पोखरा-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुररकाले औद्योगिक क्षेत्रमा आपतकाल घोषणा गर्न माग गरेका छन्। 'इमर्जेन्सी लगाएर भए पनि उद्योग धन्दा निर्वाध रुपमा चल्न दिनुपर्छ,' उनले भने, 'हामीलाई कर छुट चाहिएको छैन, वातावरण चाहिएको छ। औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुपर्छ।'
मुरारका शनिबार पोखरा उद्योग वाणिज्य संघको ६१ औं साधारण सभालाई सम्बोधन गर्दै थिए। 'मुलुकको यो अवस्थामा न स्वदेशी उद्योग चल्न सक्छन्, न विदेशी लगानी आउँछ,' उनले भने, 'संविधान बनेपछि राजनीतिक क्रान्ति गन्तव्यमा पुग्ला भन्ने थियो, तर त्यस्तो हुन सकेन।' यस्तो अवस्थाले मुलुकमा आर्थिक क्रान्ति हुन नसक्ने उनले बताए।
उद्योग धन्दा बन्द भए पनि बैंकको ब्याज बुझाउनै पर्ने, करको विवरण बुझाउनै पर्ने बाध्यता आफूहरुलाई रहेको मुरारकाले बताए। 'तर के यो बेलाको क्षतिपूर्ति सरकारले दिन सक्छ?,' उनले सोधे, 'कि बन्दकर्ताले दिन्छ?' बन्द, हडताल गर्न नपाइने संवैधानिक व्यवस्था गर्न आफूहरुले गरेको माग सम्बोधन नभएकोमा उनले गुनासो गरे। दलहरुलाई आन्दोलन गर्ने अधिकार भएजस्तै आफूहरुलाई पनि उद्योग धन्दा चलाउने अधिकार प्रत्याभूत हुनुपर्ने माग उनले गरे।
अहिलेको वातावरणमा नेपाली उद्योगको उत्पादन महँगो पर्न जाने उनले बताए। 'बन्दरगाहमा सामान रोकिएको छ, त्यसको बिलम्व शुल्क तिर्नुपरेको छ,' उनले भने, 'यता उद्योग चलेको छैन, यस्तो अवस्थामा हाम्रो उत्पादन कसरी सस्तो पर्ला?' उद्योग धन्दा यसरी प्रताडित हुँदा पनि सरकारले एकपटक के कस्तो छ भनेर नसोधेको दुखेसो पनि उनले पोखे। पछिल्लो समय भारतको अघोषित नाकाबन्दीले अरु क्षेत्र प्रभावित भए पनि त्यसअघिदेखि नै मधेसका जनता पीडित भइरहेको
बन्द हडतालको बहानामा राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्न रोक लगाएको अध्यक्ष मुरारकाले आपत्ति जनाए। एलसीले खोलेको धेरै समयपछि मात्रै सामान आउने सामान्य कुरालाई पनि ख्याल नगरी रोक्नुलाई अपरिपक्वता भएको बताए। अहिले एलसी रोक्नु भनेको बन्द हडताल अझै भइरहने छ भन्न खोजेजस्तो भएको उनको भनाइ थियो।