काठमाडौं- खेतमा उखु तयार भइसक्यो। किसानले पोहोर सालकै मूल्य पाएका छैनन्। चिनी व्यवसायीसँग मूल्यमा विवाद भएर सर्वोच्चमा मुद्दा अड्किएको छ। यसपालि मिल चल्ने कहिले हो थाहा छैन। सञ्चालन भए पनि मिलसम्म पुर्याोउन तेल छैन। किसान सास्तीमा छन्। हरेक वर्ष उत्पादन घट्दो छ।
आत्मनिर्भर हुन लागेको चिनी उत्पादनको यो पछिल्लो 'सिनारियो' हो। अहिलेकै अवस्थालाई सुधार गर्दै जाने हो भने चिनी आयात गर्नु पर्दैन। तर किसान र चिनी व्यवसायीबीचको जुहारीले आत्मनिर्भरताको बाटो कमजोर हँुदै गएको छ। किसानका अनुसार हरेक वर्ष उखु उत्पादन घट्दै गएको छ। किसान पलाएन हुँदै छन्।
'हरेक वर्ष उखु उत्पादन घट्दै गएको छ,' उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले भने, 'किसान निरास हुँदै पलायनको बाटोमा छन्।' उनका अनुसार पोहोर साल पहिलाको भन्दा झन्डै ११ लाख क्विन्टल उखु उत्पादन घटेको थियो। यसले झन्डै १० हजार मेटि्रक टन चिनी उत्पादन घट्यो।
यसपालि उत्पादन अझ घट्ने मैनालीले बताए। 'यसपालि २५ देखि ३० लाख क्विन्टल उखु उत्पादन घट्ने देखिन्छ,' उनले भने। उखु उत्पादन घट्दा झन्डै २५ हजार मेटि्रक टन चिनी उत्पादन घट्ने मैनालीको अनुमान छ। आत्मनिर्भर हुनै लागेको अवस्थमा किन उत्पादन घट्दो छ त? पहिलो समस्या उखु किसान र चिनी व्यवसायीबीचको मूल्यको जुहारी हो भने अर्को सरकारले उखु उत्पादनलाई व्यवस्थित गर्न नसक्नु हो।
मैनालीका अनुसार अहिलेसम्म किसानले पोहोर सालकै उखुको मूल्य पाएका छैनन्। 'किसानले पोहोर सालको झन्डै ३ अर्ब रुपैयाँ पाउन बाँकी छ,' मैनालीले भने, 'मूल्यको विषय नमिल्दा बक्यौता मिलान हुन सकेको छैन।' गत वर्ष किसान, चिनी व्यवसायी र सरकारबीच लामो छलफल हुँदा पनि उखुको मूल्य निर्धारणमा कुरा मिल्न सकेन। व्यवसायी र किसानबीच कुरा मिल्न नसकेपछि सरकारले प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँको दरले मूल्य निर्धारण गरेको थियो।
सरकारले तोकेको मूल्य चिनी उत्पादकलाई मान्य भएन। चिनीको मूल्य घटेको भन्दै उद्योगीले ४ सय ६१ रुपैयाँ तिर्न नसक्ने बताउँदै आएका छन् भने किसानले लगानी बढेकाले गत वर्षको यस मूल्यभन्दा तल आउन नसक्ने भन्दै अड्डी कस्दै आएका छन्।
उद्योगीहरू सरकारले तोकेको मूल्य तिर्न नसकिने भन्दै गत जेठ २९ गते अन्तरिम आदेश लिन सर्वोच्च पुगे। सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरे पनि अहिलेसम्म यसको फैसला हुन सकेको छैन। 'भोलि (आइतबार) यस मुद्दाको पेसी तारिख छ,' त्यही तारिखको लागि तराईबाट काठमाडौं आएका मैनालीले भने, 'भोली फैसला हुन्छ कि!'
सरकारले तोकेको मूल्य उद्योगीले नमान्ने, ७ महिना नाघिसक्दा पनि मुद्दाको फैसला नहुँदा किसानले पोहार सालकै मूल्य पाएका छैनन्। मैनालीका अनुसार धेरै मूल्य तिर्न बाँकी राख्ने श्रीराम सुगर मिल झन्डै ९५ करोड, महोत्तरीको ७० करोड, सर्लाहीको अन्नपूर्णको ४० करोड, जयशंकर सुगर मिलको ३५ करोड रुपैयाँ छ। पोहोर सालकै मूल्य निर्धारण नभएको अवस्थामा नयाँ उखुको मूल्यमा पनि विवाद हुने देखिन्छ। 'नयाँ उखुको मूल्यमा पनि पोहोर सालकै (४ सय ६१ रुपैयाँ प्रतिक्विन्टल) नघटाउन भनेका छौं,' मैनालीले भने।
पुस २० गतेसम्म मिलहरू सञ्चालनमा आउनु पर्ने हो। केही मिलले सञ्चालन गर्ने तयारी गरे पनि अधिकांशले कहिलेसम्म सञ्चालन गर्ने हुन् भनेर किसान पर्खेका छन्। छिटो मिल सञ्चालन गरिदिन अनुरोध गरिरहेको मैनालीले बताए।
देशभरमा अहिले ११ वटा चिनीमिल छन्। पछिल्लो समय चिनीमिल स्थापना बढ्दै गएको भए पनि उखु उत्पादन भने घट्दो छ। व्यवसायीले सबै चिनी बिक्री नभएको बताउँदै आएका छन्। तर जानाकारका अनुसार स्वदेशी उत्पादनभन्दा अझ धेरै चिनीको माग छ। सरकारले भारतबाट आयात गर्न नदिएपछि खुला सीमाबाट चोरीको सस्तो चिनी आयात हुने गरेको जानाकार बताउँछन्।
लामो समयसम्म किसान र व्यवसायीबीच मूल्यमा विवाद र विस्तारै उखु किसान पलायन हुँदै गए पनि सरकारले उपयुक्त सम्बोधन गर्न नसकेको उद्योगी, किसान दुवै बताउँछन्। आत्मनिर्भरताको बाटोमा रहेको उखु र चिनीको उत्पादन बढाउन सरकारको विशेष पहल चाहिने उनीहरूको माग छ।
सर्वसाधारणले प्रयोग गर्ने चिनी आयात नभए पनि ठुल्ठूला उद्योगले प्रयोग गर्ने चिनी भने केही मुलुकबाट ल्याइएको सरकारी तथ्यांकले देखाउँछ। गत आर्थिक २०७१/०७२ मा भारत लगायत अन्य केही देशबाट विभिन्न शीर्षकमा दुई अर्बभन्दा धेरैको चिनीको आयात गरिएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा 'क्यान सुगर' शीर्षकमा १ अर्ब ३ करोडभन्दा धेरै चिनी भारत, चीन, मलेसिया, थाइल्यान्ड, अमेरिका, बेलायत, अस्ट्रेलियाबाट ल्याइएको छ। यो विशेष प्रकारको चिनी भएको र डाबर नेपाल, कोकाकोला जस्ता ठूला उद्योगहरूले आफ्नो उत्पादनको लागि ल्याउने गरेको मैनालीले बताए। त्यस्तै, 'खान्दा सुगर', 'सुकुन्दर सुगर' लगायत शीर्षकमा चिनी आइटम आयात भएका छन्।