काठमाडौं-'पञ्चेश्वर विकास प्राधिकरण (पिडिए)' कार्यसमिति पदाधिकारीको तलब तथा सेवा–सुविधामा नेपाल–भारतबीच सहमति भएको छ । भारतले दुई देशका अधिकारीको सुविधा फरक–फरक हुनुपर्ने सर्त राखे पनि नेपालको अडानकै कारण यसमा सहमति भएको हो।
भारतले विदेश (नेपाल) मा काम गर्नुपर्ने तर यताका पदाधिकारीले यहीँ काम गर्ने हुँदा सेवा–सुविधामा फरक हुनुपर्ने तर्क राखेको थियो । पिडिए संयुक्त संस्था भएकाले पदाधिकारीको सेवा–सर्त समान हुनुपर्नेमा नेपालले जोड दिएकाले सहमति भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका एक अधिकारीले बताए ।
दुवै देशका अधिकारीको सहमतिअनुसार पिडिएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को तलब मासिक करिब तीन लाख २० हजार रुपैयाँ (भारु दुई लाख) तोकिएको छ । यस्तै, सहायक प्रमुख कार्यकारी अधिकृत (एसिइओ) को १६ हजार रुपैयाँ कम तोकिएको आयोजनाले जानकारी दिएको छ ।
'भारतमा उच्च अधिकारीको मासिक तलब भारु ८० हजार (एक लाख २८ हजार रुपैयाँ) लाई आधार मानेर बाँकी भत्ता समावेश गरिएको छ,' आयोजनाका एक अधिकारीले नागरिकसँग भने, 'कार्यसमितिका अन्य पदाधिकारीको सेवा सुविधामा सहिमति भएको छ, तर तलब र भत्ता तोकिएको छैन ।'
सप्तकोसी उच्च बाँधमा नेपाल र भारतीय अधिकारीको तलब तथा सेवा–सुविधा फरक–फरक तोकिएको छ । 'पिडिएमा पनि भारतको चाहना थियो, तर नेपालले अडान लिँदा सेवा–सुविधा र सर्त समान हुने भएको छ,' पञ्चेश्वर प्रमुख नविनराज सिंहले भने ।
दोस्रो देशमा काम गर्नुपर्ने भन्दै नेपालीको भन्दा सुविधा बढी हुनुपर्ने सर्त भारतले राखेपछि विवाद भएको थियो । पञ्चेश्वर 'गभर्निङ बडी'को गत बिहीबार काठमाडौंमा बसेको तेस्रो बैठकले यस्तो विवाद मिलाएको हो ।
बैठकमा भारतीय वापकोस कम्पनीले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को समीक्षा भएको थियो । यसअघि ६ हजार सात सय २० मेगावाट तोकिएको आयोजनाको क्षमता वापकोसले घटाएर पाँच हजार ४० मेगावाटमा झारेको छ ।
वापकोसको प्रस्तुती अनुसार महाकाली नदीमा सन् १९९५ देखि २००० सम्म पानीको सतह घटेकाले पुरानो अध्ययनकै आधारमा आयोजना बनाउन सकिँदैन । पछिल्ला वर्षमा पानीको सहत थप घट्दै गएको पनि डिपिआरमा उल्लेख छ । डिपिआरमा उल्लेख भएअनुसार आयोजनाको क्षमतामा घटाउने विषयमा नेपालले सहमति जनाएको छैन ।
बैठकले पिडिएको कार्यालय महेन्द्रनगरमा राख्ने र आर्थिक वर्ष २०१६ का लागि ४५ करोड रुपैयाँबराबरको बजेट स्विकृत गर्ने निर्णय गरेको छ । सिइओ र एसिइओले स्रोत परिचालनमा कसको बढी अधिकार हुने भन्नेमा भने दुवै पक्षको सहमतिमा पछि तोकिने भएको छ ।
प्राधिकरणमा दुई देशका तर्फबाट ४÷४ अधिकारी रहने प्रावधान छ । सोही प्रावधानअनुसार नेपालले प्रमुख कार्यकारी अधिकृतसहित कानुन, व्यवस्थापन र वातावरण हेर्ने कार्यकारी निर्देशक नियुक्त गरिसकेको छ । तर, भारतले आफ्नो तर्फबाट अझैसम्म वित्त र पुनर्बास तथा पुनस्र्थापना हेर्ने कार्यकारी निर्देशक पठाएको छैन ।
महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ साल माघ २९ गते दुई सरकारबीच महाकाली सन्धि भएको थियो । पञ्चेश्वरमा भारतको चासो बढी भएकाले नेपालको मात्र प्रयासले आयोजना निर्माण सम्भव थिएन ।
आयोजना नेपालभन्दा भारतले चाहेको खण्डमा मात्र निर्माण हुने यस क्षेत्रका जानकारले बताउँदै आएका छन् । २०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक काम पूरा गरेर एक वर्षभित्र निर्माण सुरु हुने उद्घोष गरेपछि प्रक्रिया अघि बढेको थियो ।
गभर्निङ बडीको दिल्लीमा भएको दोस्रो बैठकले वापकोस लिमिटेडलाई ६ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने जिम्मा पनि दिएको थियो । दुई देशले छुट्टा–छुट्टै तयार पारेको डिपिआर अद्यावधिक गर्दै पूर्णता दिने जिम्मा पाएको कम्पनीले गत भदौ दोस्रो सातामै काम सक्नुपथ्र्यो । तर, तीन महिना समय थप गरेर पनि उसले अझै काम सकेको छैन ।
पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडीमा) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड छ । उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समानरुपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ । नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार सात सय २० मेगावाट र भारतीय अध्ययनले यसको क्षमता पाँच हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ ।