एक वर्षभित्र निगमले वाइड बडी
२० पौष २०७२
•
७ मिनेट पाठ
एक वर्षभित्र निगमले वाइड बडी
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले लामो दुरीमा अन्तर्राष्ट्रिय उडान गर्न एक वर्षभित्र ठूलो आकार (वाइड बडी) जहाज ल्याउने भएको छ। निगमले इतिहासमै पहिलो पटक वाइड बडी जहाज खरिद गर्ने तयारी गरेको हो।

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ६० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने गरी काम अगाडि बढाएको छ। निगमले हालै खरिद गरी ल्याएका ए३२०–२०० सिरिजका दुईथान जहाज पनि एयरबसमै उत्पादन भएका हुन्।

'जहाज खरिद गर्न आवश्यक रकम जोहो गर्ने तयारी तीव्र गतिले अगाडि बढाएका छौं, टुंगो लाग्नासाथ ग्लोबल टेन्डर आह्वान गर्छौं,' निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सोमबार नागरिकसँग भने, 'हाम्रो अनुमानमा दुईदेखि तीन साताभित्र टेन्डर आह्वान हुने छ। त्यसको एक वर्षभित्र एउटा वाइड बडी जहाज काठमाडौं अवतरण हुने छ।'

वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने कंसाकारले जानकारी दिए। त्यसका लागि आवश्यक काम अगाडि बढाइएको उनको भनाइ छ। निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

पहिलो जहाज आएको बढीमा तीनदेखि चार महिनाभित्र अर्को वाइड बडी ल्याउने गरी काम भइरहेको कंसाकारले जानकारी दिए। ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने उनले बताए।

'एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी वा अन्य वायुसेवा पनि प्रतिस्पर्धामा आउन सक्नेछन्,' उनले भने, 'हामीले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३० जहाज खरिद गर्ने सर्त राख्ने छौं।'

कंसाकारका अनुसार दुईथान वाइड बडी खरिद गर्न २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसका लागि स्वदेशमै रकम जोहो गर्ने प्रयास भइरहेको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत वित्तीय संस्थासँग रकमका लागि कुराकानी अगाडि बढेको छ। विदेशी वित्तीय संस्थाबाट ऋण लिने विकल्प पनि अगाडि सारिएको छ।

'हामी सकेसम्म स्वदेशी पैसा स्वदेशमै उपयोग भन्ने होस् भन्ने चाहन्छौं,' उनले भने, 'त्यही भएर यसका लागि तालुक मन्त्रालय पर्यटनमार्फत अर्थ मन्त्रालयसँग छलफल गरिरहेका छौं।'

निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको अनुभव छ। त्यही अनुभव लिएर पुनः लङ हल गन्तव्य लक्ष्य गर्दै अगाडि बढेको कंसाकारको भनाइ छ।

'वाइड बडी जहाज खरिद गर्न सम्बद्ध सबै निकायबाट सहयोग र समर्थन प्र्राप्त भइरहेका छन्,' कंसाकारले भने, 'दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन्। यसबाट मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने विश्वास छ।'

निगमका कर्पोरेड डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले टोकियो र सोलका लागि सातामा तीन/तीन उडान गर्ने गरी उडान तालिका बनाइएको जानकारी दिए। 'हामीले गरेको बजार सर्वेक्षणले टोकियो र सोलका लागि सातामा तीन उडान गर्दा राम्रै व्यापार गर्न सकिने देखाएको छ,' उनले भने, 'हामी यसैमा केन्द्रित भएर अगाडि बढिरहेका छौं।'

जापान र कोरियापछि साउदी अरबको दम्माम, चीनको सांघाई र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना रहेको शर्माले जानकारी दिए। दम्माम र सांघाई सिधै उडान गरिने तथा सिड्नी जान भने सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थललाई 'ट्रान्जिट' बनाइने उनले बताए।

निगमले यसअघि ए३२०–२०० जहाज ल्याउँदा पाइलट अभावका कारण उडान गर्न ढिलाइ गरेको थियो। तर, यसपालि भने वाइड बडी जहाज आएको बढी दुई साताभित्र व्यापारिक उडान गर्ने गरी काम गरिएको निगमको दाबी छ।

'हाम्रा आफ्नै पाइलट तयार नभइन्जेल डेढदेखि दुई वर्षसम्म विदेशी पाइलट भाडामा लिएर वाइड बडी उडाउँछौं,' शर्माले भने, 'क्याप्टेन (कमान्डर) र प्रशिक्षक पाइलट (आइपी) मात्र विदेशी लिन्छौं, को–पाइलट भने हाम्रै हुनेछन्।'

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त दुईथान 'बि७५७' र एयरबसमा उत्पादित १ सय ५८ सिटयुक्त 'ए३२०–२००' दुईथान छन्। तीमध्ये बि७५७ करिब तीन दशक पुराना हुन् भने ए३२० खरिद गरेको करिब एक वर्ष हुन लागेको छ। ती जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर तथा हङकङ उडान गरिरहेको छ।
अर्को समाचार
निगमले दुईथान वाइड बडी किन्ने
०४ माघ २०७२
•
८ मिनेट पाठ
निगमले दुईथान वाइड बडी किन्ने
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला आकार (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ जुटाइदिन सरकार गुहारेको छ। निगमले लामो दुरीमा अन्तर्राष्ट्रिय उडान गर्न एक वर्षभित्र दुईथान वाइड बडी जहाज ल्याउने तयारी तीव्र बनाएपछि रकमको जोहो गरिदिन सरकार गुहारेको हो। रकमको जोहो भएपछि मात्र अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्ने तयारी निगम व्यवस्थापनको छ। निगमले इतिहासमै पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो।

'दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ सहुलियत ऋण स्वरूप उपलब्ध गराइदिन अथवा पुँजी लगानी गरिदिन सरकारलाई अनुरोध गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'निगम सञ्चालक समितिले रकमबारे सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि सरकारलाई पत्राचार गरेका हौं।'

निगम सञ्चालक समितिले दुईथान वाइड बडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ जुटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि व्यवस्थापनले सोमबार तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको शर्माले जानकारी दिए। पर्यटन पुगेको पत्र त्यहाँबाट अर्थ मन्त्रालय जाने निगमले जनाएको छ।

'हाम्रो अनुरोधलाई सरकारले सकारात्मक लिँदै चाँडै रकम जुटाउन पहल गरिदिने विश्वास छ,' प्रवक्ता शर्माले भने, 'रकमको टुंगो लाग्नासाथ हामी ग्लोबल टेन्डर आह्वान गर्छौं। टेन्डर तयारीको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ।'

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ६० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने उद्देश्य लिएको छ। निगमले पछिल्लो पटक खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज पनि एयरबसमै उत्पादन भएका हुन्।

निगमका उच्च अधिकारीहरूले अनुमान गरेझैं काम अगाडि बढ्यो भने आगामी एक वर्षभित्र एउटा वाइड बडी जहाज काठमाडौं अवतरण हुने उनीहरूको दाबी छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजना छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

पहिलो जहाज आएको बढीमा तीनदेखि चार महिनाभित्र अर्को वाइड बडी ल्याउने तयारी पनि निगमले गरिरहेको छ। ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने उनले बताए।

एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी वा अन्य वायुसेवा कम्पनी पनि प्रतिस्पर्धामा उत्रिन सक्ने प्रवक्ता शर्माले बताए। निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ।

दुईथान वाइड बडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ स्वदेशमै जुटाउने प्रयास निगमले गरिरहेको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत वित्तीय संस्थासँग रकमका लागि कुराकानी अगाडि बढेको तथा विदेशी वित्तीय संस्थाबाट ऋण लिने विकल्प पनि अगाडि सारिएको निगमको भनाइ छ।

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको छ। वाइड बडी खरिद गर्न सम्बद्ध सबै निकायबाट सहयोग र समर्थन प्र्राप्त भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउँदै आएका छन्।

दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ।

निगमका अनुसार टोकियो र सोलका लागि सातामा तीन/तीन उडान गर्ने गरी तालिका बनाइएको छ। जापान र कोरियापछि साउदी अरबको दम्माम, चीनको सांघाई र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना छ। दम्माम र सांघाई सिधै उडान गरिने तथा सिड्नी जान भने सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थललाई 'ट्रान्जिट' बनाइने छ।

निगमले वाइड बडी जहाज आएको बढीमा दुई साताभित्र व्यापारिक उडान गर्ने गरी काम गरिरहेको दाबी गरेको छ। यसअघि ए३२०–२०० जहाज ल्याउँदा पाइलट अभावका कारण उडान गर्न ढिलाइ गरेको थियो। आफ्नै पाइलट तयार नभइन्जेल डेढदेखि दुई वर्षसम्म विदेशी पाइलट भाडामा लिएर वाइड बडी उडाजउने योजना उसको छ भने क्याप्टेन (कमान्डर) र प्रशिक्षक पाइलट (आइपी) मात्र विदेशी लिएर को–पाइलट आफ्नै राख्ने जनाएको छ।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त दुईथान 'बि७५७' र एयरबसमा उत्पादित १ सय ५८ सिटयुक्त 'ए३२०–२००' दुईथान छन्। तीमध्ये बि७५७ करिब तीन दशक पुराना हुन् भने ए३२० खरिद गरेको करिब एक वर्ष हुन लागेको छ। ती जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर तथा हङकङ उडान गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस