काठमाडौं-नियामक निकायको सुझाव 'लत्याउँदै' पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले 'सिंगल इन्जिन' जहाजमा यात्रु बोक्न दिन नहुने एकतर्फी निर्णय गरेका छन् । निजी वायुसेवा कम्पनी एयर काष्ठमण्डपको सिंगल इन्जिनयुक्त जहाज फागुन १४ गते कालिकोटमा दुर्घटना हुँदा क्याप्टेन र को–पाइलटको ज्यान गए पनि सबै नौ यात्रु सामान्य घाइते भएका थिए।
लगत्तै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै सिंगल इन्जिन जहाज तत्काल नउडाउन मौखिक निर्देशक दिँदै ती जहाजको प्राविधिक पक्ष अनुगमन गरेको थियो ।
त्यसपछि ती जहाज सबै चुस्तदुरुस्त छन्, समस्या केही नरहेको सुझावसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको सम्बद्ध एक अधिकारीले जानकारी दिए ।
'हामीले नियामक निकायको मौखिक निर्देशन पनि पालना गर्दै जहाज उडाएका थिएनौं,' हाल दुईथान सिंगल इन्जिन जहाज रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले आइतबार नागरिकसँग भने, 'तर, एक्कासि पर्यटन मन्त्रालयले नियामकको सुझाव लत्याउँदै यात्रु नै बोक्न नपाउने निर्णय गरिदिँदा हामी चकित छौं ।'
पर्यटन मन्त्रालयले फागुन २४ गते मन्त्रिस्तरीय निर्णय भन्दै सिंगल इन्जिन जहाज सञ्चालकका लागि पाँच बुँदे निर्देशन जारी गरेको थियो । जसमा हालका लागि सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न नदिने, कार्गो उडानमात्र सञ्चालन गर्न दिने, अबदेखि सिंगल इन्जिन जहाज आयातमा प्रतिबन्ध लगाउने, 'टेक्निकल लगबुक' हेरेर नागरिक उड्डयन प्राधिकरणले अनुगमन गर्ने र सिंगल इन्जिन जहाजको सम्पूर्ण पक्ष समेटिने गरी प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गर्ने बुँदा छन् ।
हाल गोमा एयरसँग दुईथान, मकालु एयरसँग दुईथान र एयर काष्ठमण्डपसँग एकथान गरी पाँचथान सिंगल इन्जिन जहाज छन् । गोमा र मकालुले सुर्खेत विमानस्थललाई आधार गरेर उडान गर्छन् भने काष्ठमण्डपले नेपालगन्जलाई आधार गरेर उडान गरिरहेको छ ।
उच्च स्रोतका अनुसार पर्यटन मन्त्री पोखरेलले प्राधिकरणको सुझाव पनि लत्याउँदै र मन्त्रालयका सचिव वा सहसचिव कसैसँग पनि परामर्श नलिई एकतर्फी आफैं फाइल तयार गरेका थिए ।
अर्का एक वायुसेवा सञ्चालकले प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि पर्यटन मन्त्री पोखरेलले ठाडै सिंगल इन्जिनलाई यात्रु बोक्न नदिने निर्णय गरेको दाबी गरे । 'मन्त्रिपरिषद बैठकमै यसबारे छलफल भएको जानकारी हामीलाई प्राप्त भएको छ,' उनले भने, 'प्रधानमन्त्री र पर्यटन मन्त्री भावनामा बगेका हुन् वा कसैको दबाबमा परेर यस्तो निर्णय गरेका हुन् बुझ्न सकेका छैनौं ।'
डबल इन्जिन जहाज दुर्घटना भएर त्यसमा सवार सबैको मृत्यु हुँदा चाहिँ केही नगर्ने पर्यटन मन्त्रालयले सिंगल इन्जिन जहाज दुर्घटना भएर सबै यात्रु सकुशल हुँदा पनि यात्रुबाहक उडानमा प्रतिबन्ध लगाउनु तर्कहीन र हास्यास्पद भएको गोमाका प्रबन्ध निर्देशक कार्कीले बताए ।
