काठमाडौं- इन्धन अभावको चर्को मार खेपिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले उडानलाई निरन्तरता दिन आफ्नै जहाज 'चार्टर' गरेर इन्धन ल्याउने निर्णय गरेको छ। नेपाल आयल निगमले आफूसँग मौज्दात नरहेको भन्दै काठमाडौं उडान गरिरहेका सम्पूर्ण विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः इन्धन भर्न दिन नसक्ने घोषणा गरिसकेको छ। यसबाट ध्वजावाहक वायुसेवा निगम पनि अछुतो रहेको छैन।
आवश्यक हवाई इन्धन (एयर टर्बाइन फ्युल) को अभावमा उडानसमेत 'रोक्नुपर्ने' अवस्था आउन नदिन वायुसेवा निगम आफ्नै जहाज चार्टर गरेर इन्धन लिन जान लागेको हो। यसरी इन्धन ल्याउँदा निगमलाई तत्काल केही दिनको गर्जो टार्न सहज हुने छ।
'जहाज चार्टर गरेर भए पनि हवाई इन्धन ल्याउने निर्णय भएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'बिहीबार दुईवटा चार्टर उडान गरी भारतको कोलकाताबाट इन्धन ल्याउँछौं।'
उनका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७–२००' सिरिजको जहाजबाट बिहीबार दुई पटक चार्टर उडान गरी हवाई इन्धन ल्याइने छ। इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग भने गरिँदैन। जहाजको आफ्नै ट्यांकीमा पूरै भरेर ल्याइने छ।
'यहाँभन्दा कोलकातामा हवाई इन्धन तीन गुणा सस्तो छ, यसरी चार्टर गरेर ल्याउँदा केही घाटा भए पनि हामी यात्रु सेवालाई निरन्तरता दिन्छौं,' उनले भने, 'हामीले ल्याउने इन्धन आयल निगमले नै राख्ने हो र पछि आवश्यक पर्दा हामीलाई उसले उपलब्ध गराउने छ।'
उनका अनुसार बि७५७ को इन्धन ट्यांकीमा ३३ टन इन्धन अट्छ। काठमाडौंबाट कोलकाताको हवाई दुरी ५५ मिनेटमात्र हो। यहाँबाट जाँदा र फर्कंदा करिब आठ टन इन्धन खपत हुने गर्छ। बाँकी २५ टन इन्धन बचत हुने भए पनि कथंकदाचित आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आए वैकल्पिक विमानस्थलका लागि सात टन इन्धन ट्यांकीमै राखिरहनुपर्छ।
'यसरी दुई पटक इन्धन ल्यायौं भने हामीले ३६ टन चोखै जोगाउन सक्छौं,' निगमका प्रवक्ता शर्माले भने, 'हामीले ल्याएको इन्धन जहाजबाट झिकेर आयल निगमले सुरक्षित राखिदिन्छ र चाहिएका बेला हामीलाई दिन्छ, अरूलाई होइन।'
काठमाडौंबाट कोलकाताका लागि नियमित यात्रु उडान नभएका कारण आफ्नै जहाज पनि चार्टर गरेर जानुपर्ने उनले बताए। कतारको दोहा वा मलेसियाको क्वालालम्पुरबाट बिहीबार बिहान साढे १० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने बि७५७ जहाजलाई खालि गरेर तुरुन्तै इन्धन बोक्न कोलकाता पठाइने जानकारी उनले दिए।
कोलकाता नजिकको गन्तव्य भएका कारण बिहीबारै दुई उडान गरी इन्धन ल्याउन लागिएको हो। अर्को सातासम्म भारतको अघोषित नाकाबन्दी खुल्यो भने चार्टर गरेर इन्धन नल्याउने निगमले जनाएको छ। अवस्था र आवश्यकता हेरेर इन्धन ल्याउने निगमको योजना छ।
निगम प्रवक्ता शर्माका अनुसार काठमाडांैबाट कोलकाता एक पटक चार्टर उडान गर्दा ७ हजार अमेरिकी डलर (७ लाख रुपैयाँ) खर्च लाग्छ। यसमा उताको अवतरण (ल्यान्डिङ), पार्किङ, नेभिगेसनल शुल्क, जहाज मर्मत सबै खर्च समेटिएको छ।
आयल निगमसँग हवाई इन्धन खरिद गर्दा प्रतिकिलो लिटर करिब १ हजार ३ सय ५० डलर (१ लाख ३० हजार ५ सय रुपैयाँ) पर्छ। उता कोलकातामा त्यही हवाई इन्धन खरिद गर्दा भने यहाँभन्दा तीन गुणा सस्तो प्रतिकिलोलिटर ४ सय ७० डलर (४० हजार ७ सय रुपैयाँ) मात्र पर्ने वायुसेवा निगमले जनाएको छ।
निगमले यहाँबाट दोहा जाँदा नयाँदिल्ली र क्वालालम्पुर जाँदा भने कोलकातामा प्राविधिक अवतरण गरी पुनः इन्धन भरेर जाने गरेको छ र उताबाट फर्कंदा पनि ट्यांकी भरी तेल ल्याइरहेको छ। हङकङ र थाइल्यान्डको बैंकक गएर फर्कंदा पनि उतैबाट तेल लिएर आउने गरेको छ।
नेपालमा संविधान जारी भएका विषयमा बखेडा झिक्दै भारतले अघोषित नाकाबन्दी लगाएपछि दुई सातादेखि पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ।
असोज १३ गते वायुसेवा निगमले थप दुई दिनका लागि 'जसरी भए पनि' इन्धन उपलब्ध गराइदिन आयल निगमलाई आग्रह गरे पनि तेल उपलब्ध हुन नसक्दा निगमको क्वालालम्पुर जानुपर्ने १४ गतेको उडान रद्द भएको थियो।
वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चारवटा जहाज छन्। बोइङमा उत्पादित बि७५७ दुईथान र युरोपेली ज्हाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२००' सिरिजका दुईथान जहाजबाट निगमले हाल पाँच देशका सात गन्तव्यमा उडान गरिरहेको छ।
तीमध्ये बि७५७ करिब ३० वर्ष पुराना हुन् भने ए३२० हालै खरिद गरी ल्याइएका हुन्। बि७५७ मा १ सय ९० सिट तथा ए३२० मा १ सय ५८ सिट क्षमता छ। बि७५७ ले उडान गर्दा प्रतिघन्टा चार टन (चार हजार किलो) इन्धन खपत गर्छ भने ए३२० ले प्रतिघन्टा औसत तीन टन (तीन हजार किलो) खपत गर्छ।
निगमले हाल मलेसियाको क्वालालम्पुर र भारतको नयाँदिल्लीका लागि दैनिक एक–एक उडान गरिरहेको छ। त्यस्तै कतारको दोहा, हङकङ र थाइल्यान्डको बैंककका लागि सातामा तीन–तीन उडान गरिरहेको छ। भारतकै मुम्बई र बैंगलोरका लागि भने सातामा दुई–दुई उडान गरिरहेको छ।