काठमाडौं–नेपालबाट निर्यात हुने वस्तुको सूचीमा रहेको दाँत माझ्ने मन्जन (टुथपेस्ट) पछिल्लो समय हरेक वर्ष अर्ब रुपैयाँ हाराहारीको निर्यात भइरहेको पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा उत्पादित टुथपेस्ट विश्वका विभिन्न २२ देशमा निर्यात हुन्छ । पछिल्लो पाँच वर्षमा टुथपेस्ट निर्यात घटबढ हुँदै ९३ करोड रुपैयाँबाट एक अर्ब १३ करोडसम्म पुगे पनि यसको आयात भने बर्सेनि बढेर दोब्बर भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७१÷०७२ मा ९८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको टुथपेस्ट नेपालबाट निर्यात भएको छ । उक्त निर्यात अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ को भन्दा झन्डै १५ करोड रुपैयाँले कम हो । आर्थिक वर्ष २०७०÷०७१ मा एक अर्ब १३ करोड ३३ लाख रुपैयाँको टुथपेस्ट निर्यात भएको थियो ।
पाँच वर्षको तथ्यांक हेर्दा निर्यातमा घटबढको क्रम चलिरहेको भेटिन्छ । आर्थिक वर्ष २०६७÷०६८ मा ९८ करोड आठ लाख रुपैयाँको निर्यात भएकोमा २०६८÷०६९ मा बढेर एक अर्ब आठ करोड ५५ लाख पुगेको देखिन्छ । आर्थिक वर्ष २०६९÷०७० मा भने निर्यात घटेर ९३ करोड ७४ लाखमा सीमित भएको थियो ।
पछिल्लो पाँच वर्षको अवधिमा यसको आयात भने हरेक वर्ष बढिरहेको देखिन्छ । पाँच वर्षअघि २० करोड रुपैयाँ बराबरको टुथपेस्ट आयात भएकोमा गत आर्थिक वर्ष २०७१÷०७२ मा बढेर झन्डै ४२ करोड पुगेको छ । सो वर्ष विश्वका २२ वटा मुलुकबाट ४१ करोड ९४ लाख रुपैयाँको टुथपेस्ट आयात भएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा ३७ करोड १६ करोड रुपैयाँको आयात भएको थियो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०६७÷०६८ जम्मा २० करोड ७३ लाख रुपैयाँको टुथपेस्ट आयात भएको थियो । आर्थिक वर्ष २०६८÷०६९ मा यो बढेर २१ करोड ६० लाख र २०६९÷०७० मा २५ करोड ८५ लाख रुपैयाँ पुगेको देखिन्छ ।
नेपालले टुथपेस्टको कारोबार गर्ने देश २२ वटा छन् । यसमध्ये सबैभन्दा धेरै कारोबार गर्नेमा छिमेकी भारत नै छ । दोस्रोमा चीन रहेको छ । गत आर्थिक वर्षमा भारतबाट ४१ करोड १७ लाखको टुथपेस्ट आएको थियो । सोही वर्ष ९८ करोड ४७ लाखको भारत निर्यात भएको तथ्यांक छ । अन्य वर्षमा पनि नेपालले टुथपेस्टको कारोबार ९० प्रतिशतभन्दा धेरै भारतसँग गरेको छ ।
भारतबाहेक अन्य देशहरूसँग ठूलो मात्रामा कारोबार गरेको देखिँदैन । नेपालीले धेरै नसुनेको नाम गरेको देशबाट समेत गत वर्ष टुथपेस्ट आएको तथ्यांक छ । युरोपको लिस्टिस्नटाइन नाम गरको देशबाट पोहोरदेखि टुथपेस्ट आउने थालेको हो । सानो मात्रामा भए पनि कारोबार हुने देशमा अस्ट्रेलिया, बंगलादेश, बुल्गेरिया, इक्वेडर, जर्मनी, इन्डोनेसिया, इजरायल, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड, सिंगापुर, स्विट्जरल्यान्ड, स्वाजिल्यान्ड, ताइवान, थाइल्यान्ड टर्की, युएई, बेलायत र अमेरिका छन् ।
स्वदेशमै गुणस्तरीय टुथपेस्ट उत्पादन गर्ने उद्योग छन् । तिनले नै स्वदेशी माग पूरा गरेर निर्यात समेत गरेको देखिन्छ । तर, पछिल्लो पाँच वर्षको अवधिमा निर्यात बढाउन नसकेको तथ्यांकले देखाएको छ । ठिक यही बेला आयात बढ्दै जाँदा नेपाली टुथपेस्ट उद्योगसामु चुनौती बढ्दै गएको सम्बन्धित उद्योगी बताउँछन् । उनीहरूका अनुसार नेपाली टुथपेस्ट सस्तो र राम्रो छ । तर, कतिपय उपभोक्ताले विदेशी ब्रान्ड मन पराउने भएकाले आयात बढिरहेको उनीहरुको भनाइ छ । ठूला स्टोर, सुपरमार्केटमा भारत, चीन, युरोप लगायत देशबाट आयाति टुथपेस्ट पाइन्छ ।