काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

उक्त प्रसारणलाइन परीक्षणका रुपमा भारतले फागुन १ गते देखि नेपालमा विद्यूत् पठाउने भए पनि व्यवसायिक आयातका लागि भने विद्युत्को मूल्य निर्धारण भईनसकेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।
'परराष्ट्र मन्त्रालयमार्फत विद्युत्को मूल्य निर्धारणका विषमा भारत सरकारको सम्बिन्धत निकायसँग छलफल चलिरहेको छ,' नागरिक न्युजसँग उनले भने, 'केही दिनमै मूल्य पनि टुङ्गो लाग्छ। पूर्वनिर्धारित कार्य तालिका अनुसार फेब्रुअरी १६ तारिक(फागुन ४)गतेबाट व्यवसायिक आयात शुरु गर्ने सहमति थियो।' उनका अनुसार उक्त विद्युत् भारतले ८ रुपैयाँ ८० पैसा प्रतियुनिटमा किन्न नेपाललाई प्रस्ताव गरेको छ। तर, प्राधिकरणले भने यो मूल्यमा पुनर्विचार गर्न मन्त्रालयमार्फत पत्राचार गरेको छ। फागुन १ गते गरिने परीक्षण आयातमा यस लाइनमा कुनै समस्या नदेखिए फागुन ४ बाटै व्यवसायिक आयात शुरु गर्न सकिने छ।
१ सय ३२ केभीको कन्डक्टरमार्फत ल्याउन लागिएको ८० मेगावाट विद्युत्ले हाल नेपालमा कायम रहेको लोडसेडिङलाई केही कमगर्न सहयोग पुग्ने छ। यस लाइन निर्माण पूरा भएपछि नेपालले भारतबाट १ सय ६० मेगावाट विद्युत् आयात गर्नै पर्ने प्रावधान सम्झौताका बखत राखिएको भए पनि हाल उक्त क्षमतामा विद्युत् आयात गर्न ढल्केबरमा निर्माण गर्नुपर्ने सब स्टेशन नै निर्माण पूरा हुन सकेको छैन।
प्रशारण लाइनको लम्बाई नेपालतर्फ करिब ४१ दशमलव ५ किलोमिटर र भारततर्फ ८८ किलोमिटर छ । भारतले पनि आफ्नो भूमिमा पर्ने प्रसारण लाइन निर्माणको काम सकिसकेको छ। नेपालखण्डको लाइन निर्माणका लागि एक्जीम बैङ्कले पिटिसिएनलाई ऋण सहयोग उपलब्ध गराएको छ। ४ सय केभिए क्षमतासम्मको कण्डक्टर जडान गरी करिब १ हजार २ सय मेगावाटसम्म उक्त लाइनबाट विद्युत् आयात–निर्यात गर्न सकिन्छ। नेपालमा भारतीय लगानीमा निर्माण हुन लागेका ठूला जलविद्युत् आयोजनाहरुले विद्युत् उत्पादन शुरु गरेपछि नेपाललाई बढी हुन सक्ने विद्युत् यो र यस्तै ठूला लाइनमार्फत निर्यात गर्ने तयारी अवधारणा छ।
यस अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सम्पन्न गर्न द्विदेशीय सहमतिमा वि.सं. २०६४ भदौमा नेपालले पावर ट्रान्समिसन कम्पनी(पीटीसीएन) स्थापना गरेको हो । भारतले भने क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी(सीपीटीसी) स्थापना गरेको छ। पीटीसीएनमा नेपाल विद्युत् प्राधिकरणको ५० प्रतिशत, भातरको आईएल एण्ड एफएसको १० प्रतिशत भारतकै पावर ग्रिडको २६ प्रतिशत र नेपालको जलविद्युत् विकास तथा लगानी कम्पनीको १४ प्रतिशत शेयर स्वामित्व छ । र, सीपीटीसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।