बन्दले पर्यटन व्यवसाय चौपट
१२ पौष २०७२
•
१० मिनेट पाठ
बन्दले पर्यटन व्यवसाय चौपट
झापा- सन् २०१५ को सुरुमा पर्यटक आगमनको उत्साहजनक दरले फुरुंग पूर्वका पर्यटन व्यवसायी वर्षको अन्त्यमा आइपुग्दा निराश छन्। एउटा 'बिर्सनलायक वर्ष' बिदा गर्ने तयारी हुँदै गर्दा पनि पर्यटन क्षेत्रका लागि नयाँ वर्ष आसलाग्दो बन्ने संकेत छैन।सन् २०१५ विनाशकारी भूकम्पको क्षति र पीडा कायमै रहेको, तराईमा मधेसवादी दलको आन्दोलन लम्बिइरहको र भारतीय नाकाबन्दी जारी रहेर आन्तरिक संकट चुलिएको अवस्थाले सन् २०१६ मा पनि पर्यटन उद्योग अनिश्चयको भयमा पर्ने चिन्तामा व्यवसायी छन्। 'आज राम्रो होला कि, भोलि राम्रो होला कि भन्ने आस पालेको लामो समय भयो,' पर्यटन व्यवसायी निरकुमार कार्की भन्छन्, 'तर, खै अवस्था सुध्रने छाँट छैन, यसले पूर्वको पर्यटन व्यवसाय चौपट्ट छ।'

केही वर्षअघि दिल्लीको ताज होटल आक्रमण भएलगत्तै भारतले बंगलादेशी नागरिकलाई भ्रमण भिसा उपलब्ध गराउन छाडेपछि पूर्वको पर्यटन क्षेत्र नराम्ररी प्रभावित थियो। अहिले त्यस्तै अवस्था छ। पूर्वी नाकाबाट पैदलमार्ग हँुदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा गिरावट आएका कारण यसको प्रभाव परेको काँकडभिट्टास्थित अध्यागमन कार्यालयले जनाएको छ। यसअघि नेपालमा हुने आम हडताल, सडक अवरोध, यातयात बन्दलगायत विविध कारणले पर्यटकको संख्यामा लगातार गिरावट थियो।

कार्यालयका अनुसार सन् २०१५ सकिन लाग्दा यो नाका हुँदै विभिन्न मुलुकका ८ हजार ६ सय २० पर्यटक नेपाल घुम्न आएका छन्। कार्यालयका अनुसार भूकम्पपछि नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ। २०१५ मे २५ मा नेपालमा गएको भूकम्पपछि पर्यटकको संख्या कम भएको नायव सुब्बा हीराबहादुर खड्काले बताए। खड्काका अनुसार मेमा ४ सय ९८ विदेशी पर्यटक यो नाका भएर नेपाल आएका थिए। अप्रिलमा १ हजार २ सय १ पर्यटकले नेपालका विभिन्न स्थानको भ्रमण गरेका थिए।

भूकम्पपछि नेपाल आउने पर्यटकको संख्यामा ५० प्रतिशतले गिरावट आएको कार्यालयको भनाइ छ। जनवरीमा १ हजार ९३, फेब्रुअरीमा ८ सय ४५, मार्चमा १ हजार २ सय ८५ पर्यटक नेपाल घुमेका थिए। भूकम्पपछि मेमा ४ सय ९८, जुनमा ४ सय ६४, जुलाईमा ५ सय ५१ , अगस्टमा ६ सय ८, सेप्टेम्बरमा ६ सय १९, अक्टोबरमा ६ सय २८, नोभेम्बरमा ५ सय ६१ र डिसेम्बर १५ तारिखसम्म २ सय ६७ गरी ८ हजार ६ सय २० पर्यटक नेपाल घुम्न आएको कार्यालयले जनाएको छ।

भारतको दार्जिलिङ, सिक्किमलगायत पूर्वोत्तर भारत भ्रमणपछि विदेशी पर्यटक नेपालसम्म आउने गर्थे। राजनीतिक अवस्था सुधि्रँदा १० हजारभन्दा बढी पर्यटक काँकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको उदाहरण पनि छ। तर, पछिल्ला केही वर्षहरूमा दार्जिलिङसम्म आएका पर्यटक पनि नेपाल भिœयाउन सक्ने अवस्था नभएको व्यवसायी बताउँछन्। यसमा नेपालको आन्तरिक असुरक्षा नै मुख्य कारण भएको उनीहरूको भनाइ छ।

