काठमाडाैं-नाकाबन्दी खुलेपछि ग्यास सहज हुन्छ भन्ने ठानेका उपभोक्तालार्इ 'माछो, माछो भ्यागुतो' भनेजस्तै भएको छ। सर्वसधारणले ग्यासको अभाव अझै केही महिना झेल्नु पर्ने देखिएको छ। करिब पाँच महिना लामो नाकाबन्दी भोगेका सर्वसाधारणले माघको अन्तिम साता नाका खुलेपछि ग्यासमै खाना पकाएर खान पाइएला भन्ने सोचेका थिए। खासगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका सर्वसाधारणले १५ रुपैयाँ किलो दाउरा किन्ने दुःख अब त हट्ला भन्ने सोचेका थिए। तर, त्यस्तो हुने देखिएन।
पटक पटकको निर्देशनलाई बेवास्ता गर्दै आएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई र प्रवक्ता मुकुन्दप्रसाद घिमिरेलगायतका अधिकारीलाई बोलाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ग्यास र इन्धन वितरण दुई दिनभित्रै सहज बनाउन कडा चेतावनी दियो। त्यसको भोलिपल्टै सोमबार आपूर्ति मन्त्रालयमा मन्त्री गणेशमान पुन आफैले निगमअधिकारीसमेतलाई राखेर पत्रकार सम्मेलन गरे। र, तेल तथा ग्यासमा लगाउँदै आएको परिमाणात्मक कोटा हटाएको बताए। आफूलाई चाहिए जति इन्धन र भरी सिलिण्डर ग्यास वितरण गर्न र किन्न सर्वसाधारणलाई उनीहरुले आग्रह गरे। सञ्चार माध्यमहरुले उनीहरुको आग्रहअनुसार नै मंगलबारदेखि भरी सिलिन्डर ग्यास र चाहिएजति तेल पाइने समाचार प्रसारण गरे। तर, मंगलबार बिहानैदेखि पेट्रोल पम्प र ग्यास डिपोहरुमा पुग्ने सर्वसाधारणले न भने जति तेल पाए न त ग्यास डिपोहरुको सटर नै खुल्यो।
'पत्रकार सम्मेलन गरेर भ्रम छर्नु साटो नेपाल आयल निगमले भारतीय आयल निगमसँग समन्वय गरेर आयात बढाए त अभाव हट्ने थियो,' एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष शिव घिमिरेले भने, 'दैनिक १ हजार मेट्रिक टन ग्यासको माग रहेकोमा आइओसीबाट भने दैनिक ६ सय ६६ मेट्रिक टनको हाराहारीमा ग्यास आइरहेको छ। भरी सिलिन्डर ग्यास बाँड्ने भन्दैमा आइओसीले दिने लोड त बढ्दैन नी।'
ग्यासको माग र आपूर्ति कति छ ?
नेपालमा सञ्चालनमा रहको ५३ ओटा उद्योगको कुल मिलाएर करिब ६५ लाख सिलिण्डर रहेको छ। यी सबै सिलिन्डर भर्न कुल ९२ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ। यसमध्ये जाडो महिनाको मासिक माग ३० हजार मेट्रिक टन छ। जाडोमा ग्यास गिजरलगायत पानी तताउने कार्यमा पनि ग्यास बढी खपत हुने भएकोले माग बढ्ने गरेको छ। तर, गर्मी महिनामा मासिक २२ हजार मेट्रिन टन ग्यासको माग हुने गरेको छ।
हालको मासिक माग ३० हजार मेट्रिक टनबाहेक सबै सिलिन्डर भर्न करिब ६२ हजार मेट्रिक टन थप ग्यास आवश्यक पर्ने देखिन्छ। तर, नेपाल आयल निगमले हाल आइओसीबाट दैनिक ४५ देखि ५० बुलेट ग्यास भित्रिरहेको छ। एउटा बुलेट ग्यासले करिब १२ सय ५० सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास भर्न पुग्छ। यस हिसाबले एक बुलेटमा करिब १७ दशमलव ७५ मेट्रिक टन ग्यास आयात हुन्छ। ५० ओटा बुलेटमा दैनिक ८ सय ८७ दशमलव ५ मेट्रिक टन ग्यास हाल भारतबाट नेपाल भित्रिरहेको छ।
यसमा पनि महिनामा करिब २३ दिन मात्रै आईओसीबाट लोलिङ हुने गरेको छ। यस हिसाबले महिनामा २० हजार ४ सय १२ मेट्रिक टन ग्यास नेपाल आयात भइरहेको छ भने माग ३० हजार मेट्रिक टनभन्दा बढी छ। यस्तो अवस्थामा ग्यास सहज हुने सम्भावना देखिँदैन। नाकाबन्दीको समयमा व्यवसायीहरुले आफूसँग भएका सबै सिलिन्डर बेचेको र खाली सिलिन्डर उद्योगमा स्टक नराखेकोले पनि ग्यासको माग बढेको केही व्यवसायीहरु बताउँछन्।
सहज हुन के गर्नुपर्छ ?
मासिक मागपूर्ति गर्नैका लागि दैनिक १ हजार मेट्रिक टनका दरले ३० दिनै ग्यास आयात हुनुपर्छ। यदि बिदाका दिनहरुमा आइओसीले लोड नगर्ने हो भने पनि अन्य लोड गरिएका दिनमा हजार मेट्रिक टनभन्दा बढी गयास लोड हुनुपर्छ। मासिक ३० हजार मेट्रिक टनको नियमित माग धान्नकै लागि मात्र पनि महिनामा १ हजार ६ सय ९० बुलेट ग्यास आयात हुनुपर्छ भने दैनिक करिब ५६ बुलेट ग्यास आयात हुनुपर्छ। यसबाहेक उद्योगीले नाकाबन्दीका समयमा बिक्री गरेका बाँकी सिलिन्डर भर्न मासिक थप ६२ हजार मेट्रिक टन ग्यास चाहिन्छ। यसलाई मासिक २० हजारका दरले ३ महिनाभित्र ल्याएर आपूर्ति सहज बनाउने हो भने मासिक १ हजार १ सय २६ बुलेट अर्थात् दैनिक ३७ बुलेट थप ग्यास आयात गर्नुपर्छ। अर्थात् दैनिक करिब ९३ बुलेट ग्यास आयात भएमा अबको ३ महिनाभित्र ग्यासको आपूर्ति सहज हुने देखिन्छ। तर हाल कुल माग अर्थात ९३ बुलेट मध्ये ४० देखि ५० बुलेट अर्थात् ४० देखि ५० प्रतिशत मात्र ग्यास भित्रिएकोले आपूर्ति सहज हुन सकेको छैन।
अर्कोतर्फ हाल औसत नेपालीको घरमा दुई वा दुईभन्दा बढी १० ओटा सिलिन्डरसम्म पनि स्टक गर्ने चलन छ। आफूसँग भएका सबै सिलिण्डर भरेर पुनः स्टक गर्न नखोज्ने हो भने पनि देखिएको माग कम हुन्छ। अर्काे तर्फ नेपालमा ग्यास सिलण्डरकाे माग बमाेजिम नयाँ सिलिण्डर बेच्ने दिने नीति पनि अावश्यक छ।
मागअनुसार ग्यास आयात किन बढाइएन ?
नेपाल आयल निगमले नेपाली ग्यास उद्योगहरुले भाडामा व्यवस्था गरेका भारतीय निजी कम्पनीका बुलेटहरुमार्फत नेपालमा ग्यास आयात गर्दै आएको छ। 'हामी थप ग्यास ल्याउन बुलेटको व्यवस्था गर्न सक्छौं,' अध्यक्ष घिमिरे भन्छन्। तर, आइओसीले नै नेपाललाई ग्यास लोड कम दिएकोले हालसम्म समस्या देखिएको आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले बताए। 'आइओसीले नै कम लोड दियो,' सुवेदीले भने, 'तर बढाउँदै लगेको छ, अहिले दैनिक ५० बुलेटभन्दा बढी लोड दिन थालेको छ। यसभन्दा पनि बढाउँदै लाने छ।'
बुलेट कम्पनीहरुलाई दिने भाडासहितको ग्यासको मूल्य व्यवसायीले आयल निगमलाई भूक्तानी गरेपछि निगमले ग्यास आयात गर्ने प्रक्रिया छ। आइओसीबाट लोडिङ बढाउने हो भने व्यवसायीहरुले ग्यास आयातका लागि थप बुलेटहरुको व्यवस्था गर्ने बताउँदै आएका छन् । तर, निगमले आयात नै बढाउने सक्रिय पहल लिन सकेको देखिँदैन।
भारतमा कार्तिक महिनाको अन्तिम देखि चिसो बढ्ने र शीतलहर चल्ने हुनाले ग्यासको उत्पादन नै कम हुने गर्दछ। र, आइओसीले लोड पनि कम दिने गर्छ । त्यसबेलामा नेपालमा भने ग्यासको माग बढ्छ र अभाव देखिने गर्छ। तर, चैत महिनादेखि गर्मीका करिब ५ महिना नेपालमा ग्यासको माग कम हुन्छ। र, भारतबाट उही परिमाणमा आयात हुँदा पनि ग्यासको आपूर्ति सहज देखिने गरेको विगत वर्षहरुको अनुभव छ । तर, यस वर्ष नाकाबन्दीका कारण अवस्था फेरिएकोले ग्यास सहज हुन थप ३ महिना लाग्ने देखिन्छ ।
ढुवानी रोक्ने बुलेट कम्पनीको चेतावनी
एनओसीका लागि ग्यास ढुवानी गर्ने बुलेट कम्पनीहरुले नाकाबन्दीको समयमा ग्यास बोकेर उभिनु पर्दाको लागत रकम पूर्तिका लागि डिटेन्सन तथा डिमरेज चार्ज र रिरुटिङ चार्ज माग गर्दै आएका छन्। नाकाबन्दीका समयमा जाममा परेको दिनको हिसाबले चार्ज दिन र रिरुट गरेर अन्य नाकाबाट भिœयाउँदा भएको खर्च पनि उनीहरुले माग गरेर नेपाल आयल निगमसमक्ष पत्र पठाएका छन् । करिब ३ सय ७५ ओटा बुलेटले १५ दिनभित्र यस्तो चार्ज दिन करिब एक साताअघि निगमलाई पत्र पठाएको छ । चार्ज नदिए ढुवानी रोक्नेसम्मको चेतावनी उनीहरुको छ।
कहाँबाट आउँछ र कहाँ भरिन्छ ग्यास ?
आईओसीका बरौनी, हल्दिया, मथुरा, विशाखापट्टनम र पानीपथ गरी भारतका ५ ओटा डिपोहरुबाट ग्यास आयात हुने गरेको छ। नेपालमा खास गरी बरौनी र हल्दिया डिपोबाट बढी ग्यास आयात हुन्छ । र, यही ठाउँबाट आउने ग्यास काठमाडौं उपत्यकालगायत मध्ये नेपालमा बिक्री वितरण हुने गर्दछ। मथुरा डिपोको ग्यास पश्चिम नेपालमा बिक्रिवितरण हुन्छ । विशाखापट्टनम र पानीपथबाट कमै मात्रामा ग्यास आउँछ ।
काठमाडौं उपत्यकामा आपूर्ति हुने ग्यास खास गरी धादिङको नौविसे कोरिडोरमा रहेका करिब १५ ओटा, बनेपामा रहेका, चितवन, नवलपरासी, हेटौंडा र वीरगन्जलगायत ठाउँका उद्योगबाट ग्यास आउने गरेको छ। केही ग्यास उद्योग उपत्यकाभित्रै पनि सञ्चालनमा छन् । आईओसीबाट आउने ग्यास ग्यास उद्योगमा रहेको बुलेटमा खन्याउने गरिन्छ। र, त्यही ग्यास सिलिन्डरमा भरेर उद्योगहरुले आफ्नो डिपोकहाँ पुर्याउँछन् र डिपोले वितरण गर्ने चलन छ । तर, नाकाबन्दीको समयमा उद्योगहरुले डिपोकहाँ ग्यास पु¥याउन ढुवानीको व्यवस्था गर्न नसकेको भन्दै डिपोहरुलाई नै उद्योगमै बोलाएर ग्यास विरतण गर्न थालेका थिए।
यसले ढुवानी लागत बढेकोले आधा सिलिन्डर ग्यासको करिब ७ सय ४० रुपैयाँ पर्नेमा १ हजारसम्म पनि लिने गरेका थिए। उद्योगीहरुले भने आफूहरुले भाडावापतको रकम डिपोलाई फिर्ता दिने गरेकोले ग्यासको मूल्य नबढ्नु पर्ने बताइरहँदा वितरकहरु भने उद्योगीले आफूहरुको लागत बढाइएको बताउँदै आएका थिए।