काठमाडौं– वर्षेनी मंसिरको पहिलो साताबाटै उखु क्रसिङ शुरु गर्ने चिनी उद्योगहरु यस वर्ष पुस महिनाको आधा बितिसक्न लाग्दा पनि चल्न सकेका छैनन्। मधेसमा भइरहेको बन्दहड्ताल र भारतीय नाकाबन्दीका कारण पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन नसक्दा चिनी उद्योग सञ्चालनमा आउन नसकेका हुन्।

'मधेसी मोर्चाका नेताहरुले उखु ढुवानी गर्ने ट्रकलगायत साधनलाई चल्न दिने भनेका छन्,' नेपाल उखु उत्पादन संघका अध्यक्ष कपिलमुनि मैनालीले भने, 'बन्द नखुल्दासम्म सम्भावित जोखिमका कारण सवारीधनी र चालकले नै ट्रक चलाउन मान्दैनन्।'
चलाउनै मानेको अवस्थामा पनि ढुवानी साधनका लागि आवश्यक डिजेड अभाव र महँगो हुँदा ढुवानी लागत पनि निकै बढ्ने उनको भनाई छ। खेतबाट काटिएको उखु चिनी उद्योगसम्म पु¥याउन ट्रक, ट्याक्टरलगायत सधानको प्रयोग गरिँदै आएको छ।
नेपालमा पूर्वदेखि पश्चिम तराईसम्म रहेका करिब १ दर्जन चिनी उद्योगले गत वर्षक करिब १ करोड ८३ लाख क्वीन्टल उखु क्रसिङ गरेका थिए। उखुलगाएपछि चिनीमिलहरुले सहजै खरिद गर्न नमान्ने, समयमै भुक्तानी नदिनेलागयत समस्या देखिएपछि कृषकहरुले कम उखु लगायका कारण यस वर्ष गत वर्षको तुलनामा करिब ३० प्रतिशत उखुखेती कम भएको अनुमान गरिएको छ। यस वर्षको उखु खरिदका लागि कृषक, उद्योगी तथा सरकारको समन्वयमा मूल्य निर्धारण गर्ने काम पनि अहिलेसम्म हुन सकेको छैन ।
गत वर्षको ३ अर्ब रुपैयाँ कृषकलाई भुक्तानी गर्न बाँकी
गत वर्ष उखु उत्पादक कृषक र चिनी उद्योगीबीच उखुको मूल्य निर्धारणमा लामो समय विवाद भई चैत १२ गते मात्र उखुको मूल्य निर्धारण भएको थियो। प्रतिक्वीन्टल ४ सय ६१ रुपैयाँमा कृषकलाई नघट्ने गरी भूक्तानी दिन कृषि विकास मन्त्रालय, उद्योग मन्त्रालय, कृषक र उद्योगीबीच सहमति पनि भएको थियो । तर, केही उद्योगहरुले हालम्म उक्त दरबमोजिम कृषकलाई भुक्तानी नदिइ बक्यौता राखिरहेका छन्।
'गत वर्षको उखुको मात्रै सबै उद्योगहरुको मिलाउँदा कुल ३ अर्ब रुपैयाँ कृषकले भुक्तानी पाउनै बाँकी छ,' अध्यक्ष मैनालीले भने, 'गत वर्ष अघिल्लो वर्षको भन्दा १५ रुपैयाँ सस्तोमा उखु बेच्न हामी तयारी भएका थियौं, यस वर्ष गत वर्षको मूल्यमा घटाउन हुँदैन भन्ने हाम्रो भनाई छ।' उखु उत्पादन लागत गत वर्षको तुलनामा बढेकोले यस वर्ष मूल्य घटाउन नमिल्ने उनको भनाइ छ। कतिपय उद्योगीहरुले गत वर्षको मूल्य कृषकलाई नदिन पाउँ भन्दै सर्वोच्च अदालतमा गत असार २९ गते रिट निवेदन दिए। सर्वोच्चले उक्त निवेदनको अन्तिम फैसला गर्न बाँकी नै छ।
प्रतिक्वीटल २५ रुपैयाँका दरले सरकारले गत वर्षको खरिदबिक्रीका लागि कृषकको मूल्यमा नघट्ने गरी उद्योगहरुलाई अनुदान दिने निर्णय पनि गत असाज १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त निर्णयअनुसार कृषी तथा उद्योग मन्त्रालयबाट माग भए बमोजिम अनुदान रकम निकासाका लागि अर्थमन्त्रालयले दिने निर्णय गरेको छ। तर, यसका लागि कृषकले आफूले बेचेको रकमको सम्पूर्ण भुक्तानी पाइसकेको विवरणसहित उखु उत्पादक संघ तथा स्थानीय प्रसासनको सिफासिसपछि मात्र उद्योगले पाउने व्यवस्था अर्थमन्त्रालयले मागेको छ। यही प्रक्रिया उद्योगहरुले पूरा गरेका छैनन् । न त उद्योगहरुले अनुदान पाएका छन् । न त कृषकको बक्यौता नै भुक्तानी गरेका छन्।