काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतबाट मुजफ्फरपुर–ढल्केबर क्रसबोर्डर ट्रान्समिशन लाईनमार्फत बिहीबार ३० मेगावाट विद्युत् अयात गरिरहेको छ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाईन निर्माण सम्झौता र नेपाल–भारत ऊर्जा व्यापार सम्झौता(पिटिए)कै प्रावधान अनुसार भारतले नेपालमा निर्यात गर्ने विद्युत्को परीक्षणका रुपमा उक्त विद्युत् अयात गरिएको प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए।
‘बुधबार साँझबाट भारतबाट परीक्षणका रुपमा भारतबाट १५ मेगावाट विद्युत् आयात शुरु भएको थियो,’ उनले भने, ‘तर हाम्रो आग्रहलाई स्वीकार्दै भारतले बिहीबार १ बजेदेखि ५ बजेसम्मका लागि ३० मेगावाट विद्युत् पठाइरहेको छ।’ हालै निर्माण पूरा भएको उच्च (१२ सय मेगावाट आयात निर्यात) क्षमताको उक्त लाइनका लागि ढल्केबरमा बनाइनु पर्ने सब स्टेशन निर्माण नहुँदा १३२ केभी क्षमताकै लाइनबाट विद्युत् आयात शुरु गरिएको छ।
उक्त लाईन निर्माण पूरा हुनासाथ भारतबाट करिब १ सय ६० मेगावाट विद्युत् अयात गर्नु पर्ने सम्झौता यस लाईन निर्माणताका नै भएको थियो। तर, उक्त क्षमतामा सब स्टेशन निर्माण नहुँदा १३२ केभीकै कन्डक्टरमार्फत तत्कालका लागि ८० मेगावाट विद्युत् आयात गर्ने सहमति केही दिनअघि मात्र काठमाडौंमा सम्पन्न नेपाल भारत सचिवस्तरीय बैठकले निर्णय गरेको थियो।
बिहीबार साँझ ५ बजेसम्मका लागि ३० मेगावाट आयात भएको भए पनि परीक्षणका रुपमा भएकोले उक्त परिमाण घट्न सक्ने क्षेत्रीको भनाई छ। परीक्षण सफल भई व्यवसायीक आयात शुरुभएपछि मात्र हालको लोडसेडिङ केही मात्रामा कम गर्न सकिने उनको भनाइ छ। हाल अायात भएकाे विद्युत् पूर्व क्षेत्रमै खपत भइरहेकाे उनले बताए।