काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले कम्तीमा थप आठ नयाँ जहाज तथा हेलिकोप्टर सेवा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ।
समितिको निर्देशनअनुसार अन्तर्राष्ट्रिय उडान गर्न ठूलो आकार (वाइड बडी) दुई, सानो आकार (न्यारो बडी) दुई तथा आन्तरिक उडानका लागि चार थान जहाज तथा दुर्गम भेगमा हवाई पहुँच पुर्याजउन हेलिकोप्टर सेवा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने छ।
वाइड बडी जहाजले लामो दुरी (एकतर्फी चार घन्टाभन्दा बढी) सिधै उडान गर्न सक्छ भने न्यारो बडीले त्यसभन्दा कम दुरीमा उडान गर्छ। हाल निगमसँग रहेका चार थान जहाज सबै न्यारो बडी हुन्। यी सबैले छोटो दुरीका गन्तव्यमा उडान गरिरहेका छन्।
सञ्चालक समितिको निर्देशनलगत्तै निगम व्यवस्थापनले कर्पोरेट डाइरेक्टर रामहरि शर्माको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरेको छ। समितिमा फाइनान्सियल, कमर्सियल, इन्जिनियरिङ र अपरेसन विभागका एक–एक अधिकारी सदस्य छन्।
'हामीले काम सुरु गरिसक्यौं,' अध्ययन समितिका संयोजक तथा निगमका प्रवक्ता शर्माले आइतबार नागरिकसँग भने, 'बढीमा एक महिनाभित्र कम्तीमा थप नयाँ आठ थान जहाज र दुर्गम भेगमा हेलिकोप्टर सेवा सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्छौं र सञ्चालक समितिलाई बुझाउँछौं।'
उनका अनुसार समितिले सबैभन्दा पहिला बजार अध्ययन गर्न थालेको छ। कुन देशका कुन सहरबाट कति यात्रु/पर्यटक नेपाल आउन सक्छन्, त्यसबारे अध्ययन सुरु गरिएको हो। त्यसैगरी हवाई सेवा सम्झौता भएका देशहरूमा कहाँ–कहाँ जान सकिन्छ, सातामा वा दैनिक कतिवटा उडान गर्न सकिन्छ, कुन आकारका जहाज लान सकिन्छ जस्ता विषयमा केन्द्रित भई अध्ययन गरिने छ।
पछिल्लो तथ्यांकअनुसार नेपालले हालसम्म विश्वका ३८ देश र संस्थातर्फ युरोपेली युनियन –इयू) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्।
'हामी युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायत देशको पनि सम्भाव्यता अध्ययन गर्छौं,' शर्माले भने, 'वाइड बडी जहाज खरिद गर्न सकियो भने लामो दुरीका ती गन्तव्य जान ठूलो विषय हुने छैन।'
निगमले विगतमा लामो दुरीका गन्तव्य युरोपका लन्डन (बेलायत), पेरिस (फ्रान्स) र फ्र्यांकफर्ट (जर्मनी), सांघाई (चीन) तथा ओसाका (जापान) सम्म उडान सञ्चालन गरेको थियो। तर, त्यसबेला हाल भएकै न्यारो बडी जहाज प्रयोग गरेको थियो।
हाल निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न करिब तीन दशक पुराना 'बि७५७' दुई थान तथा पछिल्लो पटक खरिद गरिएका 'ए३२०–२००' सिरिजका दुई थान जहाज एवं आन्तरिक उडान गर्न करिब चार दशक पुरानो 'टि्वनअटर', 'मोडर्न आर्क' (एमए–६०) र 'वाई१२–ई' सिरिजका एक–एक थान जहाज सञ्चालनमा छन्।
बि७५७ अमेरिकी जहाज निर्माता कम्पनी बोइङ र ए३२० युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेका हुन् भने टि्वनअटर क्यानडामा निर्माण भएको हो। एमए–६० र वाई१२–ई भने चीनमा उत्पादन भएका जहाज हुन्।
आन्तरिक उडानलाई नयाँ चार जहाज थप्ने विषय भने चीनबाट आउन बाँकी चारवटै जहाजमा विद्यमान समस्या समाधान भएमा त्यही ल्याइने र त्यसपछि अन्य कम्पनीका जहाजबारे पनि अध्ययन गरिने शर्माको भनाइ छ।
हेलिकोप्टर सेवा भने निगमले तीन दशकअघिसम्म सञ्चालन गरेको थियो। सन् १९८२ सम्म छुट्टै विभागमार्फत निगमले एउटा हेलिकोप्टरबाट सेवा गरेको थियो। उक्त हेलिकोप्टर बिक्री गरेपछि यस्तो सेवा सञ्चालन नगर्ने निर्णय त्यसबेला गरिएको थियो।
अहिले फेरि हेलिकोप्टर सेवा पनि सञ्चालन गर्ने गरी बजार अध्ययन गर्न सञ्चालक समितिले निर्देशन दिएको हो। हवाईजहाज सेवा नपुगेका दुर्गम क्षेत्रमा हेलिकोप्टर सेवा दिई हवाई पहुँच पुर्यासउने उद्देश्यले यस्तो तयारी गरिएको हो।
भारतले लगाएको नाकाबन्दीपछि दैनिक उपभोग्य वस्तुसहित पेट्रोलियम पदार्थको चरम अभाव भइरहेका बेला नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा राष्ट्रिय ध्वजावाहकको महत्व ठूलो हुने गरेको विज्ञहरूको भनाइ छ। यस्तो बेला ध्वजावाहकसँग पर्याप्त ठूला जहाज हुन्थ्यो भने अधिकांश सामग्री आफ्नै जहाजबाट ओसार्न सकिन्थ्यो र नाकाबन्दीको प्रभाव अहिलेजस्तो चरम हुनै नसक्ने उनीहरूको भनाइ छ।
...थप नयाँ जहाज खरिद गर्न वित्तीय, बजार, प्राविधिकलगायत सबै विषयको विस्तृत अध्ययन गर्छौं,' संयोजक शर्माले भने, 'यसअघि बनाइएका व्यापारिक योजनालाई कार्यान्वयन गर्न हाम्रो अध्ययनबाट सहयोग मिल्छ र त्यसैअनुसार परिमार्जन गर्दै जान सजिलो पनि हुनेछ।'