छु, बाँकी काम आफैं गर भन्यो,' विभागका एक अधिकारीले भने, 'नेपालको नियम कानुनअनुसार ठेक्का गरिसकेपछि फेरि सर्त तेस्र्यायो, नयाँ प्रक्रियामा जान उसका सबै सर्त मान्नुपर्ने भए किन अनुदान चाहियो !'
अनुदानमा बनाउन नेपाल–भारतबीच चार पटकसम्म समझदारी भइसकेको छ । सन् २००४ मा भारतीय अनुदानमा बनाउने, सन् २००६ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, २०१० मा तोकिएको काम दुई चरणमा पूरा गर्ने समझदारी भएको थियो ।
दुवै देशबीच यसअघि भएको समझदारीमा नेपालले जग्गा अधिग्रहण गर्ने, निर्माणस्थल स्पष्ट गरिदिने र भारतीय ठेकेदारसँग आवश्यक परामर्श गर्ने सर्तमात्र थियो । परामर्शदाता र ठेकेदार भारतकै भए पनि उनीहरुको अनुगमन र मूल्यांकन उतैबाट गर्ने गरिएको थियो ।
नयाँ समझदारी अनुसार ठेक्का प्रक्रिया गर्न मूल्यांकन प्रतिवेदनको एक प्रति र परामर्शदाता छनोट गर्ने सहमतिका लागि भारतीय दूतावासमा पठाइएको हुलाकी सडक आयोजना प्रमुख बलराम मिश्रले बताए । 'सहमतिका लागि दूताबास पठाइए पनि अहिलेसम्म भारतले कुनै प्रतिक्रिया दिएको छैन,' उनले भने ।
सोमबार भएको संसदको विकास समितिको बैठकले पनि भारतले रकम उपलब्ध नगराउँदासम्म सरकारकै पैसाबाट काम गर्न भौतिक मन्त्रालयलाई निर्देशन दिएको छ । 'भारतले आठ अर्ब रुपैयाँमात्र दिने भए बाँकी पाँच अर्ब सरकारले खर्च गरेर बनाउनुपर्छ,' समितिका सभापति रविन्द्र अधिकारीले भने ।
पहिलो समझदारी भएको १२ वर्षसम्म १२ प्रतिशत काम भएको छैन । अनुदानमा बनाइदिने लोभ देखाएर यसमा भारतले फसाएको विभागका उच्च अधिकारी बताउँछन् । नेपालको चुरे क्षेत्र तराईसँग जोड्दै भारतीय सीमासम्म विस्तार गर्न भारतले सन् २००४ मा अनुदानको लोभ देखाएको थियो । ठेक्कापट्टासमेत आफैंले गर्ने गरी सन् २०१० मा पहिलो चरणको निर्माण थालिएको थियो ।
सरकारले काम गर्ने क्षेत्र उपलब्ध गराउन नसकेको, जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएको भन्दै ठेकेदारले वर्षौंसम्म काम गरेको थिएन । कम मूल्यमा सम्झौता गरेर लागत बढ्दै गएपछि ठेकेदारले यसैलाई बहाना बनाएर काम छाडेका हुन् ।
६ खण्डमध्ये पहिलो खण्डको लम्की–टिकापुर–खक्रौला र धनगढी–सती क्षेत्रको काम जिम्मा लिएको भारतको जिआर–जिएडब्लुएआरले भने अहिले काम गरिरहेको छ । दोस्रो खण्ड (नेपालगन्ज–बगौडा, भुरिगाउँ–गुलरिया–मुर्तिया) र छैटौं खण्ड (चारआली–चन्द्रगढी–केचना, कानेपोखरी–रंगेली, कल्याणपुर–बर्साइन–सुब्रनपट्टि) को जिम्मा लिएको जिभिआर–इन्फ्रा प्रोजेक्टको १० प्रतिशत काम पनि भएको छैन ।
तेस्रो खण्ड (तामागढी–सिम्रौनगढ, मनमत–कलैया–मटियर्वा, वीरगन्ज–ढोरी), चौथो खण्ड (माइस्थान–गौशाला–साम्ची, नयाँरोड–बरहथवा–मधुवनी, जलेश्वर–हर्दी, नवलपुर–मलंगवा) र पाँचौं खण्ड (वीरेन्द्रबजार–जदुका–महेन्द्रनाथपुर, जनकपुर–जदुका, नजकपुर–जटही, जनकपुर–जलेश्वर) को काम जिम्मा लिएको विश्व बिभिएसआर जेभीले पाँच प्रतिशत काम नगरी भागेको हो । सन् २०१० मा सम्झौता भएको ६ वटै खण्डको काम सन् २०१३ को अन्तसम्म सक्नुपथ्र्यो।
सहमतिअनुसार हुलाकी सडकमा पर्ने सबै पुल सरकारले नै बनाउनुपर्नेछ । एक सय ५० मध्ये अहिलेसम्म ४५ पुल निर्माण भइसकेको मिश्रले जानकारी दिए । उनका अनुसार ४८ पुल निर्माणाधीन छन् भने बाँकीको डिजाइन भइरहेको छ । तर, सडक बन्ने नबन्ने अझै पत्तो छैन ।
जनआन्दोलन २०६२÷६३ पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भारतीय अनुदानमा हुलाकी सडक बनाउन दुवै देशबीच समझदारी भएको थियो । लक्ष्यअनुसार काम नभएपछि भारतले नै तराईको विकास रोकेजस्तो देखिएको छ।