काठमाडौं-केही दिनपहिले महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष रिता भण्डारी छलफलकै सिलसिलामा काभ्रे जिल्लाको गाउँमा पुगेकी थिइन् । महिलाले पाएका सुविधाबारे छलफल हुँदा उनलाई एक सहभागी महिलाले सोधिन्, 'हामी सरकारी अफिसमा जानु हुन्छ र ? के भन्ने हुन्, नपढेको मान्छे भनेर हेप्ने हुन् कि?'
यही चेतनास्तरले गाउँ र सहरका महिलाबीच खाडल पारिदिएको छ । सहरकेन्द्रित थोरैमात्र महिला अघि बढिरहेका छन् । राष्ट्रप्रमुख महिला भए पनि महिलाको अवस्थामा भने फरक पार्न सकेको छैन ।
राजधानी र बाहिरी भागमा ठूलो खाडल छ । सहरी क्षेत्र र गाउँबीचको असमानताले महिलाको स्थितिलाई बुझाउँछ । चेतना, शिक्षा, कामका अवसरको असमानताले सहरी महिलासँग गाउँका महिला दाँजिन सक्दैनन् ।
यही फरकलाई उद्यमशीलताको माध्यमबाट कम गर्न सकिन्छ कि भनेर लागिपरेकी छिन्– अध्यक्ष भण्डारी । महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउन सकियो भने महिलाबीच समानता आउन सक्छ । अझ भनौं, पुरुषसरह उनीहरूले व्यवसाय गर्न सक्नेछन्, अवसर पाउनेछन् भन्ने उनको मान्यता छ । यही मान्यता बोकेर पछिल्लो दुई दशकमा महिला उद्यमी संघ ललितपुरको अध्यक्ष, महिला उद्यमी सहकारी अध्यक्ष हुँदै १० वर्षदेखि महासंघमा आवद्ध हुँदै महिलालाई उद्यमी बनाउन लागिपरेकी छन् ।
...
ललितपुर पाटनढोका जन्मेकी भण्डारी बिहे गरेर काठमाडौं डिल्लिबजार पुगिन । सेन्टमेरिज स्कुल पढेकी भण्डारीले नजिकैको पद्मकन्या क्याम्पसमा अध्ययनलाई निरन्तरता दिइन् । विहे भएपछि घर व्यवहार, केटाकेटी हुर्काउने त छँदै थियो, व्यवसाय गर्नुपर्छ भन्ने पनि उनलाई लागिरहन्थ्यो । 'पढेलेखेको मान्छे भएर त्यत्तिकै बस्ने त कुरा भएन,' सोचिरहन्थिन्।
सन् १९९५ तिर उनका साथीहरू सरोजनी शेरचन र आरती नेपाल पनि के गर्ने भनेर भौंतारिइरहेका थिए । त्यही सिलसिलामा तीनजना साथीको मत मिल्यो– हाते कागजसँग सम्बन्धित व्यवसाय खोल्ने । कच्चा पदार्थ र उद्योग सञ्चालन गर्न चाहिने जनशक्ति स्वदेशमै पाइने । 'केही गर्न सकिएला भन्ने लागेर व्यवसाय सुरु गर्ने निर्णय गरेका थियौं,' व्यवसायका सुरुवाती दिन सम्झँदै महासंघ कार्यालयमा उनी गफिइन्, 'तर हामीसँग आइडिया केही पनि थिएन ।'
तीन साथीको त्यही निर्णय लाभदायक भयो, जसले रितालाई व्यावसायिक सफलतासँगै महिलाको सबैभन्दा ठूलो संस्था महिला उद्यमी महासंघ नेपालको अध्यक्ष पदमा पु¥यायो ।
व्यवसाय गर्न पहिला आफू सक्षम हुनुपर्छ, उनले सुरुदेखि बुझेको कुरा यही थियो । त्यसैले पहिला आफैं हाते कागजको विषयमा तामिल लिइन् । सामान कसरी बनाउँछन् भन्ने आफूले जानेन भने अरुलाई राखेर कसरी व्यवसाय गर्ने भन्ने लाग्यो । अन्य ठाउँबाट ट्रेनर बोलाएर भए पनि उनले काम सिकिन् ।
'मौका आउँदा हामफाल्नु पर्छ,' उनको मान्यता थियो । त्यसैले साथीसँगको सहकार्यबाट डिल्लिबजारमा अफिस राखेर व्यवसाय सुरु गरिन् । ३०–३५ जनालाई रोजगारी पनि दिइन् । उनीहरूले खाम, नोटबुक लगायत कागजका वस्तु उत्पादन गर्न थाले । 'कागज चिन्नै समय लाग्दो रहेछ,' उनले भनिन् ।
