काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति माग गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए।
'भ्यालेन्टाइनमा परिषद्ले कुनै औपचारिक कार्यक्रम राखेको छैन । यहाँका व्यवसायीहरुले आ–आफ्नोतर्फबाट पर्यटकले प्रेम साटासाट गरेर रमाउन सक्ने व्यवस्था मिउँछन्,' उनले भने, 'साविक भन्दा राती २ घण्टा बढी समय व्यवसायी सञ्चालन गर्ने गरी अनुमति लिने तयारी भइरहेको छ।' हाल ठमेलका पर्यटकीय होटल, बार, डिस्कोजस्ता व्यवसाय राती २ बजेसम्म खोल्न पाउने व्यवस्था छ। यीबाहेकका अन्य व्यवसाय भने राती १२ बजेसम्म खोल्ने गरिएको छ। परिषद्ले २ घण्टा बढी खोल्न पाउने अनुमति पाए डिस्को, बार तथा होटलहरु बिहान ४ बजेसम्म खुल्छन् भने यसबाहेका व्यवसाय राती २ बजेसम्म खुल्छन्।
प्रणय दिवसका दिन ठमेल क्षेत्रमा रहने पर्यटकहरुको खुसियालीका लागि कतिपय व्यवसायीहरुले आफूकहाँ रहने पर्यटकलाई गुलाबको फूल उपहार दिने गरेको पनि उनले बताए। 'यहाँ सञ्चालित व्यवसायीहरुले आफ्ना पर्यटकलाई खुसी राख्न आफ्नैतर्फबाट गुलाबको फूल उपहार दिने व्यवस्था पनि कतिपयले गर्दछन्,' उनले भने।
चौविसै घण्टा खोल्ने नीति कार्यान्वय हुन सकेन
गत जनवरी १ अर्थात २०१६ को नयाँ वर्षको पूर्वसन्ध्या(न्यू इयर इभ) देखि नै ठमेललाई चौविसै घण्टा खोल्ने तयारी गरिएको भए पनि त्यस क्षेत्रका स्थानीय बासिन्दा तथा महिला अधिकारकर्मीहरुको दबाबमा जिल्ला प्रशासन काठमाडौंले सुरक्षाको कारण देखाउँदै उक्त अनुमति बदर गरेको थियो। 'सुरक्षाको दृष्टिले आवश्यक पूर्वाधारको व्यवस्था गरिसकेपछि मात्रै खोल्न दिने भन्दै प्रशासनले चौविसै घण्टा खोल्ने अनुमति दिएन,' थपलियाले भने, 'पूर्वाधार सबैजसो पुगिसकेको छ । प्रशासनले सुरक्षा दिए यस पर्यटकीय क्षेत्रलाई पूर्णतया व्यवसायीक बनाउने गरी चौबिसै घण्टा व्यवसाय खोल्न सकिने थियो।'
थपलियाका अनुसार हाल ठमेलमा सञ्चालित होटल, बार, रेष्टुरेन्ट, डिस्कोलगायत पसल व्यवसायले आफ्नो अगाडिको परिसरमा आफैले बत्ति तथा सीसी क्यामेराको व्यवस्था गरेका छन्। ठमेल चौबिसै घण्टा खोल्नका लागि आफ्नो व्यवसायभन्दा बाहिरको सडक प्रयोजनका लागि प्रयोग गरिएको क्यामेराहरु प्रहरीले अनुगमन गर्ने गरी व्यवसायीले हस्तान्तरण गर्न सकिने उनले बताए।
ठमेल क्षेत्रमा रहेका आवासीय घरहरुलाई व्यवसायीक प्रयोजनमा लगाई त्यस आवास प्रयोजनका लागि अन्य क्षेत्रको व्यवस्था गर्न सकिए चौविसै घण्टा ठमेल खोल्दा स्थानीयलाई पनि कुनै अप्ठेरो नरहने उनले बताए।