झापा- तीन वर्ष अघिसम्म परम्परागत प्रविधिबाट खेती गर्ने झापा बाहुनडाँगी–३ का दलबहादुर बानियाँ थोरै आम्दानी हुँदा खर्च धान्न नसकेर खेतीपाती नै नगर्ने निर्णयमा पुगेका थिए। खेतीपातीबाट विरक्तिएका बेला उनलाई छोराले सम्झाए, 'आधुनिक प्रविधिबाट खेती गरौं।'पढेका र विदेश बसेर आएका छोराहरुको भनाइ मानेर दलबहादुरले खेती गर्दा परिणाम राम्रो भयो। अब उनी क्षेत्रफल बढाएर खेती गर्ने सोचमा छन्। 'खेत ट्रयाक्टरले जोत्छ, धान रोप्ने, काट्ने, धान झार्ने सबै काम मेसिनले गर्छ', उनले भने 'गहुँ खेतीमा पनि सबै काम मेसिनबाटै हुन्छ। आधुनिक प्रविधिले खेती साह्रै सजिलो बनाएको छ।'
दलबहादुर मात्र नभएर आधुनिक प्रणाली अपनाएर खेती गर्ने धेरैकोे जीवन पहिलेभन्दा सुधि्रएको छ। कुनै बेला गोठभरी गोरु वा राँगा बाँधेर खेती गर्नेहरु अहिले आधुनिक प्रविधिमा आकर्षित भएका छन्। अहिले धेरैले निर्वाहभन्दा पनि खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। 'खनजोत गरेको, धान काटेको र झारेको खर्च राँगागोरुले जोत्दा लाग्ने रकमले नै धान्छ', अधिकांश किसान भन्छन्, 'यसबाट धेरै खर्च जोगिनुका साथै समय पनि बचत भएको छ।'
अचेल कम्बाइन्ड हार्भेस्टर, ट्रयाक्टरलगायत उपकरणले खेती सजिलो बनाएको छ। हार्भेस्टरले धान, मकै, गहुँ काट्ने र थ्रेसिङ गर्छ। ट्रयाक्टरले जोत्छ।
खेतीमा युवा पुस्ता प्रवेशसँगै भित्रिएको प्रविधिले उत्साहजनक परिणाम दिन थालेको हो। कृषिजन्य वस्तु उत्पादनको तथ्यांकले जिल्लाको कृषि निर्वाहमुखी अवस्थाबाट नाफामूलक पेसामा परिणत भएको देखाएको छ।
'केही वर्षयता झापाको कृषि क्षेत्रमा उल्लेख्य प्रगति भएको छ', जिल्ला कृषि कार्यालयको ठहर छ, 'यो खेतीप्रणालीमा नयाँ पुस्ताको आकर्षण र आधुनिक प्रविधिको परिणाम हो।' विज्ञहरुका अनुसार आफ्नै खेतबारीमा सम्भावना खोज्नको संख्या बढेपछि खेतीपातीबाट उल्लेख्य परिणाम आउन थालेको हो। कृषि विज्ञ सन्तवीर राई भन्छन्, 'युवाले खेतीमा औजारको प्रयोग बढाए, शैली परिवर्तन गरे। त्यसैको परिणाम हो प्रगति।' उनका अनुसार अहिले झापाका धेरै ठाउँमा सामूहिक खेतीको अभ्यास भइरहेको छ। आधुनिक प्रविधि र औजारको प्रयोगपछि धान, मकै र गहुँ खेतीमात्र गर्ने किसानले विकल्पमा अरु बाली पनि लगाउन थालेका छन्।