कर्णाली राजमार्गको अवस्था नाजुक
०५ असार २०७९
•
३ मिनेट पाठ
कर्णाली राजमार्गको अवस्था नाजुक
साँघुरो, अप्ठ्यारो र दुर्घटनास्थलका रूपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा बर्सेनि जोखिम बढिरहेको छ।




राजमार्ग टालटुलबाहेक स्तरोन्नतिमा बजेट कम हुँदा वर्षात्मा गाडी गुड्नै सकस हुने गरेको हो। जसले गर्दा कर्णालीवासीले बर्सेनि सास्ती बेहोर्नुपरेको छ। पुरै राजमार्ग प्रायः साँघुरो भएकाले सामान्य वर्षात्मा पनि पहिरोले तीनचार दिनसम्म अवरुद्ध हुने गरेको छ। टालटुल बजेट विनियोजनभन्दा पनि सडक चौडा र स्तरोन्नति गर्नेगरी सरकारले कर्णाली राजमार्गमा ध्यान दिनुपर्ने सडक डिभिजन कार्यालयका इन्जिनियरहरू बताउँछन्।

राजमार्गको दैलेख खण्ड प्रवेशसँगै हिउँदमा धुलो, वर्षात्मा सडकमा पहिरो र हिलोको लेदो हुँदै मुस्किलले गाडीहरू चल्ने गर्छन्। पहिरो आएका बेला यहाँ साता दिनसम्म सवारीसाधन चल्दैनन्। पहाडबाट आउने खहरेहरूले ढुंगामाटो बगाएर सडकमै थुपार्दा राजमार्ग जीर्ण अवस्थामा रहेको छ। वर्षात्ले ठाउँठाउँमा कालोपत्रेसमेत बगाएको छ। खहरेले बगाएर ल्याएको माटो ढुंगामाथि गाडी चढाउँदा दुर्घटना जोखिम पनि उत्तिकै छ। राजमार्गको धेरैजसो ठाउँ हिलो र पहिरोले सडक क्षतविक्षत अवस्थामा पुगेको छ। थोरै र झिनो बजेटमा मर्मतसम्भारको काम भइरहेको छ। राजमार्गका धेरै स्थानमा पुलबिनाका खहरे खोलाहरूका कारण वर्षात्मा राजमार्गलाई चुनौती थपिने गरेको हो। सुर्खेतबाट जुम्ला यात्रा गर्नेहरू निकै सास्तीपूर्ण यात्रा गरेर गन्तव्यमा पुग्ने गरेको रार्कमका व्यवसायी नैनबहादुर शाहीले बताए।

‘बर्खायामसँगै राजमार्गमा कतै न कतै पहिरोले रोकेकै हुन्छ। व्यवसायी शाहीले भने, ‘सडकमा पिचभन्दा पनि खाल्डाखुल्डी बढी छन्।’ २ सय ३६ किलोमिटर कर्णाली राजमार्ग दुई खण्डमा विभाजन गरिएको छ। दैलेखको दहीखोलाबाट जुम्लासम्म १ सय ४ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाले हेर्छ भने दहीखोलादेखि सुर्खेत (बांगेसिमल) सम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आइरहेको छ। मुख्य गरी वर्षात्मा गोठखोला, घट्टेखोला, सेरिघाट, पिली, रारालिहीमा पहिरो र टाकुल्ला खोला र जाक्सी खोलामा बाढीले सडक अवरुद्ध पार्ने गर्छ। राजमार्गमा प्रायः पुलहरू बनिसकेका छन्। कर्णाली राजमार्गको स्तरोन्नति शीर्षकमा गत वर्ष बजेट नै नआएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सडक क्षतविक्षत अवस्थामा हुँदा समेत बजेट नआउनुले सडकको अवस्था झन् नाजुक छ।  

राजमार्ग साँगुरो हुनु नै प्रमुख समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी (इन्जिनियर) राजु पौडेलले बताए। ‘बढी पिचभन्दा पनि राजमार्ग चौडा गर्नुपर्छ,’ सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर पौडेलले भने, ‘राजमार्ग चौडासँगै स्तरोन्नति सँगसँगै हुनुपर्छ।’ यो वर्ष रत्न राजमार्गअन्तर्गत हर्रेदेखि कर्णाली राजमार्गको दहीखोलासम्म ५ करोड राजमार्ग स्तरोन्नति शीर्षकमा झिनो बजेट आएको छ।

जसबाट सडक चौडा, कालोपत्रे, नाली, वाल आदिको काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले बताए। ‘राजमार्ग स्तरोन्नतिका लागि बजेट कम आउने गर्दछ,’ इन्जिनियर शर्माले भने, ‘सडक बोर्डबाट मर्मतको लागि आएको रकम कालोपत्रे टालटुल र सुपरभाइजरका लागि खर्च हुन्छ।’ सडक बिग्रिएको ठाउँमा खाल्डाखुल्डी पुर्ने, कल्भर्ट गराएको, पानी धेरै आउने ठाउँलाई विशेष प्राथमिकता दिएर काम गरेका इन्जिनियर शर्माले बताए।

