काठमाडौं- चीनसहित विभिन्न देशबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने इच्छा देखाउँदै परेका २२ वटा आशयपत्रमाथि नेपाल आयल निगम सञ्चालक समितिले ३ दिनपछि छलफल गर्ने भएको छ ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्का भारत गएकाले आशयपत्र छनोट प्रक्रिया पछि सरको हो । 'अत्यावश्यक इन्धन आपूर्ति असहज बनेका बेला कार्यकारी निर्देशकज्यू द्विपक्षीय कुरा गर्न भारत जानुभएकाले केही दिन लम्बिएको हो,' निगम उच्च स्रोतले नागरिकसँग भन्यो, 'उहाँ आउनासाथ छलफल हुन्छ ।'
निगम व्यवस्थापनले २२ वटै आशयपत्र बोर्डमा लैजाने स्रोतले जानकारी दियो । 'आशयपत्र बुझाउने सबै नै इन्धन आपूर्ति गर्न सक्षम देखिएका छन्,' स्रोतले शनिबार नागरिकसँग भन्यो, 'त्यसकारण सबैलाई सञ्चालक समितिका लैजान लागिएको हो ।'
निगमका अनुसार ती कम्पनीलाई पेट्रोलियम पदार्थ ल्याउन स्वीकृति दिएपछि पनि सरकारी पहल आवश्यक हुन्छ । त्यसका लागि अहिलेसम्म सरकारी तवरबाट केही पहल नभएको निगमले बताएको छ ।
निगमले पेट्रोलियम पदार्थ आपूर्ति गर्न इच्छुक कम्पनीबाट आशयपत्र मागेको थियो । निगमले १५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न असोज २१ गते सूचना निकालेर आशयपत्र मागेको थियो ।
ग्लोबल टेन्डरमा सहभागीले १ सय ९९ देखि ३ सय रुपैयाँसम्म प्रतिलिटरका दरले पेट्रोल दिन सकिने प्रस्ताव गरेका छन् । हवाई जहाजबाट ओसार्दा त्यति पर्ने उनीहरुको भनाइ छ ।
'हामीले अहिलेसम्म हेरेको प्रस्तावअनुसार एक लिटर पेट्रोललाई अधिकतम ३ सय रुपैयाँसम्म पर्ने देखिएको छ, यो हवाई जहाजबाट ल्याउँदाको मूल्य हो,' निगम स्रोतले भन्यो, 'हामीले प्रस्तावक कम्पनीसँग छुट्टाछुट्टै छलफल गरिरहेका छौं । उनीहरुको प्रस्ताव र क्षमता हेरेर निर्णयमा पुग्छौं ।' दुईवटा कम्पनीले चीनबाट एलपी ग्यास ल्याउँदा एक सिलिन्डरको २ हजार ३ सय रुपैयाँसम्म पर्ने प्रस्ताव गरेको पनि निगम स्रोतले जानकारी दियो ।
अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ । डिजलको मूल्य ८१ रुपैयाँ प्रतिलिटर छ । एलपी ग्यास एक सिलिन्डरलाई १४ सय रुपैयाँ पर्छ । भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आपूर्ति भारी कटौती भएको छ । आपूर्ति कटौतीले देशभर हाहाकार मच्चिएकै बेला अघिल्लो सरकारको निर्देशनमा निगमले हवाई इन्धन, पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्यास ल्याउन ग्लोबल टेन्डर आह्वान गरेको थियो ।
निगमले ३ दिनभित्रै प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । उसले दैनिक २ लाख लिटर डिजल, एक लाख लिटर पेट्रोल, हवाई इन्धन र मट्टितेल २ लाख लिटर कुनै पनि माध्यमबाट ल्याउने प्रस्ताव पेस गर्न टेन्डर आह्वान गरेको थियो । निगमले दैनिक १ सय टन ग्यास ल्याउन प्रस्ताव गरेको थियो । तर, काठमाडौं उपत्यकामा दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेलको माग छ । एलपी ग्यासको माग मासिक २८ हजार टन छ ।
प्रस्ताव हालेका मध्ये धेरैले भारतबाट एयरलिफ्टमार्फत तेल ल्याउने बताएका छन् भने एलपी ग्यास चीनबाट ल्याउन दुई कम्पनीले प्रस्ताव गरेका छन् । केही कम्पनीले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन प्रस्ताव गरेका छन् । छनोटमा समस्या भइरहेकै बेला हवाई इन्धन ल्याउने जिम्मा बेला ग्लोबल टेन्डरमा सहभागीमध्येको नेपाल वायुसेवा निगमले पाइसकेको छ ।
सरकारी संस्थानलाई दिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको त्रास रहँदैन । निजीलाई दिँदा पछि कारबाहीमा परिने डरले निगमलाई निर्णय गर्न कठिन भएको स्रोतले बतायो । 'तेल ल्याउने टेन्डर पहिलोपटक भएको हो, १–२ रुपैयाँ घटबढ भएको आधारमा पछि कारबाही हुने डरले निर्णय गर्न सकिएको छैन,' स्रोतले भन्यो,' हामीलाई कम्पनी छान्न गाह्रो भएको छ । कम्पनीको वित्तीय अवस्था, क्षमता र मूल्य हेरेर सञ्चालक समितिमा पठाउछौं ।'