काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अधिकतम ७१ प्रतिशतसम्म बढाउने निर्णय गरेका छन्। बढ्ने भाडा दर मंगलबारबाट लागु हुने छ। मुलुकको उड्डयन इतिहासमै पहिलो पटक यति भारी परिमाणमा भाडा वृद्धि भएको हो।नेपाल आयल निगमले 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर १ सय १५ रुपैयाँका दरले बढाएर प्रतिलिटर २ सय ३३ रुपैयाँ पुर्याेएपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडा बढाउने निर्णय गरेको हो। सोमबारसम्म हवाई इन्धनको भाउ प्रतिलिटर १ सय १८ रुपैयाँ छ। यसमा ९७.४ प्रतिशतले भारी वृद्धि गरेको हो।
भारतको नाकाबन्दीपछि स्थलमार्ग अवरुद्ध हुँदा आयल निगमले नेपाल वायुसेवा निगमको जहाज प्रयोग गरी भारतको कोलकाताबाट हवाई इन्धन आपूर्ति गर्दै आएको छ। यसरी ल्याउँदा लागत उच्च परेको भन्दै आयल निगमले सोमबार हवाई इन्धनको भाउ लगभग सतप्रतिशत बढाउने निर्णय गरेको हो।
इन्धनको भाउ उच्च दरले बढ्नासाथ वायुसेवा कम्पनीहरूले न्यूनतम ६८.८ प्रतिशतदेखि अधिकतम ७१.७ प्रतिशतले हवाई भाडा बढाउने निर्णय गरेका हुन्।हवाई इन्धनको भाउ बढेपछि वायुसेवाहरूले 'फ्युल सरचार्ज' शीर्षकमा वृद्धि गर्ने गर्छन्। यो वृद्धि हवाई टिकटमै जोडिएको हुन्छ। वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई बढेको भाडाकै रूपमा लिन्छन्।
'इन्धनको भाउ लगभग सतप्रतिशत हाराहारीले बढेपछि वाध्य भएर हामीले फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेका हौं,' बुद्ध एयरका बिक्री तथा बजार कार्यकारी प्रबन्धक परासरजंग पाण्डेले सोमबार नागरिकसँग भने, 'यसबाट यात्रुलाई ठूलो मार पर्ने हामीले बुझेका छौं। तर लागत उच्च भएपछि भाडा बढाउनुको विकल्प पनि छैन। इन्धन आपूर्ति सहज भएपछि भाडा पुरानै दरमा आउने छ।'
संघका अनुसार न्यूनतम १ हजार २ सय ९५ देखि अधिकतम ४ हजार ३ सय १० रुपैयाँसम्म सरचार्ज बढाउने निर्णय भएको छ। अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ४ हजार १ सय ६० रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १५ हजार ८ सय २ रुपैयाँ तिर्नुपर्छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। सोमबारसम्म सिमरा जान २ हजार ८ सय ६५ र धनगढी जान ११ हजार ३ सय ४० रुपैयाँ लाग्छ। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्।
त्यसैगरी अब माउन्टेन फ्लाइटमा ४ हजार ३ सय १० रुपैयाँ, पोखरालाई १ हजार ९ सय ४०, भैरहवा २ हजार ३ सय ७०, विराटनगर २ हजार ६ सय ६०, नेपालगन्ज ३ हजार ३ सय ७५, भद्रपुर ३ हजार १ सय ६०, तुम्लिङटार २ हजार ३ सय ७५, जनकपुर १ हजार ७ सय २५ र भरतपुरलाई १ हजार ५ सय १० रुपैयाँ बढी तिर्नुपर्छ।
त्यसैगरी मंगलबारबाट काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु १४ हजार ३५ रुपैयाँ, पोखरा जान ६ हजार ४ सय ९०, भैरहवा ८ हजार ६०, विराटनगर ९ हजार १ सय ५५, नेपालगन्ज ११ हजार ८ सय ९०, भद्रपुर ११ हजार ७०, जनकपुर ५ हजार ६ सय ५, भरतपुर ४ हजार ८ सय ५० र तुम्लिङटार जान ७ हजार ७ सय ५० रुपैयाँ तिर्नुपर्छ। विराटनगरबाट तुम्लिङटार जान प्रतियात्रु २ हजार ९ सय १० रुपैयाँ बढेर ४ हजार ७ सय ५ रुपैयाँ पुगेको छ।
वायुसेवा कम्पनीहरूले गत साउनमा भाडा घटाएका थिए। त्यसबेला हवाई इन्धनमा प्रतिलिटर १ सय ३३ बाट १५ रुपैयाँ घटेपछि भाडा घटाएका थिए। त्यसबेला दोस्रो पटक पटक भाडा घटाएका थिए। त्यसअघि २०७१ पुसमा पनि भाडा घटाएका थिए।
'आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गर्दा यसको भार यात्रुमाथि नै पर्ने हो, त्यसकारण वाध्य भएर हामीले पनि भाडा बढाउनुपर्ने असहज निर्णय गर्नुपर्योर,' सिमि्रक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने, 'हवाई इन्धन सहज आपूर्ति हुनासाथ भाडा घटाउने हाम्रो वाचा भयो।'
वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको भाउ पेट्रोलका दाँजोमा कम हुने गरे पनि नेपालमा उल्टो हुँदै आएको छ।
प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ। सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ। सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो।