काठमाडौं— स्वदेशमै उत्पादन गर्ने उद्योग हुँदाहुँदै पनि विदेशबाट ठूलो मात्रामा दालमोट आयात हुने गरेको छ। खाजाको रुपमा प्रयोग हुने दालमोट गत वर्ष झन्डै ४४ करोड रुपैयाँको आयात भएको छ।व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷०७२ मा १४ देशबाट दालमोट आयात भएको छ । 'दालमोट, पापड, साल्टेड भुजिया एन्ड चमेना' शीर्षकमा विदेशी दालमोट र पापड आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
गत वर्ष 'दालमोट, पापड, नुनिलो भुजिया र चमेना' शीर्षकमा ४३ करोड ९५ लाख ९४ हजार रुपैयाँको आयात भएको छ ।
गुणस्तर र प्याकेजिङमा विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली दालमोटले अपेक्षाकृत बजार लिन नसकेको उद्योगीको भनाइ छ । 'इन्डियन ब्रान्डका दालमोटको बजार धेरै छ,' अमृत एन्ड मनकामना दालमोट उद्योग उद्योग सञ्चालक केशर प्रधानले भने, 'सानो लगानीका हाम्रा उद्योगले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।'
ग्राहकले पनि भारतीय ब्रान्डका दालमोटमा धेरै विश्वास गर्ने गरेकाले नेपाली ब्रान्ड स्थापित हुन गाह्रो भइरहेको उनको भनाइ छ ।
दर्जनभन्दा धेरै देशबाट दालमोट ल्याउने गरे पनि अधिकांश छिमेकी भारतबाट आएको छ । गत वर्ष भारतबाट मात्र ४३ करोड ३९ लाख ५८ हजार रुपैयाँको दालमोट आयात भएको छ । अन्य १३ देशबाट ५२ लाख ३६ हजारको ल्याइएको छ । चीनबाट ४८ लाख १० हजार रुपैयाँको आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
थोरै परिमाणमा भए पनि दालमोट आयात हुने अन्य देशमा बंगलादेश, हङकङ, इन्डोनेसिया, जापान, मलेसिया, ताइवान, थाइल्यान्ड, युएई, अमेरिका, नेदरल्यान्ड र बेलायत छन् । व्यापारीहरू सस्तो मूल्यमा कहाँ पाइन्छ भनेर खोज्दै जाँदा धेरै देश पुग्ने गरेका छन् ।
व्यवसायीका अनुसार काठमाडौंमा झन्डै १० हाराहारी दालमोट उद्योग छन् । तीमध्ये केही राम्रा छन्, जसले बजारको केही हिस्सा ओगटेका छन् । धेरैजसो उद्योग एकदेखि तीन लाखसम्मको सानो लगानी गरेर चलाइरहेकाले गुणस्तरमा ध्यान दिन नसकेको व्यवसायीको भनाइ छ । 'सानो कोठामा सीमित सामानबाट उत्पादन गर्ने व्यवसायी धेरै छन्,' प्रधानले भने, 'यसले गर्दा बजारमा विश्वास जित्नेभन्दा पनि जीविका चलाउने काम मात्र भएको छ ।' नयाँ उद्योग खुल्ने र बन्द हुने क्रम चलिरहेको उनले बताए ।
व्यवसायीका अनुसार पाँच वर्षअघि देशमा दालमोट उद्योगमा लगानी र प्रतिस्पर्धाको वातावरण राम्रो थियो । तर उक्त प्रगतिले निरन्तरता पाउन सकेन । उद्योगमा लगानी बढ्न नसकेको व्यवसायीको भनाइ छ । 'तैपनि पहिलेभन्दा अहिले गुणस्तर धेरै राम्रो छ,' प्रधानले भने, 'तर आवश्यकता अनुसार बजार बढ्न सकेको छैन ।'
दालमोट उत्पादन गर्न चाहिने सबै कच्चा पदार्थ विदेशबाट आउँछ । सोयाबिन र आरबिडी तेल, आटा मैदा, दाल, गेडागुडी, बदाम सबै भारतबाट आउँछ । भारतबाट कच्चा पदार्थ ल्याउँदै महँगो पर्ने भएकाले स्वदेशी उत्पादनलाई असर गरेको व्यवसायीको भनाइ छ।
यति हुँदाहुँदै पनि स्वदेशी उत्पादनभन्दा भारतबाट आयातित दालमोट महँगो पर्न जान्छ । उपभोक्ताले पनि महँगै रोज्ने गरेको व्यवसायी बताउँछन् । यसको प्रमुख कारण स्वदेशी उत्पादन गुणस्तरीय र प्याकिङ राम्रो नहुनु हो । प्रभावकारी मार्केटिङ र नयाँनयाँ प्लान्टको अभाव तथा लगानी बढाउन नसक्दा स्वदेशी उत्पादन राम्रो हुन नसकेको व्यवसायीको भनाइ छ।
नाकाबन्दी र आन्दोलनले झन्डै दुई महिनादेखि काठमाडौंका अधिकांश दालमोट उद्योग बन्द भएको प्रधानले बताए । 'अहिले कच्चा पदार्थ नै छैन,' प्रधानले भने, '४५ दिनदेखि उद्योग चल्न सकेको छैनन् ।' कच्चा पदार्थ भए पनि महँगी उच्च भएकाले दालमोट उत्पादन गर्न नसकिने र गरिहाले पनि महँगो उत्पादन बिक्री गर्न कठिन हुने उनले बताए।