काम सुरु गर्दा धेरै कुरा थाहा थिएन । सामान कहाँ पाइन्छ, कस्तो सामान उत्पादन गर्ने, कहाँ बेच्ने जस्ता समस्या पथ्र्यो । अहिले पनि नयाँ व्यवसाय सुरु गर्ने धेरै महिलाले यही समस्या भोगिरहेका छन् । 'सोध्न पनि डर लाग्थ्यो,' भण्डारी भन्छिन्, 'आत्मविश्वास विकास गर्न पनि समय लाग्छ ।'
तालिम थिएन । बजारबारेमा ज्ञान थिएन । महिलालाई आफ्नो व्यवसाय सुरु गर्न त्यो बेलामात्र होइन अहिले पनि गाह्रो छ । लगानी गर्न ऋण पाइँदैन । बैंकमा ऋण माग्न जाँदा घरजग्गा खोज्छ, घरजग्गा भयो भने श्रीमान खोइ भनेरसमेत भन्छन् ।
त्यो बेला महिलाहरू विभिन्न क्षेत्रका व्यवसायीको रुपमा आउन थालिसकेका थिए । विभिन्न घरेलु उद्योगमा महिलाले नेतृत्व गर्न थालिसकेका थिए । पर्यटन, होटल ट्रेकिङतिर पनि महिलाको प्रवेश भइरहेको थियो । तर यी सबैमा औंलामा गन्ने संख्यामा मात्र थिए महिला ।
त्यो बेला उनलाई महिला उद्यमी संघ छ भन्ने पनि थाहा थिएन । कुनै कुरा जान्न, सिक्न परे कहाँ जाने होला भन्ने लागिरहन्थ्यो उनलाई । त्यही बेला उनले व्यवसायी शान्ती चड्डा भेटिन् । चड्डासँग महिला उद्यमी संघ चलाएको अनुभव थियो । 'तिमी जस्तो मान्छे, संघमा आउनुपर्छ, अनि मात्र प्रगति गरिन्छ,' चड्डाको सुझाव रिताले उद्धृत गरिन् । काम सुरु गरेको एक–ढेड वर्षमै संघमा आवद्ध भइन् उनी ।
त्यसबेला काठमाडौंमा महिला उद्यमी संघ भए पनि जिल्लासम्म पुगेको थिएन । विभिन्न प्रोजेक्ट भने चलिरहेका थिए । प्रोजेक्टको काम सकिएपछि जिल्लासँगको सम्बन्ध टुट्थ्यो । जिल्लासँग निरन्तर सम्पर्कमा हुनुपर्छ भनेर जिल्लाजिल्लामा महिला उद्यमी संघ खोल्न थालियो । काठमाडौंमा महासंघ बन्यो ।
अहिले २५ जिल्लामा संघ स्थापना भइसकेको छ । नौ नयाँ जिल्ला संघ खोल्ने तयारी भइरहेको उनले बताइन् । जिल्लामा महिला उद्यमी संघ खोल्न कम्तीमा नौजना महिलाले आफ्नो नाममा व्यवसाय दर्ता गरेर सञ्चालन गरेको हुनुपर्छ वा पारिवारिक व्यवसाय भए निर्णय गर्ने ठाउँमा महिला हुनुपर्छ । जिल्लामा संघ खोल्न सुस्त हुनुको कारण त्यही नौजना महिला व्यवसायी नभेटेर हो भन्छिन्, भण्डारी । 'नौ जना भेट्न पनि गाह्रो छ,' भण्डारी भन्छिन्, 'महिला व्यवसायीमा छन् तर उनीहरूको आफ्नो छैन ।'
महासंघबाट देशका विभन्न क्षेत्रमा रहेका महिलालाई व्यवसायी बनाउन भण्डारीको समूहले विभिन्न काम गर्दै आएको छ । 'महिलाका विभिन्न विषयमा एड्भोकेसी गर्नु महासंघको पहिलो काम हो,' भण्डारीले भनिन्, 'आर्थिक क्षेत्रमा महिलालाई के भयो, के भएन, कसरी अघि बढ्न सजिलो हुन्छ भनेर हामीले एड्भोकेसी गर्छौं ।'
