काठमाडौं— भारतले नेपालमाथि लादेको नाकाबन्दी अझ चरम बनाएको छ। पाँच दिनदेखि एक थोपा इनधन पनि भारतले नछोडेको नेपाल आयाल निगमले जनाएको छ।वीरगञ्जमा प्रहरीलाई ढुंगामुढा गर्ने क्रममा सुरक्षाकर्मी गोली लागी भारतीय नागरिकको मृत्यु भएपछि भारतले नेपाल पठाउने इन्धनमा अझ कडाइ गरेको हो।
निगमका अनुसार भारतीय सीमा नाकाहरुमा तेल भरिएका ३३६ ट्याङ्कर तथा ग्यास बोकेका ३२१ ग्यास बोकेका बुलेटलाई भारतले नेपाल प्रवेश गर्न रोकेर राखेको छ। १८ गतेयता एक थोपो पनि पेट्रोलियम पदार्थ भारतीय नाकाबाट नेपाल नभित्रिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग यस विषयमा पटक पटक तेल पठाउन आग्रह गर्दा पनि तेल भित्रिन नसकेको हो। प्रवक्ता घिमिरेले शनिबार बेलुका आधा घन्टासम्म आइओसी पदाधिकारीसँग कुराकानी गर्दा समेत तेल लोड पनि नदिएको र भन्सार क्लियर पनि नगरेको बताए।
'आइओसीले यो राजनीतिक समस्या भएको कारण तेल आपूर्ति रोकेको बताएको छ', घिमिरेले नागरिकन्युजसँग भने, 'एक थोपा पनि तेल नआउँदा नेपालीको दैनिक जीवन यापन झन कस्टकर बन्दै गएको छ।'
वीरगञ्ज नाकामा समस्या भए पनि अन्य सहायक नाकाहरुबाट पनि इन्धन नभित्रँदा निगमका पाँच वटै डिपोमा तेल सकिएको छ। विराटनगर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, काठमाडौं डिपोमा अति आवश्यक इन्धन पनि बाँडिसकिएको छ।
उनका अनुसार चीनले अनुदानमा दिएको १३ लाख लिटर तेलमध्ये अहिलेसम्म ४ लाख लिटर तेल काठमाडौं आइपुगेको छ। चीनबाट थप तेल ल्याउनका लागि आवश्यक ट्यांकर केरुङ नाकातर्फ पठाइएको घिमिरेले जानकारी दिए।
यसैगरी ग्यास आपूर्ति भने एक हप्ताबीचमा दुई बुलेट मात्र नेपाल भित्रिएको छ।
निगमका अनुसार इन्धन भरेर नेपाल प्रवेश गर्न खोज्ने २२६ ट्याङ्कर र ३२१ ग्यास बोकेका बुलेटलाई भारतीय पक्षले नाकामा रोकेर राखेको छ।
यो परिमाणको ग्यास नेपाल भित्रिने हो भने ४ लाख सिलिन्डर रिफिल हुन सक्छन्। यदि आधा सिलिन्डर ग्यास दिने हो भने अहिलेको ८० प्रतिशत माग पूरा गर्न सकिने उनको भनाइ निगमको भनाइ छ।
भारतले ट्यांकर रोकेका स्थानहरुमा झापाको पानीट्याङ्की नाकमा ग्यास भरिएका ७ बुलेट र इन्धन बोकेका ३५ ट्यांकर नेपाल प्रवेशको पर्खाइमा छन्। विराटनगर नाकामा १५६ ट्यांकर तथा ग्यास भरिएका १२ बुलेट नेपाल प्रवेश गर्न पर्खिरहेका छन्।
वीरगञ्ज नाकामा ग्यास भरिएका २०८ बुलेट अलपत्र अवस्थामा छन्।
भैरहवा नाकामा इन्धन बोकेका ८० ट्यांकर तथा ग्यास भरिएका ८४ बुलेटलाई भारतले नेपाल प्रवेश गर्न नदिई रोकिरहेको छ। नेपालगञ्ज नाकामा इन्धन बोकका ५९ ट्याङ्कर तथा ग्यास बोकेका १० बुलेटलाई भारतीय भन्सारले नेपाल प्रवेश गर्न दिएको छैन। यसैरी धनगढी नाकामा ४ ट्याङ्कर इन्धन तथा १० बुलेट ग्यासलाई नेपाल प्रवेश गर्न दिइएको छैन।
वीरगञ्जमा भारतीय नागरिकको मृत्युपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर घटनाको भत्र्सना गरेका थिए। त्यसपछि भारत अझ क्रुद्ध बनेको देखिएको छ।