काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि आह्वान गरेको बोलपत्र मूल्याङ्कन प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ।

अन्तराष्ट्रिय बोलपत्रमा भाग लिएका जम्मा १६ ओट कम्पनी मध्ये उत्कृष्ट कम्पनी छनौट गरी सकिने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। 'सोचेअनुसारको गतिमा काम अघि बढ्यो भने आगामी ६ महिनाभित्रमा सौर्य विद्युत् प्लाण्टको २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिसकिने छ,' उनले भने।
नेपाल ग्रिड सोलार र इनर्जि इफिसियन्सी कार्यक्रमका लागि विश्व बैङ्कले नेपाल सरकारलाई दिने सम्झौता भएको १३ अर्ब रुपैयाँ मध्ये ५ अर्ब रुपैयाँ उक्त प्लाण्ट निर्माणमा लगानी गर्ने तयारी प्राधिकरणले गरेको छ। २५ मेगावाट क्षमताको सौर्य विद्युत् प्लाण्ट स्थापनाका लागि प्राधिकरणले नुवाकोटको देवीघाट र त्रिशुली तथा मकवानपुरको कुलेखानी गरी ३ स्थानमा प्लाण्ट स्थापना गर्न सकिने जनाएको छ। देवीघाट र त्रिशुलीमा जमीन पर्याप्त नभएको अवस्थामा मात्रै कुलेखानीको जलाशय माथिको हवाई क्षेत्रमा प्यानल स्थापना गर्ने प्राधिकरणको अवधारणा छ। 'जलसतहतको एयर स्पेसमा पनि सोलार प्यान राख्न मिल्ने प्रविधिको विकास भइसकेको छ,' कार्यकारी निर्देशक काफ्लेले भने, 'तर यस विषयमा अहिलेसम्म त्यस्तो ठोस निर्णय केही भइसकेको छैन।'
सौर्य प्लान्ट निर्माणका लागि बोलपत्रमा भाग लिएका १६ कम्पनी मध्ये ९९ प्रतिशत चिनियाँ कम्पनी रहेको सोलार ग्रिड तथा इनर्जि इफिसियन्सि परियोजनाका प्रमुख पद्मकान्त झाले बताए ।
ग्रिड सोलार र इनर्जि इफिसियन्सी कार्यक्रमलाई विभिन्न चार चरणमा विभागजन गरेर कार्यान्वयन गर्ने सहमति यसअघि नै विश्व बैङ्क र सरकारबीच भइसकेको छ। पहिलो चरणमा २५ मेगावाटको सौर्य प्लाण्ट जडान गरी विद्युत् उत्पादन गर्ने र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यक्रम रहेको छ । दोस्रो चरणमा विद्युत् वितरणमा रहेका समस्याहरुको अध्ययन अनुसन्धान गरी 'वितरण गुरुयोजना' तयार गर्ने कार्यक्रम छ । तेस्रो चरणमा विद्यूत् वितरण चुहावट सम्बन्धी अध्ययन अनुसन्धान गरी 'चुहावट नियन्त्रण' गुरुयोजना तयार गरिने छ ।
चौथो अर्थात् अन्तिम चरणमा उक्त गुरुयोजनाहरुलाई कार्यान्वयन गर्ने गरी 'चुहावट नियन्त्रण तथा वितरण सुधार' आयोजना सञ्चालन गरिने छ । विश्व बैङ्कले दिने १३ मध्ये रु. ८ अर्ब यस आयोजनामा लगानी हुने आयोजना प्रमुख चौधरीले बताए । गत वर्षको पुस ८ गते अर्थमन्त्रालयले विश्व बैङ्को उक्त ऋण स्वीकृत गरेको थियो ।
खास गरी काठमाडौं उपत्यकाको लोडसेडिङलाई अन्त्य गर्नका लागि उक्त सौर्य ऊर्जा स्थापना गर्न लागिएको हो। यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आफ्नै प्रयोजनका लागि ललितपुरको सुन्दरीघाटमा ६ सय ८० किलोवाट क्षमताको सौर्य ऊर्जा प्लाण्ट स्थापना गरेको थियो। उक्त प्लान्ट अहिले पनि सञ्चालनमा छ।