चिनियाँ जहाज दुई महिनादेखि 'ग्राउन्डेड'
०६ पौष २०७२
•
७ मिनेट पाठ
चिनियाँ जहाज दुई महिनादेखि 'ग्राउन्डेड'
काठमाडौं- आन्तरिक उडान चुस्त बनाइ उल्लेख्य व्यापार गर्ने लक्ष्यसहित राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका दुईमध्ये एउटा जहाज दुई महिनादेखि थन्किएको छ। कुनै प्राविधिक समस्या भएर जहाज थन्किएको भने होइन, यो जहाज उडाउन आवश्यक 'प्रशिक्षक पाइलट' (आइपी) नहुँदा दुई महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ।चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडबाट आएका लाओसका आइपीको म्याद सकिएपछि उक्त जहाज थन्किएको हो।




जहाज निर्माताले १८ सिटयुक्त भने पनि १७ यात्रु अट्ने 'वाई१२–ई'लाई उडाउन निगम व्यवस्थापनले दुई महिनादेखि प्रशिक्षक पाइलट व्यवस्था गर्न सकेको छैन। उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ।

'प्रशिक्षक पाइलट नभएका कारण वाई१२–ई जहाज दुई महिनादेखि त्रिभुवन विमानस्थलमा थन्किएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'आफ्नै पाइलटलाई प्रशिक्षक पाइलट बनाउने गरी काम गरिरहेका छौं, त्यही भएर पनि जहाजलाई उडानमा फर्काउन केही ढिला भएको हो।'

उनका अनुसार निगमको आन्तरिक उडानतर्फका क्याप्टेन आङनुरी शेर्पालाई चिनियाँ वाई१२–ई जहाजको प्रशिक्षक पाइलट बनाउन गरी काम भइरहेको छ। निगमले नै शेर्पालाई यो जहाजको प्रशिक्षक पाइलटको सैद्धान्तिक तालिम हालै अमेरिकाबाट दिलाएको थियो। उनलाई व्यावहारिक परीक्षाका लागि चीन पठाउने वा चीनबाटै अर्को प्रशिक्षक पाइलट ल्याई यहीँ तालिम दिने भन्ने निर्णय हुन बाँकी छ।

'दुई साताभित्र आफ्नै प्रशिक्षक पाइलट तयार गर्ने लक्ष्य छ,' शर्माले भने, 'चिनियाँ प्रशिक्षकको कमान्डमा वाई१२–ईबाट चार/पाँच उडान गरेपछि शेर्पा प्रशिक्षक पाइलट बन्नेछन्।' निगमसँग यो जहाज उडाउन आवश्यक को–पालटको संख्या पर्याप्त रहेको शर्माको भनाइ छ।

त्रिभुवन विमानस्थलमा थन्किनु अघिसम्म वाई१२–ई जहाजले काठमाडौंबाट पोखरा र भैरहवाका लागि दैनिक एक–एक उडान गर्थ्यो। अर्को ५६ सिट क्षमतायुक्त चिनियाँ जहाज 'मोडर्न आर्क' (एमए–६०) ले नभ्याएका बेला र प्राविधिक कारण रोकिएको बेला वाई१२–ईले विराटनगर उडान पनि गर्थ्यो।

वाई१२–ईबाट काठमाडौं–पोखरा दुईतर्फी नै १४ जनासम्म यात्रु हुने गरेका थिए। त्यस्तै भैरहवामा पनि सोही संख्यामा यात्रु हुने गर्थे। दुई महिनादेखि जहाज थन्किँदा निगमले लाखौं आम्दानी गुमाइरहेको छ। हालसम्म कति आम्दानी गुम्यो भन्ने हिसाब निकाल्न बाँकी रहेको सम्बद्ध एक अधिकारीले बताए।

निगमले चीनबाट यस्तै सानो आकारको थप तीन र ठूलो एक गरी अझै चारथान जहाज ल्याउन बाँकी छ। हाल रहेका एउटा सानो र एउटा ठूलो दुवै अनुदानमा प्राप्त भएका हुन् भने बाँकी चारथान खरिद गरेर ल्याउने सम्झौता नेपाल र चीनबीच छ।

