झापा-कतै कामै नभई ठेकेदारलाई रकम भुक्तानी अनि कतै काम भएको महिना दिन पनि नपुग्दै बनेको संरचना भत्किने समस्या । विकासे काममा देखिएका यस्ता चरम बेथिति झापामा झन्–झन् बढ्दै गएका छन्।राज्य कोषमार्फत विकास निर्माणका काममा खर्च हुने रकमको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण जिल्लाका केही विकास आयोजनाले छर्लंग पारिरहेका छन् ।
सामान्यतः विकास निर्माणको काममा त्यसको प्रगति विवरणअनुसार रकम भुक्तानी हुन्छ । तर, झापामा केही यस्ता योजना पनि भेटिएका छन्, जसको काम पटक्कै अघि बढेको छैन, तैपनि ठेकेदारले योजनाको अधिकांश बजेट सरकारी पक्षबाट हात पारिसकेका छन् । शान्तिनगरस्थित टिमाई खोलामा बन्ने भनिएको झोलुंगे पुलमा यस्तै गति भएको छ । दुई वर्षअघि निर्माण कार्य थालेको झोलुंगे पुल अलपत्र छ । दुई वर्षमा निर्माण सक्ने गरी अधिकारी निर्माण सेवा गोर्खालाई २८ लाखमा झोलुंगे पुल निर्माण गर्न ठेक्का दिइएको थियो । ०७१ असार मसान्तमै सक्नुपर्ने पुलमा खोलाको दुई भागमा सानो पिलर बनाउनुबाहेक केही काम भएको छैन ।
तर, योजनाको ७० प्रतिशतभन्दा बढी रकमचाहिँ ठेकेदारको खल्तीमा पुगिसकेको छ । जिल्ला प्राविधिक कार्यालय झापाका सब–इन्जिनियर उत्तमकुमार खरेलले २८ लाखको ठेक्कामा २० लाख रुपैयाँ भुक्तानी गरिसकिएको बताए । अबको ६ महिनामा काम सकिने दाबी उनले गरेका छन् । तर, कुनै काम नभई ठेकेदारलाई रकम दिइएकोबारे उनी मौन रहे । 'सरकारी पक्षले ठेकेदारलाई रकम भुक्तानी गर्दा कामको प्रगति विवरण अध्ययन गरेर मात्रै दिनुपर्छ,' पूर्वसरकारी अधिकारी सोमेस राउत भन्छन्, 'त्यसो नगर्दा रकम लिने अनि ठेकेदार बेपत्ता हुने समस्या छ । काम नभई रकम भुक्तानी हुनु भनेको कर्मचारी–ठेकेदारको मिलिभगत हो ।'
१० प्रतिशत पनि काम नभएको योजनाको ७० प्रतिशतभन्दा बढी रकम कसरी ठेकेदारले हात पारे भन्ने सबालमा स्थानीय पनि अचम्मित छन् । 'काम १० प्रतिशत पनि भएको छैन,' स्थानीयबासी ध्रुव लावती भन्छन्, 'तर, पैसाचाहिँ धेरै खर्च भइसकेछ । यसले हामी अचम्ममा परेका छौं ।' उनका अनुसार झोलुंगे पुल निर्माणनिम्ति पाँच कठ्ठा जग्गा उनले निःशुल्क उपलब्ध गराएका छन् । 'तीन वर्ष भइसक्यो, एक छेउ पनि बनेको छैन । अझै कति वर्ष लाग्ने हो,' लावतीले भने । उनका अनुसार ठेकेदार कम्पनीले फिल्डमा के गर्दै छ, कसो गर्दै छ, कति प्रगति भयो भन्नेबारे सरकारी पक्षले कुनै अनुगमनसमेत गरेको छैन ।
जिल्ला विकास समितिअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडकले उक्त आयोजना हेर्छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख सुशील श्रेष्ठका अनुसार पुलका लागि चाहिने स्टिलका सामग्री बुटवलबाट झापा समयमा नआइपुगेकाले ढिला भएको हो । यो आर्थिक वर्षमा सकिने उनको पनि दाबी छ । कार्यालय प्रमुख श्रेष्ठले दाबी गरेजस्तो अवस्था कार्यक्षेत्रमा चाहिँ छैन । त्यसो त देउनिया खोलामा पनि दुई वर्षमा सक्ने भन्दै थालिएको झोलुंगे पुल अलपत्रै छ ।
एकातिर कामै नगरी कर्मचारीसँगको मिलेमतोमा ठेकेदारले विकासको रकम कुम्ल्याउने अवसर पाइरहेका छन् भने अर्कातिर नागरिकको भविष्यसँग जोडिएको सडक निर्माणमा लापरबाही गरेर पनि उनीहरूले राज्यकोष लुटिरहेका छन् । उनीहरूको कमसल काम गराइलाई सरकारी कर्मचारीले देखेको नदेख्यै गरिदिएर परोक्ष सहयोग पु¥याइरहेका छन् ।
धेरैपटक मर्मतनिम्ति भन्दै ठूलो रकम खर्चिएको सडक हो, विर्तामोड–भद्रपुर सडकखण्ड । तर, यो सडकको सधैं बेहाल छ । मर्मत गरेको वर्षदिन नपुग्दै भत्किने समस्या यो सडकका लागि नयाँ होइन । विर्तामोडबाट गरामनी हुँदै चन्द्रगढी–भद्रपुर जोड्ने सडक निर्माणको जिम्मेवारी एशियाली विकास बैंक एडिबीले लिएको छ ।