'सिंगल इन्जिन जहाजलाई ग्लाइड गराउँदै अवतरण गर्न मिल्ने र एकदमै सुरक्षित भन्दै विगतमा अनुमति दिने पर्यटन मन्त्रालयलाई अहिले आएर यी जहाज कसरी असुरक्षित भए ?' कार्कीले भने, 'बिनाकारण एक्कासि जहाज नउडाऊ भन्न मिल्दैन ।'
उनका अनुसार मन्त्रालयको पाँच निर्देशनमध्ये टेक्निकल लगबुक हेरेर अनुगमन गर्ने भन्ने हास्यास्पद विषय हो । लगबुक नभई र त्यसमा सबै ठिक छ भनेपछि मात्र जहाज उडाउनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम हो । आइकाओको नियम बाध्यकारी हुन्छ । प्रत्येक बिहान उडान गर्नुअघि जहाज निरीक्षण हुने गर्छ । सबै उडानअघि जहाजलाई प्रमाणित इन्जिनियरले निरीक्षण गर्ने गर्छन् ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जहाज, चालकदल र यात्रु सबैको सुरक्षालाई ध्यान दिएर तत्कालका लागि मात्र सिंगल इन्जिन जहाजलाई यात्रुबाहक उडान गर्न रोकिएको बताए ।
'सिंगल इन्जिन जहाजले दुर्गम भेगमा पुर्याएको सेवा तारिफयोग्य छ,' काष्ठमन्डपको जहाज दुर्घटनापछि सिंगल इन्जिन जहाजबारे छानबिन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका सहसचिव लामिाछानेले भने, 'वायुसेवा सञ्चालकबाट जोखिम कम हुने काम गरिएन भने यस्ता जहाजले यात्रुबाहक उडान गर्न नपाउने अवधि थप लम्बिँदै जाने छ ।'
उड्डयन विज्ञका अनुसार इन्जिन फेल भयो भने सिंगल इन्जिन जहाज उड्दाको तौल, उचाइ, मौसमको अवस्था हेरी अधिकतम १२ मिनेटसम्म ग्लाइड गर्न मिल्छ । त्यति समयमा जहाजलाई समथर जग्गा, चौर वा बारीको पाटोमा सुरक्षित अवतरण गराउन सकिन्छ । एयर काष्ठमण्डपको जहाज पनि इन्जिन फेल भएपछि त्यसैगरी ग्लाइड गराइएको थियो तर, दुर्भाग्य क्याप्टेन र को–पाइलटले ज्यान गुमाएका थिए ।
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पर्यटन मन्त्री हिसिला यमीले 'इन्जिन फेल भए पनि ग्लाइड गराउँदै अवतरण गर्न मिल्ने भएका कारण सुरक्षित रहेको' भन्दै २०६५ सालमा सिंगल इन्जिन जहाजलाई पुनः उडान गर्न दिने अनुमति दिएकी थिइन् । त्यसपछि तारा एयरले पहिलो पटक सिंगल इन्जिन जहाज ल्याएको थियो । त्यसलगत्तै एयर काष्ठमण्डप, गोमा र मकालुले यस्तो जहाज ल्याएर उडान सञ्चालन गरिरहेका थिए । ताराले भने केही समय सञ्चालन गरेर उडान बन्द गरेको थियो ।
यात्रुबाहक उडान रोक: संसदीय समिति
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सिंगल इन्जिन जहाजलाई यात्रुबाहक उडान गर्न नदिन सरकारलाई निर्देशन दिएको छ ।
समितिले आइतबार पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, उच्च सरकारी अधिकारी, उड्डयन क्षेत्रका व्यवसायीलगायतसँग छलफल गरेपछि उक्त निर्देशन दिएको हो । यात्रुबाहक उडान रोके पनि कार्गो उडान गर्न भने दिन हुने समितिको निर्देशन छ ।