चिनियाँ जहाज उडाएर ठूलो परिमाणको घाटा बेहोरिरहेको निगम बाँकी जहाज ल्याउने कि नल्याउने भन्ने अन्योलमा छ। तर, चीनले गत असार १७ मा निगमलाई पत्राचार गरी बाँकी जहाज लिन आउन भनिसकेको थियो।

निगमका अनुसार चीनबाट एकथान एमए–६० र तीनथान वाई१२–ई जहाज ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। चिनियाँ जहाजका प्राविधिक समस्या समाधान नभए यहाँ उडान गरिरहेकालाई फिर्ता पठाउने र ल्याउन बाँकी जहाज नल्याउने निर्णय निगमले विगतमै गरिसकेको छ।

नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध हुनेछ। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।

चीनबाट ल्याउन बाँकी दुईथरी जहाजका उत्पादक फरक–फरक भए पनि दुवै सरकारी कम्पनी हुन्। एमए–६० को उत्पादक जियान एयरक्राफ्ट इन्डन्स्ट्रियल कर्पोरेसन हो। यसले सन् २००० देखि यस्तो जहाज उत्पादन गर्दै आएको छ। त्यस्तै वाई–१२ई उत्पादक हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडले सन् १९८५ देखि यस्तो जहाज उत्पादन गर्दै आएको छ।
अर्को समाचार
बल्ल उड्यो निगमको चिनियाँ जहाज
२९ पौष २०७१
•
२ मिनेट पाठ
बल्ल उड्यो निगमको चिनियाँ जहाज
काठमाडौं-करिब एक महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' नेपाल वायुसेवा निगमको एउटा ठूलो चिनियाँ जहाज मर्मतपछि उड्न थालेको छ। निगमले चीनबाट अनुदानमा पाएको ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) जहाज पुस १ देखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड थियो। यो जहाजका लागि यहीँ रहेका चिनियाँ इन्जिनियरले मर्मत गर्न नसकेपछि पुनः जहाज निर्माता कम्पनीले पुस १८ मा थप इन्जिनियरको अर्को टोली पठाएको थियो। त्यही टोलीले मर्मत गरेपछि जहाज तयार भएको थियो।




'मर्मत भएपछि एमए–६० ले नियमित उडान गर्न थालेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकन्युजसँग भने, 'पहिलो उडान विराटनगरका लागि गर्योर। टिकट बुकिङ पनि राम्रै भइरहेको छ।'

यो जहाजको बायाँ पखेटाको 'फ्ल्याप' को 'लिडिङ एज' मा चरा ठोक्किएर कुच्चिएपछि जहाज ग्राउन्डेड भएको थियो। कुच्चिएको भाग मर्मत भए पनि त्यसपछि बायाँ पखेटाबाट तेल चुहिन थालेको थियो।

एमए–६० तीन सातादेखि थन्किएपछि निगमको आन्तरिक उडानको व्यापार पनि प्रभावित भएको थियो। यो जहाजले भद्रपुरका लागि सातामा दुई, धनगढी दुई र नेपालगन्जका लागि तीन तथा विराटनगरका लागि दैनिक एक उडान गरी सातामा १४ उडान गरिरहेको थियो। जहाज ग्राउन्डेड भएपछि निगमले ठूलो परिमाणमा यात्रु तथा आम्दानी गुमाएको थियो।

यो जहाज गत असार दोस्रो साता चरा ठोक्किँएर पनि ग्राउन्डेड भएको थियो। त्यसबेला काठमाडौंबाट विराटनगर गएर अवतरण गर्नेक्रममा चरा ठोक्किएको थियो। दुई साता थन्किएको उक्त जहाज बल्लबल्ल उडेको दोस्रो दिनमै पुनः ग्राउन्डेड भएको थियो। जहाजमा रहेको राडारमा समस्या देखिएपछि थन्किएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस