काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएका विद्युत् ट्रान्सफर्मरहरु मध्ये दैनिक ८ ओटाको हाराहारीमा जल्न थालेका छन्।

भारतले गरेको नाकाबन्दीका कारण नेपालमा खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको अभाव भएपछि उपभोक्ताले एकैपटक धेरै विद्युतीय उपकारण प्रयोग गर्दा लोड धान्न नसकेर ट्रान्सफर्मरहरु जल्ने गरेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। धेरैजसो काठमाडौं उपत्यका र केही बाहिरका शहरहरुका ट्रान्सफर्मर जल्ने गरेको उनको भनाई छ ।
'नाकाबन्दीपछि 'ओभर लोड' भएर करिब ५ सय ट्रान्सफर्मर जलिसकेको छ,' उनले भने, 'ग्यास तथा पेट्रोलीयम इन्धनको विकल्पको रुपमा खाना पकाउनेदेखि लिएर हरेक किसिमका विद्युतीय उपकारण एकैपटक प्रयोग गर्दा ट्रान्सफर्मरको क्षमताले नधानेर जलेका हुन्।' कार्यकारी निर्देशक काफ्लेका अनुसार ग्यास तथा पेट्रोलियमको सहज आपूर्ति नहुँदा प्राधिकरणको वितरण लाइनमा करिब ४ गुणासम्म बढी विद्युत् माग बढेको छ।
जलेका ट्रान्सफर्मरहरु मर्मत गरेर पुनः प्रयोग गर्न पनि सकिन्छ । तर, त्यका लागि प्राधिकरणसँग जनशक्ति र मर्मत केन्द्र(वर्कशप) पर्याप्त संख्यामा छैन । प्राधिकरणसँग रहेका दुईओटा र्वकशपमधये हेटौंडामा रहेको वर्कशपमा खासै काम हुने गरेको छैन। काठमाडौंको लैनचौरमा रहेको वर्कशपमा दैनिक एउटा ट्रान्सफर्मर मर्मत हुने गरेको छ। ओभरलोडका कारण ट्रान्सफर्मरबाहेक कन्डक्टर(विद्युत् प्रसारण हुने तार) पनि जल्ने गरेका छन्। जलेका कन्डक्टरहरु फेरेर प्राधिकरणले पुनः विद्युत् प्रसारण तथा वितरण गर्ने गरेको उनले बताए।
प्राधिकरणका ट्रान्सफर्मर र कन्डक्टरहरु धमाधम जल्नुमा ती ट्रान्सफर्मरको कमजोर गुणस्तर पनि जिम्मेवार छ कि भन्ने आशंका आमसर्वसाधारणले जनाउन थालेका छन्। तर, ट्रान्सफर्मरको गुणस्तरबारे शंका गर्ने ठाउँ नै नरहेको कार्यकारी निर्देशक काफ्लेको दाबी छ। 'उत्पादन स्थलमा, ल्याउनुअघि, र प्रयोग गर्नुअघि गरी विभिन्न चरणमा परीक्षण गरी तोकिएको गुणस्तरको ट्रान्सफर्मर मात्र जडान गर्ने गरिएको छ,' उनले भने, 'हरेक चिजको क्षमता हुन्छ, क्षमता वा शक्तिभन्दा बढी काम कुनै चिजले पनि गर्न सक्दैन।'
प्राधिकरणले यसरी आफ्नो बचाउ गरिरहँदा प्राधिकरणभित्रैका एक कर्मचारी भने लोड धान्दैन भन्ने जानेपछि प्राधिकरणले क्षमताअनुसारकाे भाेल्टेजमा विद्युत् वितरण नगरेर ट्रान्सफर्मरलगायत उपकरण नै जल्ने समस्या आएको बताए। 'यसमा प्राधिकरणकै कमजोरी देखिन्छ,' उनले भने, 'उपभोक्तालाई थाहा थिएन, ग्यास नहुँदा सबैले लाइन आएका बेला हिटर, इन्डक्सन चुल्होलगायत उपकारण बाले। बिस्तारै उपभोत्ता सचेत पनि हुँदैछन्।' प्राधिकरणले विद्युत् दिनासाथ बढी विद्युत् खपत हुने उपकरण चलाउँदा छिनमै बत्ति जाने समस्याले हैरान भएपछि सहरी क्षेत्रका सचेत उपभोक्ताले त्यस्ता उपकरण जोडन कम गर्न थालेका छन्। 'बत्ति आओस् मोबाइल चार्ज गर्ने र टिभी हेर्ने मात्र गरुँला, बरु खाना दाउरामै पकाउँला,' काठमाडौं–१३ चागलकी लक्ष्मी थापाले भनिन्, 'बिजुलीमा खाना पकाउँदा त बत्ति पनि बाल्न नपाएर अँध्यारैमा बस्नुपर्ने भयो।'
ट्रान्सफर्मर र मिटरको चरम अभाव
विद्युत् प्राधिकरणको प्रणालीमा जडान गर्न तथा नयाँ विद्युतीकरणका लागि ट्रान्सफर्मर तथा मिटरको अभाव उपभोक्ताले झेल्दै आएका छन् । हाल प्राधिकरणको विद्युत् उपभोग गर्ने देशभर रहेका करिब २८ लाख ६६ हजार कुल ग्राहक तथा २७ लाख घरेलु प्रयोजनका ग्राहक छन्। पुराना ग्राहकले बिग्रिएको ठाउँमा ट्रान्सफर्मर र मिटर लिनका लागि महिनौं कुर्नु पर्ने अवस्था छ भने नयाँ ग्राहकका लागि झनै धेरै प्रतिक्षा गर्नुपर्ने अवस्था छ।
यस्तो बेला प्राधिकरणमा जडान भइरहेका उपकरणहरु पनि जल्न थालेपछि झनै अभाव भएको छ। 'ट्रान्सफर्मर, मिटर, कन्डक्टर, इन्सुलेटरलगायत सबैजसो सामग्री प्राधिकरणसँग सकिन लागेको छ,' नेपाल विद्युत् प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष रामप्रसाद रिमालले भने, अर्को आर्थिक वर्षका लागि प्राधिकरणले अघि बढाउने आयोजनाहरुका लागि अहिले नै नयाँ खरिद प्रक्रिया शुरु गरिहाल्नु पर्ने छ।'
प्राधिकरणले श्रीलङ्काको एलटीएल होल्डिङस कम्पनीसँग खरिद सम्झौता गरेको १ हजार ४० थान ट्रान्सफरमध्ये दुई खेपमा गरेर ५ सय थान ट्रान्सफर्मर आइसकेको भए पनि तेस्रो खेप कोलकाता बन्दरगाहमै अड्किएको कार्यकारी निर्देशक काफ्लेले बताए। एलटीएलले पठाउनु पर्ने उक्त परिमाणको ट्रान्सफर्मर ४ खेपमा नेपाल भिœयाइसक्ने सम्झौता कम्पनीसँग छ।
प्राधिकरणले आह्वान गरेको ग्लोबल टेण्डरमा भाग लिएका मध्ये श्रीलङ्कन कम्पनीले ट्रान्सफर्मर आपूर्तिको ठेक्का पाएको थियो। उक्त टेण्डरमा नेपालको एकमात्र ट्रान्सफर्मर उत्पादक कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालीले पनि भाग लिएको थियो। तर, नेपालको सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार इकरातको ट्रान्सफर्मर हुँदाहुँदै पनि उ छनोटमा परेको थिएन। त्यसयता ट्रान्सफर्मर खरिदका लागि नयाँ बोलपत्र आह्वान भएको छैन।