सडकको केही खण्ड विस्तार गरिँदैछ । तर, कालोपत्रे गरिएकै खण्ड ठाउँ–ठाउँमा भत्किएपछि निर्माण तथा मर्मतमा भएको लापरबाही प्रष्ट देखिन्छ । विर्तामोडबाट सैनिकमोडसम्मको सडकमध्ये पाँच सय मिटर पूरै भत्किएको छ ।
त्यसैगरी, भद्रपुरको सगरमाथा चोकदेखि चन्द्रगढीको लेखनाथ चोकसम्मको सडक पनि ठाउँ–ठाउँमा भत्किएको छ । भद्रपुर–धुलाबारी जोड्ने सडकको झन्डै पाँच किलोमिटर क्षेत्र कालोपत्रे भएको तीन वर्ष पनि भएको छैन । बनेको दुई महिनादेखि नै भत्किन थालेको कालोपत्रे उप्किएर खाल्डैखाल्डा भइसकेको छ । त्यसपछि पनि मर्मतका नाममा धेरैपटक काम भइसकेको छ । तर, हालत भने जीर्ण छ ।
झापाका अधिकांश सडक क्षतविक्षत छन् । तर, सरकारी निकाय मुख ताकाताक गर्नमै व्यस्त छन् । सडक निर्माणजस्तो दीर्घकालीन महŒवको विकासको कार्यमा पनि लापरबाही भइरहेको छ । सडक डिभिजन कार्यालय जिम्मेवारी अर्कैको भएको बताउँछ । 'रणनीतिक सडक मात्रै हाम्रो जिम्मेवारीमा पर्छ,' डिभिजन सडक कार्यालय दमकका इन्जिनियर शम्भु आचार्य भन्छन्, 'बजेट विनियोजन भएको छ, केही स्थानमा काम पनि भइरहेको छ ।' इन्जिनियर आचार्यका अनुसार पूर्वमा काँकडभिट्टादेखि पश्चिममा मावा खोलासम्मको सडक डिभिजन सडक कार्यालयले हेर्ने गरेको छ । त्यसैगरी, दमकदेखि बेलडाँगी, पाडाजुंगीदेखि गौरीगन्ज, चारआली चिहानडाँडा र विर्तामोड–शनिश्चरे–बुधबारे सडकखण्ड डिभिजन कार्यालयको मातहतमा पर्ने उनले बताए ।
'स्थानीय सडक हामी हेर्दैनौं,' आचार्यले भने, 'हामीले हेर्ने सडक कहीं भत्केको छैन ।' तर, उनको दाबी विर्तामोड–शनिश्चरे–बुधबारे सडकखण्डको दुर्दशाले गलत साबित गरिदिन्छ । उक्त सडक मर्मत गर्न आवश्यक रहेको उनी पनि स्वीकार्छन् । 'हो, यसपटक त्यो सडक कालोपत्रे हुन्छ, भत्केको स्थानमा मर्मत पनि गरिन्छ,' आचार्यले भने, 'ठेक्का लागिसकेको छ ।'
विकासका कार्यमा सधैं कर्मचारीको मनपरी चल्ने गरेको छ । विकासनिम्ति छुट्याइएको रकम पनि घुस नदिई निकासा गर्न नमान्ने सम्बन्धित निकायका कर्मचारीको प्रवृत्तिका कारण उपभोक्ता समितिका पदाधिकारी आजित छन् ।
विकासे बजेटमा सेटिङ नमिले आर्थिक वर्षको अन्त्यमा मात्रै निकासा हुने गरेको छ । चालू आर्थिक वर्षमा सडकको विकास, विस्तार र मर्मत–सम्भारनिम्ति करोडौंको रकम विनियोजन गरिएको छ । जिविसले सडकका लागि मात्रै करिब दुई करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । तर, खर्च हुन बाँकी रहेको जिविस झापाले जनाएको छ ।
जिविसका एक अधिकृतले भने, 'एक करोड ४८ लाख ४७ हजार रुपैयाँ सडकका लागि खर्च भइसकेको छ ।' ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत उक्त रकम खर्च भएको हो । निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा अन्य विभिन्न स्रोतबाट आउने बजेट थपिने ती अधिकृतले बताए । त्यसैगरी, सडक डिभिजन कार्यालय दमकले पनि सडक सुधार र विस्तारनिम्ति बजेट विनियोजन गरिसकेको छ । 'साढे सात करोड रुपैयाँको बजेट विनियोजन भइसकेको छ,' इन्जिनियर आचार्यले भने, 'चाँडै काम सुरु हुन्छ ।'
सडक कार्यालय र जिल्ला विकास समितिको अभिलेखले जिल्लाका अधिकांश सडक पक्की र राम्रा हालतमा रहेको देखाउँछन् । तर, वास्तविकताचाहिँ ठीक उल्टो छ । 'बनाएको दुई÷चार महिनामै भत्किने सडक त जतिपटक बनाए पनि हुने भएछ,' झापा मेचीनगरका पूर्व जनप्रतिनिधि गोपाल बस्नेत भन्छन्, 'तर, पछिल्लो समयमा भइरहेका अधिकांश विकासे आयोजनामा लापरबाही भएको छ । वर्षदिनअघि कालोपत्रे भएका सडक धेरैजसो सद्दे हालतमा छैनन् । यो ज्यादै ठूलो लापरबाही हो ।'