'हामीकहाँ आउने युरोप, अमेरिकी पर्यटक नेपालबारे एकदमै उत्सुक हुन्छन्, यहाँको भूभाग घुम्न लालायित हुन्छन्,' सिक्किमका पर्यटन व्यवसायी टासी शेर्पा भन्छन्, 'तर, त्यहाँ अवस्था राम्रो छैन भनेर नजाने भन्छन्। हामीले जत्ति नै राम्रो छ भने पनि पत्याउँदैनन्।' उनका अनुसार नेपालभित्र मौलाइरहेको अशान्तिले पर्यटक आगमन रोकेको हो। 'नत्र दार्जिलिङ–सिक्किममा बाह्रैमास खचाखच पर्यटक हुने नेपालमा नहुने किन हुन्छ?' पर्यटन व्यवसायीको भेलामा सहभागी हुन काँकडभिट्टा आएका उनले सुझाव दिए, 'कम्तीमा पर्यटकलाई सुरक्षाको ग्यारेन्टी दिनुस्, यहाँ पनि उत्तिकै आउँछन्।'

भूकम्पपछि भारतीय सञ्चारमाध्यमले तीव्र रूपमा प्रचारप्रसार गरेको गलत समाचारले पनि तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आएको थियो। 'अब नेपालमा घुम्ने ठाउँ नै छैन, धरहरालगायत ऐतिहासिक धरोहर सबै ध्वस्त भए' भन्नेखालका समाचारका कारण पनि नेपालमा पर्यटक आउन छाडिसकेको कार्यालयले जनाएको छ। सन् २०१४ को अवधिमा यो नाका हुँदै ९ हजार ९ सय ४९ पर्यटक भित्रिएका थिए। गत वर्षको तुलनामा यो वर्ष नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आउने खड्काले बताए।

'१ हजार ३ सय २९ पर्यटक आएमात्र गत वर्षको जति पुग्छ तर त्यतिको संख्यामा पर्यटक आउने सम्भावना न्यून छ,' खड्काले भने, 'केही दिनमा त्यो संख्या पुग्दैन।' सन् २०१४ मा यो नाका हुँदै ९ हजार ४ सय ३२ जना बाहिरिएका थिए।

भारतले बंगलादेशी पर्यटकलाई भिसा नदिएसम्म नेपाल आउनै पाउँदैनन्। भारतले त्यहाँको भिसा दिएपछि भारतीय बाटो हँुदै उनीहरू नेपाल आउने गरेका थिए। भूकम्पपछि त झन् पर्यटन व्यवसाय नराम्ररी प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन्। 'भारतले बंगलादेशी पर्यटकलाई भिसा दिन छाडेपछि बंगलादेशी पर्यटकको संख्या स्वाट्टै घटेको थियो,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट पूर्वाञ्चल क्षेत्रीय समितिका महासचिव उदयकुमार श्रेष्ठले भने। 'पूर्वीनाकाबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्या केही महिना वृद्धि भएकाले पर्यटन व्यवसायीसमेत हर्षित थिए,' झापा ट्राभलका सञ्चालक हेमराज कार्की भन्छन्, 'नाकाबन्दी र मधेस आदोलन अझै लम्बिए ट्राभल व्यवसायी वैकल्पिक पेसा खोज्न बाध्य हुनेछन्।'

पूर्वी काँकडभिट्टा नाका हुँदै पैदलमार्ग भएर नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा कमी भएपछि राजस्व असुलीमा समेत गिरावट आएको छ। कार्यालयले नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमतिपत्र (भिसा) जारी गरेवापत आर्थिक वर्ष २०७०/२०७१ मा एक करोड १६ लाख तीन सय तीन रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन रकम अघिल्लो वर्षको तुलनामा चार लाख ३३ हजार छ सय छ रुपैयाँले बढी हो। तर, गत आर्थिक वर्ष २०७१/०७२ मा ९० लाख ५२ हजार १ सय २१ रुपैयाँमात्र राजस्व संकलन गरेको छ। जुन रकम २०७०/२०७१ को तुलनामा ९ लाख ६४ हजार १ सय ८२ रुपैयाँले कम हो।

कार्यालयका अनुसार अध्यागमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ। कार्यालयले १५ दिनका लागि भिसा जारी गरेवापत २५ डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एक सय डलर लिने गरेको जनाएको छ। यो नियम सार्क राष्ट्रका पर्यटकमा लागू नहुने कार्यालयले जनाएको छ। यी राष्ट्रका लागि सरकारले निःशुल्क भिसाको व्यवस्था गरेको छ। कार्यालयका अनुसार अफगानिस्तान, इराक, घाना, जिम्बाब्बे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्यामरुन, सोमालिया, प्यालेस्टाइन, स्वाजिल्यान्डलगायत ११ मुलुकका पर्यटकलाई नेपाल सरकारले भिसामा रोक लगाएको छ। तर, आगमन खुला गरिएका मुलुकबाट पनि पर्यटक चाहिँ नेपाल आएका छैनन्।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस