काठमाडौं-भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी सुरु गरेलगत्तै नेपाल आयल निगमलाई माग अनुसार पेट्रोलियम पदार्थ दिन छाडेको इन्डियन आयल कर्पोरेसन (आइओसी) पनि निगमले तेल आपूर्तिका लागि आह्वान गरेको ग्लोबल टेन्डरमा सहभागी भएको छ ।
आइओसी, चीनको एक निजी कम्पनी र भारत लगायत अन्य मुलुकका गरी २० वटा कम्पनी निगमलाई इन्धन आपूर्ति गर्न इच्छुक देखिएका छन् । निगमले गत बिहीबार आइओसीसँगको ४० वर्ष लामो सम्झौता खारेज गर्दै अन्य कम्पनीबाट पेट्रोलियम किन्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । निगमले आइओसीको कदमलाई चुनौती दिँदै ग्लोबल टेन्डर आह्वान गरेपछि आइओसी लत्रिएको हो ।
भारतको अघोषित नाकाबन्दीले देशभरको जनजीवन प्रभावित भएपछि निगमले अत्यावश्यक इन्धन आपूर्तिका लागि ग्लोबल टेन्डर गरेको हो । नाकाबन्दीबीच आइओसीले निगमको ग्लोबल टेन्डरमा सहभागिता जनाउन खोज्नुलाई अर्थपूर्ण मानिएको छ । ३ दिन समय दिएर आह्वान गरिएको टेन्डरमा स्वदेशी र विदेशी गरी २० वटा कम्पनीले प्रस्ताव हालेको निगम स्रोतले बतायो ।
ग्यास आपूर्ति गर्न साइराम सप्लायर्सले प्रस्ताव हालेको छ । सप्लायर्सका अध्यक्ष ज्ञानेश्वर अर्यालले मासिक ३० हजार टन ग्यास आयात गर्ने गरी प्रस्ताव हालेको बताए । चीनको सिगात्सेस्थित बिवाङ ग्यास लिमिटेडबाट ल्याएर आपूर्ति गर्ने उनको प्रस्तावमा उल्लेख छ । खासाबाट ३० किलोमिटर टाढाको कम्पनीबाट ग्यास ल्याउँदा १ हजार ९ सयदेखि २ हजार ३ सय रुपैयाँसम्म पर्ने अध्यक्ष अर्यालले बताए ।
उनले हालेको प्रस्तावमा २८ टनका गाडी प्रयोग गरेर ग्यास ल्याउने उल्लेख छ । हालसम्म नेपालमा १८ टन क्षमताका मात्रै गाडी छन् । सो कम्पनीले नेपालमा साझेदारी गर्न १ अर्ब रुपैयाँ लगानी गर्ने समेत प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
निगका स्रोतका अनुसार ग्यास, पेट्रोल, डिजेल तथा मट्टितेल ल्याउन विभिन्न प्रस्ताव आएका छन् । त्यसलाई सोमबार छानबिन गर्ने स्रोतले बताएको छ । निगमले तीन दिनसम्म प्रस्ताव हाल्ने समय दिएको थियो । त्यो शनिबारबाट सकिएको छ । सोमबार प्रस्तावमाथि छलफल गर्ने र सोही अनुसार स्वीकृतिका लागि निगम सञ्चालक समितिमा पठाउने तयारी छ ।
आइओसीले आइतबार निगमलाई इमेलमार्फत पत्र पठाउँदै ग्लोबल टेन्डरमा भाग लिने जनाएको हो । निगमले १५ दिनका लागि पुग्ने पेट्रोलियम पदार्थ आपूर्ति गराउन खोजेको हो ।
'आइओसीले इमेल गरेर ग्लोबल टेन्डरमा भाग लिने चाहना व्यक्त गरेको छ,' निगम स्रोतले भन्यो । आइओसीले आयल निगमसँगको व्यापारलाई सुरक्षित गर्न चाहेकोले टेन्डरमा भाग लिन खोजेको बताइन्छ । यो व्यापार नगुमाउन उसले चासो देखाएको निगमका अधिकारीहरुको विश्लेषण छ ।
आइओसी र निगमबीच वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँको कारोबार हुन्छ । नेपालमा प्रत्येक वर्ष पेट्रोलियम पदार्थको माग बढ्दै गएको छ । निगमले अहिलेसम्म आइओसीसँग मात्रै पेट्रोलियम किनिरहेको छ । आइओसीका लागि यो ठूलो व्यापार हो ।
यी बाहेक अरु भारतीय, चिनियाँ र अन्य मुलुकका कम्पनी नेपालमा इन्धन आपूर्ति गर्न तयार भएको निगम स्रोतले बतायो । सरकारले सहज नहुँदासम्म वैकल्पिक उपाय अपनाएर इन्धन आपूर्ति गर्न निगमलाई निर्देशन दिएको थियो । निगमले २ सय केएल डिलेज, १ सय केएल पेट्रोल, २ सय केएल हवाई इन्धन र १ सय मेट्रिक टन एलपी ग्याँस आयात गर्न खोजेको हो ।
स्रोतका अनुसार चीनबाट ग्यास तथा पेट्रोलियम पदार्थ ल्याउन कुनै समस्या छैन । 'हामी चीनबाट सहजै ग्यास तथा पेट्रोल ल्याउन सक्छौं,' अर्यालले भने, 'हाम्रो प्रस्ताव स्वीकृत गरे पुग्छ ।' उनका अनुसार सरकारले कर छुट दिए व्यावसायिक प्रयोगका लागि २ हजार ३ सय रुपैयाँमा नेपालमा ग्यास आइपुग्छ । घरायसी प्रयोजनका लागि १ हजार ९ सयमा प्रतिसिलिन्डर ग्यास उपलब्ध गराउन सकिन्छ ।
निगम प्रवक्ता दीपक बरालले आएका प्रस्तावमाथि छलफल गरेर सूचना निकाल्ने बताए । 'प्रस्तावमाथि बोर्डको स्वीकृति अनिवार्य हुन्छ,' उनले भने, 'बोर्डले स्वीकृति दिनासाथ सम्झौताका लागि बोलाउँछौं ।' निगम ४ दिनभित्र तेल र ग्यास आपूर्ति गर्ने कम्पनी छनोट गर्ने तयारीमा छ ।