नेपाली वस्तुलाई अमेरिकामा सहुलियत
१९ फागुन २०७२
•
७ मिनेट पाठ
नेपाली वस्तुलाई अमेरिकामा सहुलियत
काठमाडौं–अमेरिकाले नेपाली तयारी पोसाकसहित विभिन्न ६६ वस्तुलाई दिएको भन्साररहित प्रवेश सुविधाको लाभ नेपालमा बनेका तयारी पोसाकबाहेक घरेलु उद्योगका उत्पादनले पनि पाउने देखिएको छ।अमेरिकाले दिएको शून्य भन्सार सुविधामा पाउने वस्तुको सूचीमा नेपालका घरेलु तथा साना उद्योगमा उत्पादित र हातले बुनेका वस्तु पनि परेका छन् । त्यस्ता ६६ वस्तुमा छाला र कपडाबाट बनेका विभिन्न उत्पादन परेका छन् । हाल देशका विभिन्न ठाउँमा छरिएर रहेका घरेलु तथा साना उद्योगबाट उत्पादन हुने कटन, हातले बुनेका कपडा, रेशम, छालाका सामान लगायत वस्तु परेका छन् । यो सुविधा लिन ठूलो मेहनत आवश्यक पर्ने व्यवसायीले बताएका छन् ।

'सुविधा त दियो तर त्यो उपभोग गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ,' महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारीले भनिन्, 'अहिलेको अवस्थाले हामीले यो सुविधा ठूलो मात्रामा लिन सक्दैनौं ।' भूकम्प, नाकाबन्दी, लोडसेडिङ, नीति–नियम र दक्ष जनशक्तिको अभाव लगायत समस्याले अहिले सानादेखि ठूला उद्योग समस्याग्रस्त छन् । अहिलेका उद्योगलाई उकास्दै सामूहिक रुपमा उत्पादन गरेमात्र ठूलो मात्रामा गुणस्तरीय वस्तु तयार गर्न सकिने भण्डारीले बताइन् । 'सरकारको सहयोगबिना यो सम्भव छैन,' अध्यक्ष भण्डारीले भनिन् ।

अमेरिकाले विभिन्न एचएस कोडअन्र्तगत दिएको सुविधामा धेरैजसो नेपालका घरेलु साना उद्योगबाट उत्पादन हुने वस्तु छन् । अमेरिकाको कोड नम्बर ४२ मा ट्रंक्स, सुटकेस, भानिटी केस, एट्याच केस, ब्रिफकेस रहेका छन् । यस कोडअन्र्तगत २९ वटा आठ डिजिटका शीर्षकमा विभिन्न वस्तु उल्लेख गरेको छ । यसअन्र्तगत छाला, कटन तथा प्लास्टिकबाट बनेका वस्तु छन् ।

त्यस्तै रेशम र यसबाट उत्पादन हुने कपडा, शृंगार वस्तुले शून्य भन्सार सुविधा पाउने देखिन्छ । नेपालको विभिन्न ठाउँमा घरेलु उद्योगले रेशम धागो उत्पादन गरिरहेका छन् । विशेष गरी महिलाले उत्पादन गर्ने यी वस्तुबाट उनीहरू लाभान्वित हुने देखिन्छ ।

छाला र कटन (कपास) बाट बनेका बनेका उत्पादनले पनि यो सुविधा पाउने छन् । अमेरिकी सरकारले छालाबाट बनेका उत्पादनलाई विभिन्न कोडिङ शीर्षकमा राखेको छ । यसमा प्लास्टिक, लेदर, टेक्सटाइलबाट भनेका वस्तुलाई राखेको छ ।

यात्रा गर्दा प्रयोग हुने कटनबाट बनेका ट्राभल ब्याग, स्पोर्टस र यस्तै प्रकारका ब्यागले यो सुविधा पाउनेछन् । यसै अन्र्तगत संगीतसम्बन्धी सामग्री पनि छन् । गहना राख्न प्रयोग हुने बक्सहरू र यस्तै प्रकारका अन्य कन्टेनरले पनि यसमा सुविधा पाउने देखिन्छ ।

