काठमाडौं-निजी दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको सेयर स्वामित्व परिवर्तन र राजस्व असुलीका लागि गर्नुपर्ने आवश्यक व्यवस्थाका विषयमा ७ दिनभित्र धारणा पेस गर्न सोमबार दूर सञ्चार प्राधिकरणलाई परिपत्र गरिएको सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएका छन्।एनसेलको सेयर स्वामित्व परिवर्तनका विषयमा जानकारी लिन संसदको लेखा समितिले मंगलबार डाकेको बैठकमा उनले यस्तो बताएका हुन् ।
'नर्वेमा रहेको अन्तर्राष्ट्रिय कम्पनी टेलियासोनेराको एनसेलमा रहेको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गर्ने विषयमा दूर सञ्चार प्राधिकरणले मन्त्रालयलाई सिफारिस नगरेसम्म मन्त्रालयले कुनै कानुनी कारबाही अघि बढाउँदैन,' थपलियाले भने, 'सेयर स्वात्वि हस्तान्तरण गर्दा राज्यले पाउनुपर्ने राजस्व नगुम्ने गरी के व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा प्राधिकरणलाई आफ्नो धारणा सात दिनभित्र मन्त्रालयमा पेस गर्न हामीले भनेका छौं ।' मन्त्रालयलाई औपचारिक जानकारी नै नदिई एनसेलले विदेशी कम्पनीको नाममा रहेको सेयर स्वामित्व अर्को विदेशी कम्पनी मलेसियाको एक्जिएटा कम्पनीलाई बिक्री गर्न लागेको र आफूहरुले पछिमात्रै जानकारी पाएको उनले समितिलाई जानकारी गराए ।
एनसेल सेयर स्वामित्व परिवर्तन विषयमा संसदलाई जानकारी गराउँदै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले २०७२ पुस ७ गते सेयर खरिदका लागि पूर्वादेश माग गर्दै मलेसियाको एक्जिएटा कम्पनीले विभागमा पत्राचार गरेपछि आफूहरुले यस विषयमा छलफल अघि बढाएको बताए । सामान्यतया पूर्वादेश माग गरिएको ४५ दिनभित्रमा जवाफ दिनुपर्ने कानुनी व्यवस्था रहेको भए पनि यस विषयले संसदका विभिन्न समितिमा छलफल चलिरहेकोले ४३ दिन हुँदासम्म विभागले जवाफ दिन नसकेको बताए । एउटा विदेशी कम्पनीसँग रहेको सेयर स्वामित्व अर्को विदेशी कम्पनीमा हस्तान्तरण गर्दा कर लाग्ने÷नलाग्ने नीतिगत स्पष्टता अवश्यक भएको उनले बताएका थिए । 'नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत ११ कारोबार भइसकेकाले ती उदाहरणलाई पनि हेर्नु आवश्यक हुन्छ,' उनले भने ।
नेपालमा सञ्चालित कम्पनीमा विदेशी सेयरधनीले विदेशकै कम्पनीलाई सेयर बेच्दा नेपालमा कर तिर्नु नपर्ने गरी भएको दोहोरो करमुक्ति सम्झौताका विषयमा पनि छलफल भइरहेको उनले बताए । महानिर्देशक शर्माले लगातार दुई वर्षदेखि सबैभन्दा बढी राजस्व तिर्ने करदाता कम्पनीको रुपमा एनसेल रहेको र सेयर बिक्रीबापतको लाभमा लाग्ने कर पनि एनसेलले तिर्नेमा आफू विश्वस्त रहेको बताए । सेवा सञ्चालन कालदेखि हालसम्म १ खर्ब १८ अर्ब राजस्व एनसेलले तिरिसकेको पनि उनले जानकारी गराए ।
पूर्व सञ्चारमन्त्रीसमेत रहेका सांसद मिनेन्द्र रिजालले स्वदेशी कम्पनीले करबाट उम्कन नसक्ने भएकोले विदेशी कम्पनीको नाममा ८० प्रतिशत सेयर स्वामित्व राखेर एनसेल प्रालि सञ्चालनमा ल्याइएको शंका गर्ने ठाउँ प्रसस्त रहेको बताए । '१० करोडबाट सुरु भएको कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्री हुन लागेको रहेछ, यो नेपाली जनताले तिरेकै शुल्कबाट बनेको पुँजी हो,' उनले भने, 'राज्यले नीतिगत वा कुनै पनि कमजोरीको बहानामा एक रुपैयाँ पनि कर गुमाउनु हुँदैन ।'
सांसद वीरेन्द्र महतोले एनसेलले स्वामित्व परिवर्तनका विषयमा विभिन्न निकायसँग पूर्वादेश मागिरहेको वा सिफारिस माग गरिरहेको तथा समन्वय गरिरहेकोले उसलाई बढी शंका गर्न नहुने बताए । 'सेयर स्वामित्व हस्तान्तरण भइसकेको पनि छैन,' उनले भने, 'एनसेलले कर तिर्दिन भनेको पनि छैन र सरकारले यसरी तिर भनेर भनेको पनि छैन । हावाको तालमा अनावश्यक शंका गरेर कहिले यो त कहिले त्यो समितिमा छलफल गर्नु र अनावश्यक शंका गर्नुले विदेशी लगानी नेपालमा आउन नदिने वातावरण बन्न जान्छ ।'