विमानस्थल छेउँका अग्ला घर भत्काउने निर्णय
१२ पौष २०७२
•
१० मिनेट पाठ
विमानस्थल छेउँका अग्ला घर भत्काउने निर्णय
काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको कोटेश्वर चोकमा रहेका अग्ला घरले हवाई उड्डयन सुरक्षामा गम्भीर असर पुर्यांइरहेको निष्कर्ष निकाल्दै त्यस्ता घर भत्काउने निर्णय गरेको छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले कोटेश्वर चोकका अग्ला घरका कारण आफ्ना जहाजले कम तौल वा यात्रु बोक्नुपरिरहेको गुनासो तथा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षामा गम्भीर असर पुर्याेइरहेको निष्कर्षपछि महानगरपालिकाले ती घर भत्काउने निर्णय गरेको हो।

महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्को संयोजकत्वमा गत मंसिर १५ मा गठित तीन सदस्यीय टोलीले कोटेश्वर चोकमा रहेका ३९ घरको स्थलगत निरीक्षण गरी तयार पारेको प्रतिवेदनले ६ वटा घर भत्काउनुपर्ने र चारवटामा अब तला थप्न नमिल्ने सुझाव दिएको छ।

'प्रतिवेदनअनुसार हवाई उड्डयन सुरक्षामा गम्भीर असर पुर्या।इरहेका ६ वटा घर भत्काउने निर्णय गरेका छौं,' महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आइतबार नागरिकसँग भने, 'ती घरको सबैभन्दा माथिल्लो तलाबाट भुइँतिर साढे चार मिटरसम्म भत्काइने छ।'

भत्काउनुपर्ने घरमा टाँस्नका लागि आइतबार चिठी तयार भएको उनले बताए। सोमबारबाट १० दिने म्याद राखिएका त्यस्ता चिठी ती घरमा टाँसिने छ। 'तोकिएको मितिभित्र घरधनीले आफैं भत्काएनन् भने हामी भत्काउने छौं,' कार्यकारी प्रमुख तामाङले भने, 'त्यसरी भत्काउँदा लागेको खर्च घरधनीसँग असुलउपर गर्ने छौं।'

महानगरपालिकाका अनुसार शून्य दशमलव २६ फिटदेखि १४ दशमलव ३७ फिटसम्मका बढी उचाइ भत्काइने छ। तीमध्ये कोटेश्वर चोककै सबैभन्दा अग्लो घर स्थानीय सन्तलाल शाहीको १४ दशमलव ३७ फिट भत्काइने छ। शाहीको घर उड्डयन सुरक्षामा सबैभन्दा खतरापूर्ण रहेको नागरिक दैनिकले गत साउन १८ मा खुलासा गरेको थियो।

त्यसको भोलिपल्टै नागरिक उड्डयन प्राधिकरणले यसबारे छानबिन समिति गठन गरेको थियो। उक्त समितिले साउन अन्तिम साता शाहीको सहित अन्य अग्ला घर भत्काउनुपर्ने निष्कर्ष निकालेको थियो। छानबिन समितिले 'राजनीतिक शक्तिकेन्द्र' सम्म पुहँच भएका शाहीको कोटेश्वर चोकस्थित सबैभन्दा अग्लो आठतले घरसहित सम्पूर्ण अग्ला घरले उड्डयन सुरक्षामा पुर्याभएको असर तथा अन्तर्राष्ट्रिय वायुसेवाका जहाजलाई आफ्नो पूर्णक्षमताभन्दा कम यात्रु वा कार्गो बोक्न वाध्य पारिरहेको र त्यसबाट मासिक करोडौं घाटा बेहोरिरहेको विषयलाई उच्च प्राथमिकता दिएर छानबिन गरेको थियो।

छानबिन समितिले प्रतिवेदन तयार गर्ने क्रममा स्थानीयसँग पनि व्यापक सोधपुछ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको दक्षिणपट्टि रहेको कोटेश्वर चोकमा रहेका घरका लागि काठमाडौं महानगरपालिकाले सुरुमा साढे तीनतलाको मात्र नक्सा पास गरेको स्थानीयले जानकारी दिएका थिए। त्यसपछि केहीले 'गैरकानुनी' तरिकाले तला थप्दै नौसम्म पुर्यारएका थिए। स्थानीयका अनुसार शाहीले पनि तला थप्दै नौ पुर्याैएका थिए। गत वैशाखमा आएको विनाशकारी भूकम्पले उनको घरको नवौं तलामा क्षति पुगेपछि उनले आफैं भत्काएका थिए। अहिले उनको घर आठतले छ। प्रतिवेदनले तीन तलाभन्दा माथिका सबै घर भत्काउनुपर्ने निष्कर्ष निकालेको थियो।

यता अहिले महानगरपालिकाले तयार पारेको प्रतिवेदनमा भने वृन्दा फैंजुको घर ७ दशमलव ४ फिट, दीपक पराजुलीको घर ८ दशमलव ३ फिट, रामप्रकार श्रेष्ठको ८ दशमलव ३१ फिट र लीला ढकालको घर ८ दशमलव ९३ फिट भत्काउनुपर्ने उल्लेख छ।

त्यसैगरी साउन २५ मा व्यवस्थापिका संसदको विकास समितिले पनि कोटेश्वर चोकमा रहेका अग्ला घरले उड्डयन सुरक्षामा पुर्यामइरहेको असरबारे समस्या समाधान गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल लगायतसँग छलफल गरेपछि पर्यटन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई ती घरबाट सिर्जित समस्या समाधान गर्न निर्देशन दिएको थियो। त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि कोटेश्वरका अग्ला घरबारे छानबिन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो।

शाहीको उक्त घर नक्सा पासविपरीत निर्माण भएको काठमाडौं महानगरपालिकाले त्यहीबेला पनि पुष्टि गरेको थियो। महानगरपालिकाका अनुसार शाहीले उक्त घर साढे पाँच तलामात्र निर्माण गर्ने गरी नक्सा पास गराएका थिए। तर, ठिक विपरीत उनले साढे दुई तला थपेका थिए भने अन्तिममा फलाम (ट्रस) बाट थप एकतला निर्माण गरेका थिए। त्यसबीचमा प्राधिकरणले शाहीलाई तल नथप्न आग्रह गरे पनि उल्टै अटेर गर्दै तला थपेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दा जुन ठाउँबाट जहाजले भुइँ छाड्छ, त्यहाँबाट दक्षिणपट्टि ३ सय मिटरजतिको दुरीमा शाहीको सँगै अन्य अग्ला घर ठडिएका छन्। ती घरका कारण ३ सय सिट क्षमतासम्मका ठूला जहाजले आफ्नो भारवहन क्षमताभन्दा झन्डै ६ टन (६ हजार किलो) र १ सय ५० देखि १ सय ७० सिट क्षमताका साना जहाजले दुई टन (२ हजार किलो) कम तौल बोक्दै आएका छन्। तोकिएकै जति तौल लिएर उड्दा तिनै घरका कारण दुर्घटना हुन सक्ने डर रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।

नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार यस्तो समस्याका कारण ठूला जहाजले यहाँबाट जाँदा एउटा उडानमा सिटभन्दा ५४ र सानाले १८ यात्रु कम बोकिरहेका छन्। केहीले भने कार्गो कम बोकिरहेका छन्।

नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०' सिरिजको जहाजले पनि १ सय ४० मात्र यात्रु बोकेर उडान भरिरहेको छ। यो हिसाबले एक उडानमा १८ यात्रु कम हुँदा दैनिक एक उडानमा निगमले ५ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। निगमले २ जहाजबाट दैनिक एक–एक उडान गरिरहेको छ जसबाट दैनिक करिब १० लाखभन्दा बढी आम्दानी गुम्छ।

निगमको भन्दा ठूला जहाज र बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको आम्दानी धेरै उच्च छ। कुनैले दैनिक चार उडानसम्म गरिरहेका छन् भने कुनैले दैनिक एक उडान गरिरहेका छन्। अधिकांशले सानो आकारका जहाज ल्याउँछन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, थाई एयरवेजलगायतले भने ठूलो आकारका जहाज ल्याउने गरेका छन्।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
९ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस