काठमाडौं- कुनै समय मुलुकको मुख्य पाँच बालीभित्र पर्ने जौ उत्पादन घटेपछि अहिले आयात गर्नुपरिरहेको छ। परम्परागत रुपमा उत्पादन हुदै आएको र धार्मिक महत्व बोकेको जौ उत्पादन घटेपछि छिमेकी र युरोपको भरपर्नु परेको छ।
सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३२ करोड ५३ लाख ३८ हजार रुपैयाँको जौ भारत, चीन र युरोपका केही देशबाट आयात भएको छ। 'माल्ट रोस्टेड' र 'नट रोस्टेड' गरी दुई शीर्षकमा जौ आयात हुने गर्छ।
'माल्ट, नट रोस्टेड' शीर्षकमा चीन, भारत, कोरिया, डेनमार्क र जर्मनीबाट जौ ल्याइएको छ। पाँच देशबाट ल्याइएको जौको मूल्य २८ करोड ६० लाख २० हजार ६ सय २४ रुपैयाँ रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ। ती देशमध्ये अधिकांस परिमाण भारतबाट आयात भएको हो। भारतबाट ल्याइएको जौको परिमाण २४ करोड ७३ लाख ७० हजार रुपैयाँबराबर छ।
त्यस्तै, 'माल्ट रोस्टेड' शीर्षकमा ल्याइएको जौ ३ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढी परिमाणको छ। यो शीर्षकको जौ चीन र भारतबाट मात्रै आयात भएको छ। भारतबाट ३ करोड ९१ लाख ४१ हजार तथा चीबाट थोरै मात्रामा आएको तथ्यांकमा छ।
कृषि विज्ञका अनुसार जौ परम्परागत रुपमा उत्पादन हुँदै आएको नेपालको पुरानो बाली हो। यसको महत्व नबुझ्दा र सरकारको कृषि नीतिको प्राथमिकतामा नपर्दा दिनहुँ उत्पादन घट्दै गएको छ। कृषि विज्ञ कृष्ण पौडेलले झन्डै दुई दशकअघि जौ पाँचौं नम्बरको धेरै उत्पादन हुने बालीमा पर्थ्यो। 'धान, मकै, गहुँ, कोदोपछि उत्पादन हुने बाली जौ थियो,' उनले भने, 'अहिले यो उत्पादन खुम्चिएर कर्णाली क्षेत्रमा सीमित छ।' अन्य क्षेत्रमा नगण्यमात्रामा यसको उत्पादन भइरहेको छ।
जौ चिसो र सुक्खा पहाडी इलाकामा हुने बाली हो। पहाडी सुक्खा र चिसो, हिमाली भेगमा धेरै उत्पादन हुन्छ। सुक्खा, खडेरी सहने भएकाले नेपालको सन्दर्भमा भरपर्दो बाली भएको पौडेल बताउँछन्। थोरै मात्रामा भए पनि पहाडी क्षेत्रका हरेक घरले उत्पादन गर्ने जौ हाल घट्दै गएको छ। सरकारी तथ्यांकअनुसार अहिले वार्षिक ३७ हजार टन उत्पादन भइरहेको छ। पहिलेको दाँजोमा अहिले यो उत्पादन निकै कम भएको पौडेलको भनाइ छ।
उनका अनुसार यसको पौष्टिक महत्व र सरकारले प्राथमिकतामा राखेर उत्पादन नीति नबनाउँदा उत्पादन स्वात्तै घटेर गएको हो। 'हाम्रोमा जौ बालीको महत्व बुझेर यसबाट अन्य खाद्य पदार्थ बन्छ भन्ने चेतना फैलाउन सकिएन,' पौडेलले भने, 'जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउन सकिन्छ।'
जौ युरोप, रुसलगायतको मुख्य बालीभित्र पर्ने पौडेलले जानकारी दिए। युरोपमा पाउरोटी, बियर बनाउन जौको प्रयोग धेरै हुने गरेको छ। यसले गर्दा उनीहरूले उत्पादनमा जोड दिँदै आएका छन्। नेपालको कृषि उत्पादन भने भारतमा भरपर्नु परेकाले जौ उत्पादन हुन छोडेको उनले उल्लेख गरे।
विज्ञका अनुसार मुलुकमा जौको नयाँ जात ल्याउने, यसलाई प्राथमिकतामा राखेर उत्पादन गर्ने सरकारी नीति नै छैन। 'हाम्रोमा नयाँ जात उत्पादन गर्ने प्रयास नै भएन, भारतले जे प्रविधि, जात ल्याउँछ, त्यही अँगाल्ने बानीले जौ फस्टाउन सकेन,' पौडेलले भने।
कुनै समय नेपालमा जौ उत्पादन धेरै ठाउँमा, धेरैको प्राथमिकतामा थियो भन्ने धार्मिक महत्वले नै बुझाउँछ। अहिले पनि हिन्दू धर्मको कुनै पनि धार्मिक कार्य गर्न जौ नभई हुँदैन। 'धार्मिक महत्वले पनि हाम्रो देशको जौ उत्पादन बढ्नुपर्ने देखाउँछ,' पौडेलले भने, 'अहिले त तिलानीका लागि पनि जौ खोज्नुपर्ने अवस्था आइसक्यो।'