काठमाडौं- झन्डै चार दशकदेखि मुलुकका २७ वटा हिमालको आरोहण अनुमति र सेवा शुल्क उठाउँदै आएको नेपाल पर्वतारोहण संघको अख्तियारी सरकारले खारेज गरेको छ ।
विसं २०३४ सालमा तत्कालीन सरकारले पर्वतारोहण संघलाई ३३ हिमालको आरोहण व्यवस्थापन गर्न भन्दै अनुमति र सेवा शुल्क उठाउने दिने अख्तियारी दिएको थियो । दुई वर्षअघि सरकारले ५ हजार ८ सय मिटर उचाइभन्दा कमका हिमाल आरोहण निःशुल्क गरेपछि पर्वतारोहण संघबाट ६ वटा हिमाल सरकारको जिम्मेवारीमा परेको थियो ।
यसैबीच गत असोज २२ को मन्त्रिपरिषद बैठकले पर्वतारोहण संघको अख्तियारी खारेज गर्दै ती सबै हिमाल व्यवस्थापन आफ्नो जिम्मामा लिएको छ । २७ हिमालको अनुमति तथा सेवा शुल्क उठाउने जिम्मा सरकारको पोल्टामा गएपछि पर्वतारोहण संघले वार्षिक ५ करोड रुपैयाँबराबर आम्दानी गुमाएको छ ।
'पर्वतारोहण संघलाई पर्वतीय पर्यटन प्रवद्र्धन, विकास र प्रचारप्रसारका लागि सरकारले छुट्टै आर्थिक सहयोग उपलब्ध गराउने भएपछि उसले व्यवस्थापन गरेका सबै हिमाल सरकार आफैंले लिने निर्णय गरेको हो,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका महानिर्देशक गोविन्द कार्कीले आइतबार नागरिकसँग भने, 'अब विभागले नै ती हिमाल आरोहण अनुमति दिन्छ र सलामी दस्तुर (रोयल्टी) पनि उठाउँछ ।'
सरकारको निर्णय 'स्वार्थपूर्ण र पूर्वाग्रही' भन्दै पर्वतारोहण संघले आपत्ति जनाएको छ । 'यो निर्णयबाट हजारौंको रोजीरोटी गुमेको छ भने स्वदेश तथा विदेशका पर्वतारोहीको मन पनि दुखेको छ,' पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले आइतबार नागरिकसँग भने, 'सरकारले भन्दा हामीले छिटो सेवा दिने गरेका थियौं । बिहान होस् वा साँझ हिमाल आरोहण गर्न अनुमति माग्नासाथ तुरुन्त अनुमति दिइन्थ्यो । यसबाट संसारभरका आरोही खुसी थिए । अब के हुने हो, थाहा छैन । यसबाट ट्रेकिङ एजेन्सी पनि दुःखी छन् ।'
उनका अनुसार संघले दिइरहेको सेवा खारेज गरिएको पत्र प्राप्त भएको दिन विदेशी आरोही सहभागी १५ दलले विभिन्न हिमाल आरोहण अनुमति मागेका थिए । तर, सरकारको पत्र पाउनासाथ उनीहरूलाई अनुमति दिइएन ।
'नेपाली आरोहीको रोजगारी, विदेशी आरोहीलाई सरल सेवा र पर्वतीय पर्यटनको विकास देख्न नसक्ने तथा पर्यटन उद्योगलाई एकलौटी बनाउन खोज्ने समूहको चंगुलमा फसेर सरकारले यस्तो निर्णय गरेकोमा शंका छैन,' शेर्पाले भने, 'होइन भने झन्डै चालीस वर्षदेखि दिइँदै आएको सेवा किन खोस्नुप¥यो ?'
नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुनु दुई दिनअघिको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको संघ अध्यक्ष शेर्पाले बताए । त्यसबेला पर्यटन मन्त्री कृपासुर शेर्पा थिए । तत्कालीन पर्यटन मन्त्री शेर्पा स्वार्थीरूको 'जालमा फसेको' संघ अध्यक्ष शेर्पाले दाबी गरे ।
उनका अनुसार सन् २०१४ जनवरीदेखि २०१५ डिसेम्बरसम्ममा पर्वतारोहण संघले १ हजार ३ सय ७१ दललाई २७ हिमाल आरोहण गर्ने अनुमति प्रदान गरेको थियो । संघले २०१४ मा मात्र ती हिमाल अनुमतिवापत ५ लाख अमेरिकी डलर (५ करोड रुपैयाँ) प्राप्त गरेको थियो । तिनमा एकल आरोहीदेखि १५ जनासम्मको टोली थियो । संघले व्यवस्थापन गरिरहेका हिमाल ५ हजार ८ सय मिटरदेखि सबैभन्दा उच्च ६ हजार ६ सय ८७ मिटरको 'चुलु इस्ट' सम्मका छन् ।
संघले हिमालको उचाइ र आरोहीको संख्याका आधारमा अनुमति सेवा शुल्क लिने गरेको थियो । एक आरोहीलाई औसत २ सय डलर (२० हजार रुपैयाँ) लिने र त्यसैअनुसार आरोही थपिँदै गए शुल्क कम गर्दै १५ जनाको टोलीलाई एउटा हिमाल आरोहण गर्न औसत १ हजार ५ सय डलर (१ लाख ५० हजार रुपैयाँ) सम्म लिने गरेको थियो । प्रत्येक टोलीमा एकजना नेपाली आरोहीलाई 'गाइड' का रूपमा लानैपर्ने नियम पनि थियो ।
'२७ हिमाल आरोहण अनुमतिबाट प्राप्त हुने रकम आरोहीको हित, तालिम तथा पर्वतीय पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आएका थियौं,' संघका अध्यक्ष शेर्पाले भने, 'अब हाम्रो स्रोत बन्द भएको छ । यसबाट पर्वतीय पर्यटन विकासमा ठूलो प्रभाव पर्ने निश्चित छ ।'
संघका अनुसार आरोहीलाई वार्षिक १० किसिमको तालिम निःशुल्क दिने गरिएको थियो । यसमा बेसिक, एड्भान्स माउन्टेनियरिङ, एस्पिरेन्ट कोर्स, इन्टरनेसनल गाइड कोर्स, इन्टरनेसनल माउन्टेन गाइड कोर्स, हाइ अल्टिच्युड रेस्क्यु कोर्स, इन्स्ट्रक्टर कोर्स, आइस क्लाइम्बिङ कोर्स, फिमेल आउटडोर लिडरसिप कोर्स र ओलम्पिक खेलमा नेपाली आरोहीलाई सहभागी गराउन १२÷१३ वर्षका बालबालिकालाई पर्वतारोहण तालिम पर्छन् । सबै तालिम असाध्यै महँगा भए पनि दर्ता शुल्कबाहेक सबै निःशुल्क गरिएको थियो । तालिमका लागि विभिन्न हिमाल लाने गरिएको थियो ।
हिमाल अनुमतिबाट संकलन हुने रकम तालिममा बढी खर्च हुने गरेको थियो । बाँकी रकम हिमाल सरसफाइ, हिमाल रहेका क्षेत्रमा सडक, पुलपुलेसा निर्माण तथा मर्मत, पोखरामा संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, मनाङमा आरोहण विद्यालय, ककनीमा पर्यटन मनोरञ्जन केन्द्र सञ्चालनमा खर्च हुने गरेको संघले जनाएको छ ।
'त्यसबाहेक स्वदेश तथा विदेशका हिमाल आरोहणक्रममा नेपाली आरोहीको मृत्यु भए तिनका सन्तानको जन्मेदेखि स्नातक तहसम्मको शिक्षाको व्यवस्थामात्र नभई वित्तीय सहयोग समेत गर्ने गरिएको थियो,' संघ अध्यक्ष शेर्पाले भने, 'अब यसमा पनि असर पर्ने भयो ।'
संघका अनुसार आम्दानी ठप्प भएपछि आरोहीलाई तालिम दिन नसकिने र यसबाट आरोहीले हिमाल आरोहण गर्न आउने आरोहीलाई कसरी हिमालमा सुरक्षा दिने भन्ने जान्न सक्दैनन् । दक्ष गाइड नभएपछि विदेशी आरोही नेपाली हिमाल आरोहण गर्न आउन कम गर्नेछन् ।
अध्यक्ष शेर्पाका अनुसार एक विदेशी आरोही हिमाल आरोहणमा जाँदा गाइड, पोर्टर, किचेन स्टाफ लगायत ६ जना नेपालीले रोजगारी पाउँथे । २०१४ मा ६ हजार ५ सय आरोही संघअन्तर्गतका हिमाल आरोहण गर्न गएका थिए । यसबाट ३९ हजार नेपालीले रोजगारी पाएका थिए । 'अब सरकारले लिएपछि त्यति ठूलो संख्यालाई रोजगारी दिलाउन सक्छ कि सक्दैन भन्ने प्रमुख विषय हो,' उनले भने ।