‘कर्णाली राजमार्ग आसपासका प्रहरीहरूलाई वर्षात् अवधिभर सर्तक अवस्थामा रहन भनेका छौं,’ दैलेख प्रहरी प्रमुख भुवनेश्वर साहले भने, ‘राजमार्गमा बाढीपहिरो आए तत्काल टोली खटिनेछ।’
अर्को समाचार
कर्णाली राजमार्गको अवस्था नाजुक
०५ असार २०७९
•
३ मिनेट पाठ
कर्णाली राजमार्गको अवस्था नाजुक
कर्णाली राजमार्गको दैलेख खण्डमा खहरे खोलाले गरेको अवरुद्ध हटाएपछि गन्तब्यतिर जाँदै सवारीसाधनहरु। तस्बिर: गोविन्द/नागरिक
साँगुरो, अप्ठ्यारो र दुर्घटना स्थलको रुपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा वर्षेनी जोमिख बढीरहेको छ। राजमार्ग टालटुल बाहेक स्तरउन्नतीमा बजेट कम हुँदा वर्षातमा गाडी गुड्नै सकस हुने गरेको हो। 




जसले गर्दा कर्णालीबासीहरुले वर्षेनी सास्ती ब्यर्होनु परेको छ। पुरै राजमार्ग प्राय साँगुरो भएकाले सामान्य वर्षातमा पनि पहिरोले तिन चार दिनसम्म अवरुद्ध हुने गरेको छ। टालटुल बजेट विनियोजनभन्दा पनि सडक चौडा र स्तरउन्नीमा सरकारले कर्णाली राजमार्गमा ध्यान दिनुपर्ने सडक डिभिजन कार्यालयका ईन्जिनियरहरु बताउँछन्।

राजमार्गको दैलेख खण्ड प्रवेशसंगै हिउँदमा धुलो, वर्षातमा सडकमा पहिरो र हिलोको लेदो हुँदै मुस्किलले गाडीहरु चल्ने गर्छन्। पहिरो आएका बेला यहाँ हप्तादिनसम्म सवारी साधन चल्दैनन्। पहाडबाट आउने पानीका खहराहरुले ढुंङ्गा माटो बगाएर सडकमै थुपार्दा राजमार्ग जिर्ण अवस्थामा रहेको छ। वर्षातले ठाँउठाँउमा कालोपत्रे समेत बगाएको छ। खहरेले बगाएर ल्याएको माटो ढुंगामाथि गाडी चढाउँदा दुर्घटना जोखीम पनि उत्तिकै छ। 

राजमार्गको धेरै जसो ठाँउ हिलो र पहिरोले सडक क्षतविक्षत अवस्थामा पुगेको छ। थोरै र झिनो बजेटमा मर्मत सम्भारको काम भईरहेको  छ। राजमार्गका धेरै स्थानहरुमा पुलविनाका खहरे खोलाहरुका कारण बर्षातमा राजमार्गलाई चुनौती थपिने गरेको हो। सुर्खेतबाट जुम्ला यात्रा गर्नेहरु निकै सास्तीपूर्ण यात्रा गरेर गन्तब्यमा पुग्ने गरेको रार्कमका व्यवसायी नैनबहादुर शाहीले बताए। ‘बर्खायामसंगै राजमार्गमा कतै न कतै पहिरोले रोकेकै हुन्छ। व्यवासायी शाहीले भने, सडकमा पिचभन्दा नी खाल्डाखुल्डी बढी छन्।’

२ सय ३६ किलोमिटर कर्णाली राजमार्ग दुई खण्डमा विभाजन गरिएको छ। दैलेखको दहिखोलाबाट जुम्लासम्म १ सय ४ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाले हेर्छ भने, दहिखोलादेखी सुर्खेत (बांगेसिमल) सम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आईरहेको छ। मुख्य गरि वर्षातमा गोठखोला, घट्टे खोला, सेरी घाट, पिलि, रारालिहिमा पहिरो र टाकुल्ला खोला र जाक्सी खोलामा बाढीले सडक अवरुद्ध पार्ने गर्दछ। राजमार्गमा प्राय पुलहरु बनिसकेका छन्।

कर्णाली राजमार्गको स्तरउन्नती शिर्षकमा गत वर्ष बजेट नै नआएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सडक क्षतविक्षत अवस्थामा हुँदा समेत बजेट नआउनुले सडकको अवस्था झन नाजुक छ। राजमार्ग साँगुरो हुनु नै प्रमुख समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी (ईन्जिनियर) राजु पौडेलले बताए। ‘बढी पिचभन्दा पनि राजमार्ग चौडा गर्नुपर्छ।’ सडक डिभिजन कार्यालय जुम्लाका ईन्जिनियर पौडेलले भने,  राजमार्ग चौडासंगै स्तरउन्नती संगसगै हुनुपर्छ।’ यो वर्ष रत्न राजमार्ग अन्र्तगत हर्रेदेखी कर्णाली राजमार्गको दहिखोलासम्म ५ करोड राजमार्ग स्तरउन्नती शिर्षकमा झिनो बजेट आएको छ। 

जसबाट सडक चौडा, कालोपत्रे, नाली, वाल आदिको काम भईरहेको सडक डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माले बताए। ‘राजमार्ग स्तरउन्नतीको लागि बजेट कम आउने गर्दछ।’ ईन्जिनियर शर्माले भने, सडक बोर्डबाट मर्मतको लागि आएको रकम कालोपत्रे टालटुल र सुपरभाईजरका लागि खर्च हुन्छ।’ सडक विग्रीएको ठाउँमा खाल्डाखुल्डी पुर्ने, कल्र्भट गराएको, पानी धेरै आउने ठाउँलाई विशेष प्राथमिकता दिएर काम गरेका ईन्जिनियर शर्माले बताए। ‘कर्णाली राजमार्ग आसपासका प्रहरीहरुलाई वर्षात अवधिभर सर्तक अवस्थामा रहन भनेका छौं।’ दैलेख प्रहरी प्रमुख भुवनेश्वर साहले भने, राजमार्गमा बाढीपहिरो आए तत्काल टोली खटिनेछ।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस