काठमाडौं- दुई महिनादेखि ग्यास नपाएर छट्पटाइरहेकी पुरानो बानेश्वरकी सविता ठकुरी (नाम परिवर्तन) ले गत शुक्रबार महँगो मूल्यमा आधा भरिएको सिलिन्डर ल्याइन्। 'ग्यास सकिएको दुई महिना भइसक्यो, दाउरामा खाना पकाउन घरबेटीले दिँदैन। इन्डक्सन चुल्हो किन्यो झ्याप झ्याप बत्ती गएर हैरान पार्छ,' उनले नागरिकसँग गुनासो गरिन्, 'जति महँगो भए पनि पाएको बेला नकिनी सुखै पाइएन।'
उनले गत शुक्रबार पुरानो बानेश्वरस्थित सरल ग्यास सेन्टर डिपोबाट श्रीरामको आधा भरिएको सिलिन्डर नौ सय रुपैयाँमा किनिन्। 'डिपोवालाले मागे जति पैसा दिन बाध्य भएँ,' उनले भनिन् 'मागे जति नदिए अरुलाई बेच्छु भन्छ। लिँदा दुई सय रुपैयाँ बढी पर्छ।'
'तोकिएभन्दा दुई सय रुपैयाँ बढी किन लिएको भनेर डिपोवालासँग कुरा गर्दा उल्टै झर्केर लाने भए लैजानुस होइन भने प्रतिवाद नगर्नुस भन्दै हप्कीदप्की गर्छ,' उनले भनिन्, 'आफ्नो चुलोमा ग्यास नबलेको दुई महिना बितिसक्यो। बल्लबल्ल पाएको ग्यास गुमाउनुभन्दा मागे जति रकम तिर्नु बेस ठानेँ।'
सविता प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता उपभोक्ता राजधानीमा लाखौं छन्, जसले आधा सिलिन्डर ग्यास पाउन महँगो मूल्य तिर्ने मात्र होइन, ठूलै कसरत र भनसुन गर्नुपर्छ। भारतीय नाकाबन्दी सुरु हुँदाखेरि उद्योगीले पाँचतारे होटललाई महँगो मूल्यमा बेच्दा उपभोक्ता ग्यास नपाएर हैरान भए। अहिले डिपोवालाको दादागिरीबाट आजित छन्।
अहिले उद्योगको बदमासी त कहिले डिपोवालाको दादागिरीका कारण उपभोक्ता मर्कामा परेका छन्। अहिले प्रत्येक डिपोले तोकिएको मूल्यभन्दा ३० प्रतिशतसम्म महँगोमा सिलिन्डर बेचिरहेका छन्।
डिपोहरुले ठगी गरेको भन्दै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा उजुरीसमेत परेका छन्। तर, कारबाही हुन सकेको छैन। विभागका महानिर्देशक शम्भु कोइरालाले विभागमा सात सय ५० रुपैयाँसम्म लिएको उजुरी परेको बताए। 'तर, नौ सय रुपैयाँ लिएको उजुरी आजसम्म परेको छैन,' उनले शनिबार नागरिकसँग भने, 'लिएको प्रमाण फेला परे कारबाही हुन्छ।'
अहिले अघिकांश डिपोले तोकिएभन्दा दुई सयदेखि तीन सय रुपैयाँसम्म बढी लिँदै आएका छन्। वाणिज्य विभागले उजुरी नपरी कारबाही नगर्ने हुँदा मनपरी बढिरहेको उपभोक्ता अधिकारवादी बताउँछन्। 'वाणिज्य विभागमा उजुरी नपरेसम्म कारबाही नगर्ने प्रवृत्ति भएकाले डिपोवालाले लुट मच्चाएका हुन्,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले भने, 'अहिले त भाडा बढी तिर्नुपरेको भन्दै ३० प्रतिशतसम्म महँगोमा उपभोक्तालाई बेचिरहेका छन्।'
ग्यास उद्योगीका अनुसार डिपोलाई चाहिने कमिसन र ढुवानी भाडा दिएकाले तोकिएभन्दा बढी मूल्यमा बेच्ने अधिकार छैन। 'उनीहरुलाई उद्योगीले कमिसनबापत प्रतिसिलिन्डर १६ रुपैयाँ दिएर डिपोसम्म ग्यास पुर्याअइदिएपछि यति महँगो लिन पाइँदैन,' एक उद्योगीले भने, 'लिएका छन् भने कानुन अनुसार कारबाही हुनुपर्छ।'
'उद्योगीले डिपोको ढोकासम्म ग्यास पुर्यापएपछि कसरी महँगोमा बिक्री गर्न मिल्छ,' उनले भने, 'हामीसँगबाट कमिसन पनि लिने र ढुवानी पनि हामीले नै गरेपछि किन उपभोक्तासँग बढी असुल्ने?'
ग्यास बिक्रेता महासंघका कार्यबाहक अध्यक्ष अर्जुन देवकोटाले आधा सिलिन्डर ग्यासलाई नौ सय रुपैयाँ लिन नपाइने बताए। 'नौ सय रुपैयाँ लिनेलाई कारबाही हुनुपर्छ,' उनले भने, 'आठ सय रुपैयाँसम्म ठिकै हो। तर, नौ सय रुपैयाँ नै लिनु अपराध हो।'
'उद्योगले डिपोसम्म ग्यास नल्याएपछि डिपो आफैंले गाडी भाडा तिरेर ल्याउँदा प्रतिसिलिन्डर ८० रुपैयाँसम्म महँगो हुन्छ,' उनले भने, 'सात सय ८० रुपैयाँ तिरेर ल्याएको ग्यास आठ सय रुपैयाँमा त बिक्री गर्नै पर्योर। नौ सयमा बेच्न पाइन्न।' तर, अहिले धमाधम डिपोवालाले तोकिएको भन्दा तीन सय रुपैयाँसम्म बढ लिएर आधा सिलिन्डर ग्यास बेचिरहेका छन्।