यस्तै वकालतको परिणाम हो– सरकारले स्थापना गरेको महिला उद्यमशीलता विकास कोष । उनीहरूकै लामो प्रयासपछि सरकारले कोष स्थापना गरेको थियो । 'हामी यो कोष स्थापना गर्न साढे चार वर्षसम्म लागिप¥यौं,' भण्डारी भन्छिन् । उनीहरूसँगै उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी संघ, घरेलु महिला उद्यमी लगायतको सहभागितामा कोषले मूर्तरुप लिएको थियो । औद्योगिक नीतिमा महिलाको अधिकार संरक्षण गर्नसमेत उनीहरू लागिपरेका छन् । यो नीति आयो भने महिलालाई धेरै फाइदा हुने बताउँछिन्, भण्डारी ।
कृषि क्षेत्रमा महिलाको सहभागिता धेरै छ । तर उनीहरू त्यही व्यवसाय अपनाएर माथि उठ्न सकेका छैनन् । सरकारले कृषिमा लागेका महिलाको लागि भनेर विभिन्न सुविधा, नीति–नियम बनाए पनि महिलाले त्यो सुविधा लिन सकेका छैनन् । यही जागरण ल्याउन विभिन्न ठाउँमा उनीहरूले वर्कसप गरिरहेका छन्, महासंघमार्फत । 'भएका सुविधा पनि महिलालाई थाहा छैन,' भण्डारी भन्छिन्, 'अहिले हामीले त्यस विषयमा विभिन्न जिल्लामा छलफल गरिरहेका छौं ।'
यस्तै सिलसिलामा काभ्रे पुग्दा त्यहाँका महिलाको कुराले उनलाई छक्क पा¥यो । 'के हामी सरकारी अफिसमा जानु हुन्छ ?' काभ्रेका महिलाले भण्डारीलाई सोधेको प्रश्नले काठमाडौं र गाउँका महिलाबीचको चेतना खाडललाई दर्शाइदियो । 'के भन्ने हुन्, नपढेको मान्छे भनेर हेप्ने हुन कि' भन्ने डर त्रास छ, महिलामा । उनीहरू आफै व्यवसाय गर्छन् । तर त्यसलाई माथि उठाउने क्षमता कम छ ।
व्यवसाय गर्न चाहने महिलाका लागि अहिले 'आइडिया' चाहिएको छ । महिलालाई सधैं त्यही सिलाई–बुनाईमात्र किन ? अन्य क्षेत्रमा पनि महिलाले गर्न सक्छन् । नयाँ कामको सुरुवात महिलाबाट गर्न सकिन्छ भन्ने आइडिया दिनुपर्ने अवस्था छ । 'हामीले यहाँ सपोर्ट डेक्स पनि राखेका छौं,' महासंघको कार्यालयमा उनले भनिन्, 'कसरी हुन्छ उनीहरूलाई व्यवस्थित बनाउनु परेको छ ।' पाहोर सालमात्र त्यही अफिसबाट तीन सय ३५ जनाको उद्योग दर्ता गराइएको थियो ।
महिलाको लागि नेतृत्वको खाँचो छ, अहिले । यसै आवश्यकता पूरा गर्न महासंघबाट यससम्बन्धी तालिम दिन्छन् । बोल्ने कसरी, छलफल कसरी गर्ने लगायत मार्केटिङ सम्बन्धी तामिल उनीहरूले दिन्छन् । अन्य तालिम चाहिए सम्बन्धित संस्थासँग सम्पर्क गराउने पुलको काम पनि गरिरहेको छ, महासंघ ।
उद्यमी महिलामा मार्केटिङको समस्या पनि टड्कारो छ । यसलाई समाधान गर्न महिला ग्राम स्थापना गर्नुपर्छ भनेर लागिपरेका छन् उनीहरू, जहाँ देशभरका महिलाले उत्पादन गरेका वस्तुलाई प्रदर्शनी, बिक्री–वितरण गर्न सकियोस् । 'महिला व्यवसायीको लागि छुट्टै ग्रामको आवश्यकता छ,' उनले भनिन् । यसै सिलसिला महासंघले देशभरका महिलाले उत्पादन गरेका वस्तुको प्रदर्शनीसमेत गर्ने गरेका छन् । चैत १९, २० र २१ गते काठमाडौं, आर्मी अफिसर्स क्लबमा हुन लागेको 'फस्ट इन्टरनेसनल विमेन ट्रेड एक्पो'मा महिलाले नै उत्पादन गरेका र महिलाले सञ्चालन गरेका उद्योगका उत्पादनमात्र राख्ने तयारी छ ।
महिलाले व्यवसायी गर्छु भनेर मात्र हुँदेन । विभिन्न समस्या आइपर्छन् । उनी आफैंले भोगेको एक समस्या यसरी सुनाउँछिन्– व्यवसाय गर्न बैंकबाट ऋण माग्दा श्रीमान ल्याउनुस् भन्यो जबकि उनको आफ्नै नाममा घरजग्गा थियो ।
'हामीलाई त यस्तो समस्या भोग्नुपर्छ भने अरुको के हालत होला,' उनी भन्छिन् । महिलालाई अझै पनि पत्याउने कम छन् । कुनै प्रोजेक्ट देखाउँदा वा यो व्यवसाय गर्छु भन्दा अझै पनि महिलालाई नपत्याउने अवस्था छ । दुई–चारबाहेक धेरैलाई व्यवसाय गर्न अप्ठेरो भएको उनको अनुभव छ ।
जुन महिलालाई घर परिवारबाट सहयोग मिलेको छ, ती महिलाले छिटोछिटो व्यवसायमा प्रगति गरेको अवस्था छ । उपत्यकाबाहिरका महिलालाई धेरै सहयोग चाहिएको उनको अनुभव छ । काठमाडौंसँग बाहिरी जिल्लाका महिलाको ग्याप धेरै छ । नेपाल र अन्य देशको अवस्थामा पनि ग्याप छ । 'सार्क क्षेत्रमा सबैको समस्या लगभग एउटै हो,' भण्डारी भन्छिन्, 'भारत, बंगलादेशका लगायत देशमा सरकारले धेरै सपोर्ट गर्छ ।' नेपालका महिलाले अवलम्बन गरेको प्रविधि उनीहरूले सिके तर यहाँभन्दा धेरै प्रगति उता भइरहेको छ ।
त्यसो भए के गर्नु पर्छ त ? जवाफमा भण्डारी भन्छिन्, 'सरकारले महिलाको स्तर वर्गीकरण गरेर नीति बनाउनुपर्छ । महिला उद्यमीको विकास गर्न सरकारले तीन तहबाट सम्बोधन गर्नुपर्ने उनको धारणा छ । अहिले सरकारले सबै महिलालाई एकै टोकरीमा राखेर नीति–नियम बनाउने गरेको छ । 'पहिलो माइक्रो लेबलका महिलालाई सम्बोधन गर्ने, अनि साना व्यवसायी र निर्यात गर्न सक्ने भइसकेका महिलालाई छुट्टाछुट्टै तरिकाले सम्बोधन गर्नुपर्छ,' उनी भन्छिन्, 'जबसम्म तीन तहमा छुट्ट्याएर सरकारले नीति–नियम बनाउँदैन तबसम्म तल्लो तहका महिलालाई माथि उठाउन सकिँदैन ।'
त्यस्तै महिलाले उत्पादन गरेका वस्तु बिक्रीवितरण गर्न बजार व्यवस्था सरकारले गर्नुपर्ने उनको धारणा छ । महिला ग्राम भयो भने उत्पादित वस्तु राख्न सकिन्छ । देशका विभिन्न क्षेत्रमा कलेक्सन सेन्टर बनाउनु पर्छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई संकलन गरे बजारसम्म पु¥याउन सकियोस् । बजारमा सामान भएन भनेर कराउँछन्, स्थानीय महिला सामान बिकेन भन्छन् । यो ग्याप भर्न कलेक्सन सेन्टर आवश्यक छ । त्यही तालिम, त्यही गुण्स्तर कुरा सबै गर्न सकिन्छ ।
महिला आफैं पनि अग्रसर हुनुपर्छ भन्छिन्, भण्डारी । यो गर्छु भनेर लाग्नुपर्छ । 'जहिले पनि अरुले बोलाएर, सित्तैमा पाइन्छ कि भनेर खोजेर आफूलाई विकास गर्न सकिँदैन,' उनले भनिन्, 'त्यो सोचाइबाट माथि उठ्नु पर्छ ।'
हाल भण्डारीले माही इन्टरप्राइजेज चलाइरहेकी छन् । यो खासगरी खानेकुरासँग सम्बन्धित कम्पनी हो । 'महिलाहरू माल उत्पादन गर्नुस् हामी बजारीकरण गरिदिन्छौं भनेर यो कम्पनी खेलेकी हुँ,' उनले भनिन्, 'विशेष गरी खानेकुरा हो ।' नेपालका पुराना खानेकुरालाई बजारीकरण गर्न पनि यो गरिरहेका हौं । जिल्लामा उत्पादन हुने विशेष खालका उत्पादन, खानेकुरा बजारमा पु¥याउने काम उनको कम्पनीले गर्छ ।
कागजको व्यवसाय पनि उनले गरिरहेकी छन् । लोक्ताबाट धागो बनाएर त्यसबाट कपडा बनाउने काम यस उद्योगबाट भइरहेको छ । घर, श्रीमानबाट उनले सहयोग मिल्यो । त्यही सहयोगमा टेकेर आफैं नयाँ उचाइमा पुगिन्।