कटन र छालाबाट बनेका विभिन्न प्रकारका हाते पन्जा सुविधा पाउने सूचीमा छन् । अमेरिकाले ५७ एचएस कोड अन्र्तगत कार्पेट, हातले बुनेको कार्पेट र भुइँमा बिच्छ्याउने अन्य उत्पादन राखेको छ । यस कोडअन्र्तगत विभिन्न १३ शीर्षकमा यस अन्र्तगतका उत्पादनलाई राखेको छ । यस कोडअन्र्तगत कटन तथा उलन कपडा, हाते तानबाट बुनेका कपडा, हातले बुनेका अन्य कार्पेट तथा कपडा छन् ।

अमेरिकाले एचएस कोड ६१, ६२ र ६३ अन्र्तगतका सल, मफलर, स्कार्फ र अन्य शीर्षक अन्र्तगत विभिन्न वस्तुलाई शून्य भन्सार सुविधा दिने निर्णय गरेको छ । यस कोड अन्र्तगत १० वटा शीर्षकमा विभिन्न उत्पादन छन् । यस कोडअन्र्तगत उलनबाट बनेका कपडा, जनाबरका भुवा, हाते पञ्जा, अप्राकृतिक फाइबर ब्लांकेट तथा ओड्ने कपडा रहेका छन् । त्यस्तै, महिलाले टाउकोमा लगाउने हेडब्यान्ड, सियोले बुनेका, हातबाट बनाइएका घरेलु उत्पादन समावेश गरिएको छ ।

टाउकोमा लगाउने विभिन्न प्रकारका टोपी, ह्याट्स र हेडगियरस्ले पनि यो सुविधा उपभोग गर्न पाउने छन् । यस प्रकारका उत्पादनलाई एचएस कोड ६५ अन्र्तगत विभिन्न १२ शीर्षक राखेर वर्गीकरण गरिएको छ । यसअन्र्तगत फेल्ट ह्याट्स, फेल्ट हेडगियर, हातले बुनेका कटनबाट बनाइएका उत्पादन छन् ।

नेपालबाट अमेरिकामा हुने कुल निर्यातमा गार्मेन्ट ३६ प्रतिशतमात्र छ । अन्य वस्तु पनि घरेलु तथा साना उद्योगबाट उत्पादन हुने छन् । अहिलेसम्म नेपालले अमेरिकामा गरेको कुल निर्यात ८६ अर्ब ६४ करोडको करिब ५०.७८ प्रतिशत वस्तु जुत्ता चप्पल, हाते झोला, लगेजको रुपमा प्रयोग हुने वस्तु, रेशाबाट निर्मित वस्तु, कपडा। अर्ध प्रशोधित र प्रशोधित सिसाजन्य उत्पादन, घडी, विद्युतीय सामान र स्टिलजन्य उत्पादन छन् । आर्थिक वर्ष २०७१÷०७२ नेपालले सात अर्ब ७९ करोडभन्दा बढीको वस्तु अमेरिकामा निर्यात गरेको छ । यो कुल निर्यातको ८.९९ प्रतिशत हो ।
अर्को समाचार
नेपाली वस्तुलाई अमेरिकामा सहुलियत, अमेरिकी प्रतिनिधि शनिबार आउँदै
२५ फागुन २०७२
•
५ मिनेट पाठ
नेपाली वस्तुलाई अमेरिकामा सहुलियत, अमेरिकी प्रतिनिधि शनिबार आउँदै
काठमाडौं-अमेरिकाले नेपाली तयारी पोसाकसहित विभिन्न ६६ वस्तुलाई भन्साररहित प्रवेश दिने विषयमा छलफल गर्न पहिलोपटक अमेरिकी प्रतिनिधि यही फागुन २९ गते (मार्च १२) मा काठमाडौं आउँदै छन्। अमेरिकी प्रतिनिधिसँगको छलफलपछि नेपाली उद्योगले शून्य भन्सार सुविधा लिन औपचारिक रुपमा सुरु हुनेछ।

फागनु २९ मा 'युनाइटेड स्टेट ट्रेड रिप्रिजेन्टेटिभ' (युएसटिआर)का प्रतिनिधि काठमाडौं आउन लागेको नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डी अर्यालले बताए । 'मार्च १२ मा युएसटिआरका प्रतिनिधि काठमाडौं आउँदै हुनुुहुन्छ,' संघका अध्यक्ष अर्यालले भने, 'उहाँसँगको छलफलपछि कसरी अघि बढ्ने भन्ने बाटो खुल्नेछ ।'

अमेरिकी सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभले पास गरेको विधेयक 'नेपाल ट्रेड प्रिफरेन्स एक्ट'मा फागुन ५ (१७ फेब्रुअरी) मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको थियो । विधेयकमा हस्ताक्षर गरेको एक महिना हुनै लाग्दा पनि सुविधा उपभोग गर्ने विषयमा ठोस कदम अघि बढ्न सकेको छैन । यो सुविधा विधेयक पारित भएको ३०औं दिनदेखि सुरु हँुदैछ ।

निजी क्षेत्रका प्रतिनिधि र उद्योग, वाणिज्य मन्त्रालयबीच सामान्य छलफलबाहेक अन्य केही प्रगति हुन सकेको छैन । सुविधा उपभोग गर्न नेपाली उद्योग तयारी आवस्थामा रहेको भन्दै अर्यालले अमेरिकी प्रतिनिधिको भेटपछि कसरी अघि बढ्ने भन्ने बाटो खुल्ने बताए । 'हामी पूर्णरुपमा तयार छौं,' अर्यालले भने, 'प्रतिनिधिसँगको भेटपछि नयाँ बाटो खुल्नेछ ।'

नेपालबाट भन्सार नलाग्ने सामान पठाउने क्रममा अमेरिकी प्रतिनिधिले बेलाबेलामा नेपाली उद्योग र वस्तुको अनुगमन गरिरहने छन् । नेपाली वस्तु भनेर आयातित तथा नक्कली सामान निर्यात नहोस् भनेर अमेरिकी प्रतिनिधि वर्षको तीनपटक अनुगमनमा आउने बताइएको छ ।

नेपालबाट निर्यात हुने कपडा, तयारी पोसाक लगायत वस्तुहरू 'ट्रान्ससिपमेन्ट' (अन्य मुलुकबाट तयारी वस्तु नेपाल ल्याएर अमेरिकी भन्सार छुट लिने मनसायले 'नेपालमा बनेको' लेबल लगाई निर्यात गर्ने अभ्यास) भए÷नभएको बारे वर्षको तीनपटक प्रमाणीकरण हुनेछ । 'ट्रान्ससिपमेन्ट' भएको भेटिए सरोकारवाला आयुक्तले अमेरिकी राष्ट्रपतिलाई सोको जानकारी गराउनेछन् र नेपाल यो सुविधा लिनबाट वञ्चित हुन सक्छ । नेपालका सामान नेपालमा सिलबन्दी भएर सिधै अमेरिकी भन्सारमा पुग्नुपर्नेछ ।

अमेरिकाले दिएको सुविधा उपभोग गर्न नेपालले केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । ती मापदण्डका विषयमा प्रतिनिधिसँग छलफलपछि स्पष्ट हुने व्यवसायीको भनाइ छ । अमेरिकी मापदण्ड पूरा गर्न कुनै पनि उद्योग एक्सपोर्ट प्रोसेसिङ जोन (औद्योगिक क्षेत्र) मा सञ्चालन भएको हुनुपर्नेछ । अमेरिकाले सुविधा दिएका वस्तु उत्पादन गर्ने गार्मेन्ट लगायत अधिकांश उद्योग औद्योगिक क्षेत्रमा छैनन् ।

अमेरिका निर्यात गर्दा भन्सार तिर्नु नपर्ने वस्तुमा सुती कपडा, मानव निर्मित रेशाबाट उत्पादित कपडा, उनी कपडा, ती कपडाबाट निर्मित तयारी पोसाक, कार्पेट, छालाको झोला, सुटकेस लगायत छन् । नेपालले शून्य भन्सार सुविधा २०२५ डिसेम्बर ३१ सम्म पाउनेछ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस