काठमाडौं- नेपालबाट निर्यात हुने वस्तुमध्ये छालाका जुत्ता तथा चप्पलमा आत्मनिर्भर हुन कच्चा पदार्थ र प्रविधिमा सुधार गर्नुपर्ने व्यवसायीले बताएका छन्। दक्ष जनशक्ति, प्रविधि र कच्चा पदार्थमा विदेशको भर पर्नु परेको भन्दै व्यवसायीले यसमा सरकारले सघाउनुपर्ने बताए।आत्मनिर्भर बाटोमा रहेका नेपाली छाला जुत्ता–चप्पलले स्वदेशी मागको झन्डै ६५ प्रतिशत पूरा गरेका छन्। बाँकी जुत्ता–चप्पल आयात हुने गरेको छ। विश्व बजार खुला भएकाले आयात पूरै प्रतिस्थापन गर्न सम्भव नभए पनि घरेलु माग धान्ने जुत्ता स्वदेशमै उत्पादन हुने व्यवसायी बताउँछन्।
'स्वदेशमा चाहिने जुत्ता–चप्पल यहीँ उत्पादन हुन्छ,' नेपाल छालाजुत्ता उत्पादक संघका अध्यक्ष जीवन नेपाली भन्छन्, 'निर्यात पनि भइरहेको छ।' पछिल्लो समय जुत्ता–चप्पल उत्पादनसँगै यसलाई चाहिने कच्चा पदार्थ पनि तयार हुँदै गएकाले केही वर्षभित्रै छाला जुत्ता–चप्पलमा आत्मनिर्भर हुने व्यवसायीको भनाइ छ।
'जुत्ता–चप्पल उद्योगसँगै यिनलाई चाहिने सहायक कच्चा पदार्थ उत्पादन गर्ने उद्योग पनि स्थापना हुँदैछन्,' छालाजुत्ता व्यवसायीको अर्को संघ छालाजुत्ता तथा वस्तु उत्पादक संघ, नेपालका अध्यक्ष होमनाथ उपाध्यायले भने, 'राजनीतिक स्थिरता भयो भने छिट्टै नै हामी आत्मनिर्भर हुन्छौं।'
स्वदेशी जुत्ता–चप्पल निर्यात पनि बढ्दै गएको छ। नेपालबाट खासगरी किरण सुज म्यानुफ्याक्चरको गोल्डस्टार जुत्ता निर्यात भइरहेको छ। उपाध्यायका अनुसार यो जुत्ता वार्षिक एक अर्ब रुपैयाँको भारत लगायत देशमा निर्यात भइरहेको छ। 'छालाका जुत्ता–चप्पल निर्यातको लागि हामीले अझै केही मेहनत गर्नुपर्ने देखिन्छ,' उपाध्यायले भने, 'डिजाइनिङ र लुक्समा ध्यान दिन जरुरी छ।' जुत्तासँगै छालाबाट बनेका ज्याकेट, पर्स, ब्याग, फेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन्। नेपाली जुत्ता–चप्पल भारत, चीन, भुटान लगायत देशमा निर्यात भइरहेका छन्।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७१/७२ मा दुई अर्ब ३६ करोड ३१ लाख रुपैयाँ बराबरको 'फुटवेयर' निर्यात भएको तथ्यांक छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा ८५ करोड ९१ लाख रुपैयाँको फुटवेयर निर्यात भएको छ। अघिल्लो वर्ष सो अवधिमा एक अर्ब ३३ करोड ८८ लाख रुपैयाँको निर्यात भएको थियो। यस वर्ष भूकम्प र भारतको नाकाबन्दीले आयात–निर्यात ठप्पप्रायः भएकाले निर्यात घटेको देखिन्छ।
घरेलु उत्पादन स्वदेशी मागको ६५ प्रतिशत धानिरहेको छ। ठूलो संख्यामा नेपाली जुत्ता निर्यात हुने गरे पनि छालाका उच्चस्तरीय केही जुत्ताको माग पूरा गर्न नसकेको उपाध्यायले बताए। बजार भाग सबै पूरा गर्न अझ बाँकी छ,' उनले भने, 'बजारमा खोजिने उच्च डिजाइनिङ, लेडिज जुत्ता–चप्पलको माग आयातितले पूरा गरिरहेको छ।'
पछिल्लो समय जुत्ता–चप्पल बनाउन चाहिने केही कच्चा पदार्थ नेपालमै उत्पादन हुनथालेका छन्। जुत्ता बनाउन चाहिने ३–४ थरी सोलमध्ये पिभिसी, पियू सोल नेपालमै बन्न थालेका हुन्। जुत्तामा सबैभन्दा धेरै प्रयोग हुने पियू सोल उत्पादन गर्ने उद्योग नेपालमै खुलेको उपाध्यायले बताए। जुत्ता प्याक गर्ने बक्स र जुत्तामा प्रयोग गरिने कटन क्यानभास स्वदेशी प्रयोग गर्न थालिएको छ।
जुत्ता–चप्पल बनाउन ३० देखि ३५ प्रकारका कच्चा पदार्थ चाहिन्छ। त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ नेपालमा पाइने र अरु सबै बाहिरबाट ल्याउनुपर्ने नेपालीले जानकारी गराए।
कच्चा पदार्थ, प्रविधि र जनशक्तिको दक्षता बढाउने हो भने नेपाली जुत्ता–चप्पल उद्योगले ठूलो फड्को मार्ने व्यवसायी बताउँछन्। जुत्ता–चप्पल बनाउने छाला, सोल, केमिकल लगायत कच्चा पदार्थ भारत, पाकिस्तान, चीनबाट ल्याइन्छ। उच्चस्तरका कच्चा छाला प्रशोधन मेसिन, डिजाइनिङ प्रविधिलाई उद्योगी र सरकारले प्राथमिकतामा राख्नुपर्ने व्यवसायीको भनाइ छ। 'आधुनिक मेसिन, छाला प्रशोधन गर्ने ठूला मेसिन स्थापना गर्न ठूलो लगानी गर्न सक्ने अवस्था छैन,' नेपालीले भने, 'यस क्षेत्रमा सरकारले पहल गर्नुपर्छ।'
जुत्ता–चप्पल उत्पादन गर्ने दक्ष जनशक्तिको पनि अभाव भएको व्यवसायीको भनाइ छ। दक्ष जनशक्ति उत्पादन गर्ने संस्कार र तालिमको व्यवस्था नहुँदा धेरै जनशक्ति बाहिरबाट ल्याउनुपरेको छ। डिजाइनिङ लगायत मुख्य कामको लागि भारत, बंगलादेशबाट दक्ष जनशक्ति आउँछन्।
उपाध्यायका अनुसार देशभरमा हाल छालाजुत्ता तथा चप्पलका झन्डै दुई हजार उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगले प्रत्यक्ष रुपमा एक लाख ५० हजारलाई रोजगारी दिएका छन्। यस क्षेत्रमा १५ अर्ब रुपैयाँ लगानी भएको र वार्षिक ३० अर्ब रुपैयाँको कारोबार भइरहेको उपाध्यायले बताए। त्यसमध्ये आठ सय ५० घरेलु उद्योगमा र दुई सय ५० उद्योग कम्पनी राजिस्ट्रार कार्यालयमा दर्ता भएका छन्। झन्डै पाँच सय हाराहारीले घरघरमा स–साना जुत्ता–चप्पल उत्पादन गरिरहेका छन्।