काठमाडौं-भारतले 'पञ्चेश्वर विकास प्राधिकरण'मा दुई देशका पदाधिकारीको सेवा–सुविधा फरक–फरक हुनुपर्ने सर्त राखेपछि विवाद सुरु भएको छ । भारतीय अधिकारीले दोस्रो देशमा गएर काम गर्नुपर्ने भन्दै नेपालीको भन्दा सुविधा बढी हुनुपर्ने सर्त राखेपछि विवाद भएको हो।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण गर्न गठित प्राधिकरणमा नेपाल र भारतको बराबर लगानी छ । बराबर लगानीको संयुक्त संस्थामा तलब तथा सेवा–सुविधा बराबर हुनुपर्ने नेपाली पक्षले जोड दिँदै आएको छ ।
प्राधिकरणमा सुरुका तीन वर्ष नेपाली प्रमुख कार्यकारी अधिकृत र भारतीय सहायक प्रमुख कार्यकारी अधिकृत रहने प्रावधान छ । प्रमुखको भन्दा सहायकको सुविधा बढी तोक्ने हो भने व्यवस्थापनदेखि आयोजना निर्माणसम्म जटिल समस्या देखिने ऊर्जा मन्त्रालयका उच्च अधिकारीको धारणा छ ।
सहायक प्रमुख कार्यकारी अधिकृतसहित वित्तीय क्षेत्र हेर्ने कार्यकारी निर्देशक पनि भारतकै रहने प्रावधान छ । नेपाली अधिकारीको भन्दा भारतीयको शक्ति र स्रोत परिचालनमा बढी अधिकार भए डिपिआर भारतअनुकूल बन्ने र आयोजना निर्माणका हरेक पक्षमा नेपालको फितलो प्रस्तुति हुनेछ ।
संयुक्त कम्पनी भएकाले सेवा–सुविधा र सर्त समान हुनुपर्नेमा नेपालले जोड दिँदै आएको ऊर्जा मन्त्रालयका प्रवक्ता तथा नीति महाशाखा प्रमुख सञ्जय शर्माले बताए । 'बिहीबारदेखि 'गभर्निङ बडी'को बैठक छ, यसमा कुरा मिल्छ,' उनले सोमबार नागरिकसँग भने, 'उताका पदाधिकारीले सुविधा बढी पाउने भए त्यसले हामीलाई भार पर्नु हुँदैन ।'
भारतले चाहेमा संयुक्त बजेटमा आर्थिक भार नपर्ने गरी आफ्नातर्फबाट नियुक्त भएका पदाधिकारीलाई थप सुविधा दिन सक्ने शर्माले बताए । 'भारतीयका लागि नेपाल दोस्रो मुलुक हो, यहाँ काम गरेबापत थप सुविधा पाउनुपर्ने उताका अधिकारीको तर्क अन्यथा होइन,' उनले भने, 'भारतले चाह्यो भने छुट्टै सुविधा थपेर दिन सक्छ ।'
सुविधा र तलब तोक्ने विषयमा मन्त्रालयका सह–सचिव माधवप्रसाद गड्तौलाको संयोजकत्वमा कमिटी गटन गरिएको छ । उक्त कमिटिले सिफारिस गरेको सुविधा र सर्तका आधारमा गभर्निङ बडीको बैठकले अन्तिम निर्णय गर्नेछ ।
दुईपटकसम्म सरेको बैठक बिहीबार र शुक्रबार काठमाडौंमा हुनेछ । यसको अध्यक्षता नेपालका ऊर्जा सचिव र भारतका जलस्रोत सचिवले गर्नेछन् । बैठक सुविधा तोक्ने र भारतीय वापकोस कम्पनीले तयार गरिरहेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को समीक्षामा केन्द्रित हुने पञ्चेश्वरका आयोजना प्रमुख नविनराज सिंहले बताए ।
सुविधामा मत बाझिएपछि यसअघि नै बस्ने भनिएको प्राधिकरण 'गभर्निङ बडी'को तेस्रो बैठक दुईपटकसम्म सरेको मन्त्रालयका अधिकारी बताउँछन् । विशेष कारण देखाउँदै सहभागी हुन नसक्ने जानकारी दिएपछि पुस ७ र ८ मा तय भएको बैठक माघ २० र २१ तोकिएको थियो । माघमा पनि भारतले नै बैठक सार्न भनेको थियो ।
कार्यकारी समितिलाई पूर्णता दिने, डिपिआर समीक्षा, तलब तथा सुविधा तोक्नेलगायत एजेन्डा तय गरिएको छ । बैठकमा प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृतबीच वित्तीय स्रोत परिचालनको अधिकार बाँडफाँटबारे विशेष छलफल हुनेछ ।
स्रोत परिचालनमा कसको बढी अधिकार हुने भन्नेमा पनि विवाद रहेको पञ्चेश्वर अधिकारी बताउँछन् । पञ्चेश्वर आयोजनाका अनुसार आर्थिक वर्ष २०१६ को बजेट पारित गर्ने, सम्पत्ति र दायित्व, जग्गालगायत प्राधिकरणमा हस्तान्तरण गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।
प्राधिकरणमा दुई देशका तर्फबाट ४–४ अधिकारी रहने प्रावधान छ । सोही प्रावधानअनुसार नेपालले प्रमुख कार्यकारी अधिकृतसहित कानुन, व्यवस्थापन र वातावरण हेर्ने कार्यकारी निर्देशक नियुक्त गरिसकेको छ । तर, भारतले आफ्नो तर्फबाट अझैसम्म वित्त र पुनर्बास तथा पुनस्र्थापना हेर्ने कार्यकारी निर्देशक पठाएको छैन ।
महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ साल माघ २९ गते दुई सरकारबीच महाकाली सन्धि भएको थियो । पञ्चेश्वरमा भारतको चासो बढी भएकाले नेपालको मात्र प्रयासले आयोजना निर्माण सम्भव थिएन ।
आयोजना नेपालभन्दा भारतले चाहेको खण्डमा मात्र निर्माण हुने यस क्षेत्रका जानकारले बताउँदै आएका छन् । २०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक काम पूरा गरेर एक वर्षभित्र निर्माण सुरु हुने उद्घोष गरेपछि प्रक्रिया अघि बढेको थियो ।
गभर्निङ बडीको दिल्लीमा भएको दोस्रो बैठकले वापकोस लिमिटेडलाई ६ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने जिम्मा पनि दिएको थियो । दुई देशले छुट्टा–छुट्टै तयार पारेको डिपिआर अद्यावधिक गर्दै पूर्णता दिने जिम्मा पाएको कम्पनीले गत भदौ दोस्रो सातामै काम सक्नुपथ्र्यो । तर, तीन महिना समय थप गरेर पनि उसले अझै काम सकेको छैन । तोकिएको काम नसकेकाले थप समय मागेको र समय थपिँदैछ ।
आयोजनाको कार्यविधि दुवै सचिवस्तरीय बैठकले सन् २००९ मै पारित गरेको थियो, तर दुवै सरकारबाट अनुमोदन हुन झन्डै पाँच वर्ष लाग्यो । पानी उपयोग र क्षमता निर्धारणबारे विवाद हुँदै आएकाले पनि लामो समयदेखि संयुक्त डिपिआर बन्न सकेको थिएन ।
स्थायी ड्याम रुपालीगाढमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रि–रेगुलेटिङ ड्यामबाट थप २ सय ४० मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ ।
पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडीमा) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड छ । उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समानरुपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ । नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार सात सय २० मेगावाट र भारतीय अध्ययनले यसको क्षमता पाँच हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ।