काठमाडौं- यो वर्ष पहाडी क्षेत्रमा धेरै फर्सी फले। मकैबारीभित्र फल्ने फर्सी उत्पादन धेरै भएपछि किसानले केही गाई–भैंसीलाई कुँडो पकाएर ख्वाए, केही कुहिएर खेर गयो। गाउँघरमा फर्सी उत्पादन धेरै भए पनि यसलाई व्यावसायिक रुप दिन नसक्दा बजारको माग पूरा गर्न भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा भारतबाट दुई लाख ६९ हजार सात सय ८१ किलो फर्सी आयात भएको छ। आयात परिमाण सानो भए पनि यसले कृषिप्रधान देश नेपाल कृषि उत्पादनमा कुन हदसम्म परनिर्भर छ भन्ने दर्शाउँछ। फर्सी आयात गर्दा ३३ लाख ३० हजार रुपैयाँ भारत गएको छ।
नेपालको तराई र पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरे पनि पर्याप्त नहुँदा विदेशी तरकारीले नेपालमा बजार पाएको छ। गाउँघरमा रासायनिक मलको प्रयोगविना फल्ने फर्सी उत्पादनलाई व्यावसायिक बनाउने र त्यसलाई बजार पुर्याछउने व्यवस्था हुने हो भने भारतीय आयात रोक्न सकिने विज्ञ बताउँछन्।
किसानले निकै पहिलेदेखि उत्पादन गरिरहेका तरकारीको आयात पनि बढ्दै गएको सरकारी अभिलेख छ। सिमी, काँक्रो, च्याउ, टमाटर, आलु जस्ता परम्परागत रुपमा खेती गर्दै आएको तरकारी आयात बर्सेनिक बढिरहेको तथ्यले अर्थतन्त्र झन्झन् परनिर्भर भएको पुष्टि गर्छ। उत्पादनबाट कम प्रतिफल पाउने र कृषिबाटै पलायन हुन सक्ने स्थिति सिर्जना भएको कृषकको गुनासो छ।
केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा भारतबाट दुई शीर्षकमा काँक्रो आयात भएको छ। सो वर्ष झन्डै ५० हजार केजी काँक्रो आयात भएको तथ्यांक छ। पहिलो शीर्षकमा ३६ हजार ६ सय ४० केजी चार लाख ६१ हजार ७० रुपैयाँमा आयात भएको छ। अर्को शीर्षकमा १३ हजार ५० केजी काँक्रोलाई एक लाख ४० हजार रुपैयाँ तिरिएको छ।
भन्छामा प्रयोग हुने अर्को तरकारी सिमीमा पनि नेपाल परनिर्भर छ। सिमी दाल र बिउको लागि प्रयोग हुन्छ। नेपाली व्यवसायीले भारत र मंगोलियाबाट सिमी आयात गरेका छन्। केन्द्रको तथ्यांक अनुसार भारत र मंगोलियाबाट तीन लाख ६१ हजार तीन सय ७० केजी सिमी दुई करोड ४३ लाख १२ हजार रुपैयाँभन्दा बढी तिरेर आयात गरिएको छ। त्यसमध्ये भारतबाट एक हजार सात सय १५ किलो र बाँकी मंगोलियाबाट आएको तथ्यांक छ।
पछिल्लो समय देशभित्र च्याउ खेती बढ्दै गए पनि आयात भने रोकिएको छैन। गत वर्षको तथ्यांक अनुसार नेपालमा भारत र भुटानबाट च्याउ आयात गरिएको छ। दुई देशबाट तीन शीर्षकमा च्याउ भित्रिएको छ।
'फ्रेस मसरुम' शीर्षकमा भुटान र भारतबाट चार हजार तीन सय २३ केजी च्याउ आएको छ। दुई देशबाट च्याउ ल्याउन तीन लाख ८२ हजार रुपैयाँ खर्च भएको छ। भारतबाट 'मसरुम एन्ड ट्रुफ्लेज' शीर्षकमा एक करोड ३७ लाख ३९ हजार पाँच सय ९४ रुपैयाँको च्याउ आएको छ।
'मसरुम अफ द जेनुस एगरिकस' शीर्षकमा पनि च्याउ ल्याइएको तथ्यांक छ। यस शीर्षकमा ३६ हजार पाँच सय १० केजी च्याउ २७ लाख ९९ हजार चार सय ३१ रुपैयाँमा आयात गरिएको छ।