काठमाडौं-सूचना र सञ्चारको विकास गर्न प्रविधि मुख्य आधार हो । सूचना र सञ्चारबाट प्रविधि छुट्ट्यायो भने सूचना र सञ्चारले प्रभावकारी काम गर्ला त ? पक्कै गर्दैन । तर पछिल्लो सरकारको कार्यशैलीले भने यी जोडिएका विषयलाई छुट्ट्याउँदै गएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई सूचना र सञ्चारसँग छुट्ट्याएर अर्कै मन्त्रालय बनाएका छन् ।
यस प्रवृत्तिलाई विज्ञहरूले सूचना, सञ्चार तथा प्रविधि (आइसिटी)को आई, सी र टीलाई छुट्टाछुट्टै राखेको जस्तै मान्छन् । 'प्रविधि र सूचना तथा सञ्चारलाई छुट्टै राख्नु भनेको आई, सी र टीलाई छुट्टाछुट्टै राख्नु जस्तै हो,' सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव कविराज खनालले भने, 'सूचना, सञ्चार तथा प्रविधि छुट्टै राख्ने विषय होइनन् ।'
एकै ठाउँ धेरै सुविधासहित प्रविधिको विकास भइरहेको बेला यसलाई नियमन गर्न बनेका निकाय भने फुट्दै गएका छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयबाट सरकारले प्रविधि झिकिदिएको छ । अब प्रविधिविना कसरी सूचना र सञ्चार चल्न सक्छ ! काम गर्ने प्रक्रियामा केही नीतिगत समस्या आउन सक्ने सम्बन्धित मन्त्रालयका अधिकारी बताउँछन् ।
अघिल्लो सरकारका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सूचना, सञ्चार र प्रविधिलाई छुट्ट्याउन नसकिने भन्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय बनाएका थिए । यसलाई सरोकारवालाले पनि स्वागत गरेका थिए । सूचना, सञ्चार र प्रविधिलाई एकै ठाउँमा राखेर विकास गर्ने भन्दै 'आइसिटी पोलिसी २०१५' समेत आइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा ल्याइएको 'आइसिटी पोलिसी' कार्यान्वयनमा भने आइसकेको छैन । यो पोलिसीको मर्म भनेकै सूचना, सञ्चार तथा प्रविधि एकै ठाउँमा रहनुपर्छ भन्ने हो ।
कार्यान्वयनमा आउन लागेको 'आइसिटी पोलिसी २०१५'ले प्रविधिलाई पनि यसैमा समेटेको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयअन्र्तगत रहेको आइसिटी पोलिसीमा प्रविधिलाई पनि समेट्ने भन्दै आइटी पोलिसी खारेज गरियो । 'अहिले प्रविधिलाई समेट्ने आइटी पोलिसी नै छैन,' नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने ।
विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको आइटी पोलिसी खारेज भएको र आइसिटी पोलिसी पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले नीतिगत समस्या आउन सक्ने निर्देशक खनालले बताए । दैनिक काममा धेरै असर नगर्ने तर कार्यक्रम तर्जुमा गर्दा केही अप्ठेरो पर्ने उनको भनाइ छ ।
'आइसिटी पोलिसीले सूचना र प्रविधिलाई समेटेको थियो,' विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको प्रविधि शाखाका निर्देशक सुवास ढकालले भने, 'आइसिटी पोलिसीविनाको नयाँ मन्त्रालय बनाउँदा केही नीतिगत समस्या आउने देखिन्छ तर यस विषयमा आधिकारिक निर्णय आइनसकेकाले कसरी अघि बढ्ने भन्ने निर्णय होला ।' आइसिटी पोलिसीअन्तर्गत रहेर केही काम भइरहेको बेला दुई मन्त्रालय हँुदा विज्ञान तथा प्रविधि मन्त्रालयको काममा केही बाधा हुन सक्ने उनले बताए । त्यसमाथि आइटी पोलिसीसमेत खारेज भइसकेको छ ।
आइसिटी पोलिसीअन्तर्गत रहेर सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र यसका विभिन्न निकायको काम गर्ने नीति बनेकाले प्रविधिलाई छुट्ट्याउँदा समन्वयको ठूलो खाँचो पर्ने दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । आधिकारिक निर्णय आइनसकेको बताउँदै उनले नेपाल सरकार अन्तर्गतका काम कर्तव्य हुने भएकाले समन्वयमा जोड दिनुपर्ने सुझाए । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय अन्तर्गत प्रमाणीकरण नियन्त्रकको कार्यालय, राष्ट्रिय सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र लगायत निकाय छन् । एउटै मन्त्रालयमा राखिएका यी निकायलाई पनि कता राख्ने भन्ने विषय उठेको छ ।
सरकारले आइटी क्षेत्रलाई गम्भीर रुपमा नलिएको कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष विनोद ढकालले भने । 'सरकारले आइटी क्षेत्रलाई फुटबल जस्तै खेलाएको छ,' मंगलबारको एक कार्यक्रममा विनोद ढकालले भने, 'कहिले एक मन्त्रालय त कहिले अर्को मन्त्रालय बनाएको छ ।'
मन्त्रालय टुक्र्याइरहने र निकायपिच्छे नीति–नियम बनाउँदै जाने गर्दा बनेका नीति पनि प्रभावकारी रुपमा लागू हुन सकेका छैनन् । सरकारले दुई मन्त्रालयबाट सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा ६ वटा नीति–नियम लागू गरेको छ । त्यसमध्ये आइटी पोलिसी २०११, इलोक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट र इलेक्ट्रोनिक ट्रान्ज्याक्सन रेगुलेसन २०६३ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत छन् । त्यस्तै, बाँकी तीन टेलिकम्युनिकेसन एक्ट, टेलिकम्युनिकेसन रेगुलेसन र ब्रोडब्यान्ड पोलिसी सूचना तथा सञ्चार मन्त्रालय अन्र्तगत छन् ।
सूचना तथा सञ्चारलाई प्रविधिसँग छुट्ट्याए पनि अन्ततः यसको समग्र विकास गर्न एकै ठाउँमा आउनैपर्ने सूचना तथा सञ्चार मन्त्रालयका खनाल बताउँछन् । 'आइसिटीको समग्र विकास गर्नको लागि यी तीनै पक्ष एकै ठाउँ हुनु आवश्यक छ,' उनले भने, 'अन्ततः यो हुने पनि छ ।'
पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा तीव्र विकास भइरहेको छ । मुलुकभर ५ सयभन्दा धेरै आइटीसम्बन्धी उद्योग सञ्चालनमा छन् । यो क्रम बढ्दै गएको छ । हरके वर्ष ६ हजारभन्दा धेरै आइटी ग्राजुयट बजारमा आइरहेका छन् । यिनीहरूको व्यवस्थापन अहिलेको नीति–नियम र जिम्मेवार निकायमा भर पर्ने कुरा हो ।