'मेरा पति युनुस होनहार हुनुहुन्छ।' सलमा अन्सारीले भन्नुभो-'त्यही भएर उहाँलाई फसाइयो।' पत्रकारहरूसमक्ष सार्वजनिक भएको विज्ञप्तिअनुसार युनुस होनहार नहुनु भएको भए फसाइनु हुने थिएन। किनभने यसो हुने भए त अरू पनि फसी हाल्थे नि। नक्कली रुपैयाँ कारोबारमा युनुस संलग्न हुनुभएको भन्ने आरोपको समेत सलमाले खण्डन गर्नु भएको छ। उहाँले भन्नु भएको छ-'युनुसजस्तो सक्कली मान्छेलाई नक्कली रुपैयाँको के खाँचो?
'ती रुपैयाँ जसलाई नक्कली भनिएकाछन् ती खासमा नक्कली हुँदै होइनन्।'आफ्नो भनाइ पुष्टि गर्ने क्रममा सलमाले के भन्नु भएकोछ भने - 'आधुनिक प्रविधि अपनाएर अत्याधुनिक विदेशी छापाखानामा छापिएका ती रुपैयाँ तयार गर्न अनेकौ प्रतिभाशाली मानिसको परिश्रम र सीप परेकोछ।'
सलमाको प्रश्न छ-'युनुस संलग्न हुनु भएको रुपैयाँलाई नक्कली मान्ने हो भने नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएका रुपैयाँलाई किन सक्कली मान्ने? आखिर दुईटै विदेशमा छापेर स्वदेशमा खपत हुने होइनन् र?' सलमाको थप प्रश्न के पनि छ भने युनुसलाई कारवाही गर्ने हो भने गभर्नरलाई किन छाड्ने?'
'देश भयानक आर्थिक संकटतर्फ उन्मुख छ।' सलमाको भनाइअनुसार मुलुकमा खपत भएर बाँकी रहेका रुपैयाँ छिमेकतिर निर्यात गर्न सकिन्छ।' उहाँका अनुसार यसले व्यापार घाटा कम गर्छ र भुक्तानी सन्तुलन कायम गर्न सहयोग पुर्याउँछ। सलमाको भनाइ के पनि रहेको छ भने देशको सोधनान्तर स्थितिनै प्रतिकूलतातिर उन्मुख भएका बेला निर्यातजन्य संभावना भएको युनुसले प्रारम्भ गर्नु भएको व्यवसायको कदर हुनुपर्छ।
'प्रत्येक नेपालीले युनुसले जस्तै रुपैयाँ उत्पादन गरी छिमेकतिर निर्यात गर्ने हो भने देश छिटै धनी हुनेछ।' सलमाले सोध्नुभएको छ -'देश धनी भएपछि के हुन्छ?' यसको जवाफ हो , देश धनी हुना साथ प्रत्येक नेपाली धनी हुने छन्। ती धनी नेपालीले टेलिभिजन च्यानल खोल्न सक्नेछन् जसरी युनुस स्वयंले खोल्नु भएको छ।
'यसरी टेलिभिजन च्यानल खोलेपछि के हुन्छ?' यस प्रश्नको समेत सलमासँग जवाफ छ। ती टेलिभिजन च्यानलले छिमेकीले गरेका अन्यायका विरोधमा आवाज उठाउने छन्। यसरी आवाज उठ्न थालेपछि राष्ट्रवादी भावनाले देश छ्यालब्याल हुनेछ। सलमाका अनुसार युनुस यस अभियानमा हुनुहुन्थ्यो किन भने उहाँ राष्ट्रवादी हुनुहुन्छ। निष्कर्षमा युनुसलाई फसाउनुको कारणै यही हो। किनभने नेपालका प्रहरी राष्ट्रवादी छैनन्।
'हरेक कुशल व्यवसायीको काम रुपैयाँ कमाउनु हो।' सलमाका अनुसार रुपैयाँ कमाउन अनेक व्यवसाय गर्न सकिन्छ तर रुपैयाँ उत्पादन व्यवसाय रुपैयाँ कमाउने सबैभन्दा उत्तम विधि हो। उहाँले के पनि प्रष्ट पार्नु भएको छ भने यस्ता विधि ती मानिसले मात्र अपनाउँछन् जो होनहार हुन्छन्। युनुसले किन यो तरिका अपनाउनु भयो भने उहाँ होनहार हुनुहुन्छ। सलमाको गुनासो छ-'नेपालीहरू कुरै बुझ्दैनन्।'
खैरो हेरोइन व्यवसायमा सरकारले निर्माण गर्न खोजेको अवरोध उदारवादी अर्थतन्त्र , विश्वव्यापीकरण, विश्व व्यापार संगठनलगायतका बहुपक्षीय र द्विपक्षीय व्यापार मंचमा नेपालले व्यक्त गरेको प्रतिबद्धता खिलाफमा भएको सलमाको ठहर छ।
एक देशको उत्पादनलाई अर्को देशमा सहज प्रवेशको मौका दिनु ती व्यापारिक सम्झौताका मर्म हुन् भन्दै सलमाले भन्नु भएकोछ -'यसरी अवरोध खडा गरेमा नेपालको विश्वव्यापी बदनामी हुनेछ।'
'खैरो हेरोइन एक यस्तो खाद्य सामग्री हो जुन युवापुस्ताबीच अति लोकप्रिय छ।' यसको सेवनले कुण्ठा , निराशा र हतासामा रहेका युवालाई स्फूर्ति प्रदान गर्दछ। युवामा स्फूर्ति आउनुको अर्थ हो उनीहरूमा व्यावसायिक क्षमताको विकास हुनु। यस्ता व्यवसायिक क्षमता भएका युवाले युनुसले अपनाएको बाटो लिने प्रबल सम्भावना भएको अनुमान गर्दै सलमाले सोध्नु भएको छ-'लौ भन्नोस् त्यसपछि देश कहाँ पुग्छ?'
सलमाको सल्लाह मान्ने हो भने देशका युवाले खैरो मात्र होइन कैलो , निलो , वैजनीलगायत विविध रंग र रूपका हेरोइन व्यवसाय संचालन गर्नुपर्छ। विविध जातका मुद्राको उत्पादन र निकासीमा सक्रिय हुनुपर्छ। नेपाल र छिमेकमा खपत हुने मात्र होइन अन्तराष्ट्रिय बजारमा खपत हुने डलर र पाउण्डजस्ता मुद्रा व्यवसायमा सक्रिय हुनुपर्छ। यसो गरेपछि मूलुकको आर्थिक प्रगति हुन्छ।
निष्कर्षमा सलमाले भन्नुभएकोछ-'युनुस यिनै यावत् योजनामा क्रियाशील हुनुहून्थ्यो तर नेपाल प्रहरीले सबै गोलमाल गरिदियो।'
सलमाको भनाइलाई नेपाल प्रहरीले चाहिँ हास्यस्पद भनेको छ। यसको जवाफमा सलमाले भन्नुभो-'तिमीहरूनै हास्यास्पद।'