काठमाडौं- भारतको नाकाबन्दीले स्वदेशी बजारमा खानेतेलको अभाव समेत चर्किन थालेको छ। तिहारमा धेरै प्रयोग हुने तेल अभाव बढेपछि मूल्य अकासिएको छ। नेपालमा खानेतेल उत्पादन खासै हुँदैन। भएका उद्योगले उत्पादन गर्ने सानो परिमाण पनि अचेल रोकिएको छ। नेपालमा धेरैजसो तेल तेस्रो देशबाट आयात भएको तथ्यांकले देखाउँछ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २१ अर्ब रुपैयाँभन्दा धेरैको खानेतेल आयात भएको छ। खानेतेल आयात तेस्रो देशबाट धेरै भएको देखिन्छ।
'नेपालमा भारत लगायत धेरै देशबाट तेल आयात भएको छ,' केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले भने, 'प्रकार पनि धेरै छन्।' नेपालमा सोयाबिन, सनफ्लावर, जैतुन, पाम, कोकोनट, तोरी लगायतका खानेतेल आयात हुन्छ।
केन्द्रको तथ्यांक अनुसार कच्चा सोयाबिन तेल (क्रुड सोयाबिन आयल) १२ अर्ब ४८ करोड ३२ लाख रुपैयाँको आयात भएको छ। यो तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे, बेलिजबाट आएको छ। सबैभन्दा धेरै अर्जेन्टिनाबाट ल्याइएको छ। अर्जेन्टिनाबाट ८ अर्ब ३९ करोड, ब्राजिलबाट २ अर्ब र पाराग्वेबाट १ अर्बको आयात भएको तथ्यांक छ।
गत वर्ष २ लाख १३ हजार ३ सय ४९ केजी सोयाबिन तेल आयात भएको छ। सोयाबिन तेल मलेसिया, भारत र इन्डोनेसियाबाट २ करोड ७३ लाख ५६ हजार रुपैयाँको ल्याइएको छ। यो तेल सबैभन्दा धेरै मलेसियाबाट आएको छ। त्यहाँबाट १ करोड ७९ लाख रुपैयाँ खर्चेर १ लाख ३६ हजार ८ सय २८ केजी सोयाबिन तेल ल्याइएको छ। यो शीर्षकमा भारतबाट ३२ लाख ३० हजार रुपैयाँ खर्चेर २९ हजार केजी ल्याइएको छ।
नेपालमा आयात अर्को तेल जैतुनको हो। यो दुई शीर्षकमा आएको छ। 'भर्जिन ओलिभ आइल' शीर्षकमा ४९ हजार ५ सय १५ केजी ल्याइएको छ। यसका लागि १ करोड ७५ लाख ४५ हजार रुपैयाँको बिदेसिएको छ। यो तेल भारत, इटाली, स्पेन र टर्कीबाट आएको सरकारी तथ्यांकले देखाएको छ। सबैभन्दा धेरै स्पेनबाट ४१ हजार ५ सय ७१ केजी १ करोड ४० लाख २४ हजार रुपैयाँमा ल्याइएको छ। भारतबाट १० लाख ४० हजार मूल्यको २ हजार २ सय ७९ केजी ल्याइएको छ।
जैतुनको तेल शीर्षकमा ३ करोड ९३ लाख २४ हजार रुपैयाँको ८७ हजार ४ सय ९३ केजी आयात भएको छ। भारतबाट ३३ लाख ९३ हजार तिरेर ८ हजार ७ सय ४३ केजी ल्याइएको छ भने अरु इटाली, स्पेन, बेलायत र टर्कीबाट ल्याइएको छ।
पाम आयल पनि आयात हुन्छ। क्रुड पाम आयल शीर्षकमा ४ अर्ब ९६ करोड ४५ लाख ७१ हजार रुपैयाँको तेल ल्याइएको छ। यो इन्डोनेसिया, मलेसिया र अर्जेन्टिनाबाट ल्याइएको हो। यो तेल सबैभन्दा धेरै इन्डोनेसियाबाट ४ अर्ब ८५ करोड ३९ लाख रुपैयाँभन्दा बढीको ल्याइएको छ।
पाम आयल शीर्षकको तेल चीन, इन्डोनेसिया, मलेसिया र भारतबाट ल्याइएको छ। यसमा ४२ करोड ९३ लाख ६२ हजार रुपैयाँ बाहिरिएको छ।
'सनफ्लावर आयल' शीर्षकमा २० करोड ६३ लाख ४४ हजारको आयात भएको छ। यसमध्ये भारतबाट ४ करोड ३२ लाख ४९ हजारको आयात भएको छ। सनफ्लावर मलेसिया, स्पेन र टर्कीबाट पनि आएको छ।
अन्य शीर्षकमा पनि तेल ल्याइएको छ। जसका लागि लाखदेखि करोडसम्म बाहिरिएको छ। कोकोनट आयल र क्रुड कटन आयल चीन र मलेसियाबाट आएको तथ्यांक छ। कोकोनट सिड आयल मलेसियाबाट ल्याइएको छ। मैज कर्न आयल, पाम केरनेल आयल पनि मलेसिया र भारतबाट आएको छ। यी शीर्षकका तेल करोड हाराहारीमा आएका छन्। त्यस्तै, फिस लिभर आयल, एनिमल फ्याट एन्ड आयल, बदामको तेल, रेपसिड आयल, लिनसिड आयल, क्यास्ट्रो आयल एन्ड फ्याक्सान, सिसेम आयल लगायत शीर्षकमा पनि तेल आयात भएको तथ्यांक छ।